नेपाल क्रिकेट संघ क्यानले आइतबारदेखि दोस्रो चरणको बन्द प्रशिक्षण शुरु गर्दैछ । त्यसका लागि क्यानले शनिबार २० जना खेलाडीको सूची सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा यसअघि ३२ मा नपरेका बसन्त रेग्मीलाई पनि सूचीकृत गरेको छ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटका बेला घाइते भएका आरिफ शेखकको ठाउँमा बसन्त रेग्मीलाई राखिएको जनाइएको छ। दोस्रो चरणको प्रशिक्षणमा बोलाइएका खेलाडीहरु ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषावकर, कुशल मल्ल, अविनाश बोहोरा, कमलसिंह ऐरी,…
पुरा पढौ