देश

पोखरामा गाडीको ठक्करबाट मो.सा.चालकको मृत्यू

पोखरामा गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ नागढुंगास्थित सडकमा ग.१य.११७१ नम्बरको गाडीले ग.२०प. ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा पोखरा १७ विरौटाका २९ वर्षिय कृष्ण देवकोटाको मृत्यू भएको हो । सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाईते भएका देवकोटालाई उपचारका लागि चरक मेमोरियल अस्पताल लगेपनि उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ । ठक्कर दिने गाडीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । पुरा पढौ

विरुवा गाउँपालिकामा भ्रष्टाचार भएको कांग्रेसको आरोप

नेपाली कांग्रेस विरुवाले विरुवा गाउँपालिका भित्र भ्रष्टाचार भएको आरोप लगाएको छ । नेपाली कांग्रेस बिरुवा गाउँपालिका सभापति युवराज केसीले बिरवा गाउँपालिका भित्र आर्थिक अनियमितता भएको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन् । मंगलबार जारी विज्ञप्तीमा विरुवा गाउपालिकामा भएका विकाश योजनाहरुको काममा आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । पालिका भित्र भएका कामहरुमा अपारदर्शिता र अनियमितता भएपछि सत्यतथ्य सार्वजानिक गर्नुपर्नेमा आफ्ना कमिकमजोरीहरुलाई ढाकछोप गरि नेपाली कांग्रेस विरुवाले उठाएका समसामयिक विषयवस्तुलाई गाउँपालिकाले राजनैतिक पूर्वाग्रहको संज्ञा दिई सत्यतथ्य लुकाउने प्रयास गरेको जानकारी गराइएको छ।… पुरा पढौ

नेपाल टेलिकमले पुरानो बक्यौता रकम तिरे जरिवाना नलिने

नेपाल टेलिकमले महसुल भुक्तानी तथा जरिवानामा छुट दिने भएको छ । नेपाल टेलिकमले ल्याण्डलाईन (पिएसटिएन) टेलिफोन सेवाको २०७६ साल असार मसान्त सम्मको टोलिफोन महसुल÷बक्यौता आगामी असोज मसान्त भित्रमा भुक्तानी गरेमा सो महसुलमा लाग्ने जरिवाना छुट गरेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराले जनाएको हो । नेपाल टेलिकमले पिएसटिएन, जिएसएम मोवाइल, सिडिएमए मोवाईल, एडिएसएल, एफटिटिएच, लिज लाईन प्रयोग गरे ापत कम्पनीलाई तिर्नुपर्ने राजस्व महसुल÷बक्यौता बुझाउन सेवाग्राही सबैलाई अपिल गरेको छ । पुरा पढौ

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा… पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

पोखरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिएका छन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराए । ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहनुभएको थियो । नेकपा (एमाले)ले सदन बहिष्कार गरेको थियो । सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको… पुरा पढौ

अध्यक्ष दाहाल र भापजा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिए । भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । पुरा पढौ

गाइजात्रामा ‘चाइनिज जनै’ गाइजात्रे कविता

आज गाइजात्रा पर्व। हरेक वर्षको भाद्र प्रतिपदाको दिन मनाइने ‘गाइजात्रा’ पर्वलाई व्यंग्यात्मक प्रहसन अनि प्रदर्शनका रुपमा पनि मनाइन्छ। सामाजिक विकृति एवं विसंगतिप्रति व्यंग्यात्मक प्रहसन गरिन्छ। पछिल्लो समय, गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक ढंगले सामाजिक कुरीतिलाई समेटेर हास्यव्यंग्य सिर्जना र रचनाहरुलाई प्रकाशन र प्रहसन गर्ने प्रचलन छ। हरेक वर्ष गाइजात्रा आउने गर्छ। अर्थात, हरेक वर्षको ऋषितर्पणी एवं जनैपूर्णिमाको भोलीपल्ट गाइजात्रा उत्सव पर्दछ। यस वर्ष पनि हिँजो (आइतबार) जनैपूर्णिमा थियो। त्यसको भोलीपल्ट आज… पुरा पढौ

आज ‘गाइजात्रा’ उत्सव, देशभर सार्वजनिक विदा

आज यो वर्षको भाद्र कृष्ण प्रतिपदा अर्थात ‘गाइजात्रा’ उत्सवको दिन। हरेक वर्षको भाद्र प्रतिपदादेखि अष्टमीसम्म ८ दिनसम्म नेवारी समुदायभित्र मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना ईलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति (आफन्तजन्) गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास… पुरा पढौ

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै महिला ९३ र पुरुष ८२ गरि कुल १७५ जना संक्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा महिला २२ र पुरुष ९ गरी ३१, तनहुँमा ८ महिला र पुरुष १७ गरि २५ जना, स्याङ्ग्जामा महिला १० र पुरुष ११ गरि २१ जना, गोरखामा महिला ६ र पुरुष ११ गरि १७ जना, लमजुङमा महिला ४ र पुरुष ५ गरि ९ जना, नवलपुरमा महिला र पुरुष… पुरा पढौ