देश

सवारी दुर्घटनामा सुरक्षा गस्तीमा गएका प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

रसुवा । सुरक्षा गस्तीमा गएका एक प्रहरी जवानको सवारी दुर्घटनामा परी निधन भएको छ । मृत्यु हुनेमा चितवन जिल्ला साविक बेथौली–५ घरभई अस्थाई प्रहरी चौकी ग्राङमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर अर्याल रहेका छन् । रात्रिकालिन शान्ति सुरक्षाका लागि राम्चे क्षेत्रको गस्ती सम्पन्न गरी ग्राङ प्रहरी चौकी फर्कने क्रममा उनीले चढेको प्रदेश नं ३–३००१ प ३३७५ नम्बरको मोटर साइकल राम्चे बजार नजिकैको खोल्छा छेउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । गए राति भएको भएको सो दुर्घटनामा… पुरा पढौ

सरकारले निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए । प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्दै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गरे । उनले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाको पोल्टामा

पोखरा अन्र्तराष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि आर्मीका रोकायाले जितेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपाधि जिते । बिजेता रोकायाले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा आर्मीकै ज्ञानप्रसाद भट्टराई दोश्रो भए । उनले २ घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख पुरस्कार… पुरा पढौ

कास्कीका ७२ पालिकामा ३९ लाख बराबरको छात्रवृत्ति वितरण हुँदै

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका ७२ वटामा छात्रवृत्ति रकम वितरण गर्ने भएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा जिल्लाका ५ पालिकाका ७२ वटामा गरी ३९ लाख रुपैयाँ बराबरको ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरिने भएको हो । प्रतिष्ठान अध्यक्ष हरिप्रसाद पाण्डेले आफ्नो कर्म जिल्ला कास्कीको पोखरा महानगरपालिकासहित माछापुच्छे«, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका सबै वडा समेट्ने गरी प्राविधिक विषय पढ्ने प्रतिविद्यार्थी ५० हजार रुपैयाँको छात्रवृत्ति वितरण गर्न लागेको जानकारी दिए । उनका अनुसार यसरी ७२ वडामा ५० हजार दरले ३६ लाख… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप एक सय २७ सङ्क्रमित

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना रहेका छन् । यस्तै सङ्क्रमणबाट निको भएर आज १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या… पुरा पढौ

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री थापा

काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकोमा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने… पुरा पढौ

देशमा राजनीतिक सङ्कट उत्पन्न : अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए । उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाए । उनले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटः आजदेखि निवेदकको जवाफ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज (शुक्रबार)देखि रिट निवेदकले जवाफ दिने भएका छन्। कानून व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ। प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो। आज (शुक्रबार) रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन्। रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ। गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको… पुरा पढौ

आज सोनाम (ग्याल्पो) ल्होछार, सार्वजनिक विदा

आज माघ शुक्ल प्रतिपदा अर्थात सोनाम ल्होछार। यो दिन तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछार। ‘ल्हो’ वर्ष अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ। अर्थात्, तामाङ जाती तथा समुदायको नयाँ वर्ष। तामाङ समुदायको आजको दिन पुरानो वर्षलाई विदा गरेर नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायले यस दिनमा विविध कार्यक्रम गरी हर्साेल्लाससाथ सोनाम ल्होछार मनाउँछन्।आजको दिनलाई ग्याल्पो ल्होछार रुपमा पनि मनाइने गरिन्छ। शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ। हिमाली क्षेत्रको उच्च भूभाग तथा यसको आसपासमा भेगका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ देशका १५६ जना दौडिने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते पोखरामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले विहीबार पोखरामा पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा हुने गरेको प्रतियोगिता यस वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण चरणबद्ध रुपमा गर्ने तयारी गरिएको छ । जस अन्तर्गत पहिलो चरणमा फागुन १ गते शनिबार प्रतियोगिताको मुख्य इभेन्ट खुल्ला म्याराथन र महिला हाफ म्याराथन… पुरा पढौ