देश

कक्षा १२ को परीक्षा भौतिक रुपमै हुने, साउन अन्तिममा परीक्षा गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने भएको छ । बोर्डले साउन अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमतिसमेत मागेको छ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै परीक्षाको प्रक्रिया अगाडि बढाइने बोर्डले जनाएको छ । लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने बोर्डले जनाएको छ । केही समय ढिला गरेरै भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । बोर्डको… पुरा पढौ

प्रतिनिनिधिसभा विघटनः सभामुखका तर्फबाट बहस शुरु

काठमाडौँ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आज समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् । सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ । उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । त्यसपछि रिट निवेदकका… पुरा पढौ

पहिराले ट्रक पुरिँदा दुईको मृत्यु

असार । अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको छ । पहिराले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४०ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल… पुरा पढौ

नवीन बने पोखरा स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट पुरुष खेलाडी

पोखरा स्पोर्टस अवार्ड २०७६ ७७ मा नवीन रसाईली पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बनेका छन् अवार्ड बिजेता नवीन तेह्रौं सागका स्वर्ण पदक बिजेता खेलाडी हुन् । नवीनले अवार्डसँगै नगद २ लाखसमेत हात पारे । पुरा पढौ

तेक्वान्दोकी पार्वती गुरुङ बनिन् सर्वोत्कृष्ट महिला खेलाडी

पोखरा स्पोर्टस अवार्ड २०७६ ७७ मा तेक्वान्दोकी पार्वती गुरुङ महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । उनले उत्कृष्ट ३ नोमिनेसनमा जमुना थापा (साइक्लिङ) र प्रशंसा क्षेत्री (तेक्वान्दो)लाई पछि पार्दै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् । अवार्ड बिजेता पार्वती तेह्रौं सागका स्वर्ण पदक बिजेता खेलाडी हुन् । काठमाडौंमा रहेकी पार्वती फ्लाइट नभएर पोखरा आउन नपाएपछि उनको अनुपस्थितिमा उनकी आफन्त मञ्जु गुरुङले अवार्ड थापिन् । पुरा पढौ

सुरेश मल्ल बने वर्ष उत्कृष्ट प्रशिक्षक

पोखरा स्पोर्टस अवार्ड २०७६\७७ मा बक्सिङका सुरेश मल्ल ठकुरी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनले आफूसँगै नोमिनेसनमा परेका आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल)लाई पछि पार्दै अवार्ड जितेका हुन् । उनको प्रशिक्षणमा नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा बक्सिङमा ३ स्वर्णसहित १० पदक जितेको थियो । अवार्डसँगै उनले नगद ३५ हजारसहित दोषल्लासमेत ओढाएर सम्मान गरिएको थियो । पुरा पढौ

दुवाना लामा बनिन् वर्ष उत्कृष्ट उदीयमान खेलाडी

पोखरा स्पोर्टस अवार्ड २०७६\७७ मा दुवाना लामा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बनेकी छन् । उनले आफूसँगै नोमिनेसनमा परेका प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) लाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनी तेह्रौंं दक्षिण एसियाली खेलकुदमा ६ वटा काश्य पदक बिजेता हुन् । पुरा पढौ

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियाे, सभामुखका तर्फबाट आइतबार हुने

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए । सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरे । त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ । सभामुखका तर्फबाट आइतबार बहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा… पुरा पढौ

ओलम्पिकमा गोपीको सट्टा सरस्वती चौधरी !

नेपालका धावक गोपिचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन्। नेपाल ओलम्पिक कमिटीले आज एक विज्ञप्ति निकाल्दै नेपालले एथ्लेटिक्समा नभई १०० मिटर महिला दौडमा सरस्वती चौधरीले ओलम्पिक खेल्ने जनाएको छ। ओलम्पिक छनोट अन्तर्गत गत बर्ष नेपालगञ्ज म्याराथनमा गोपी विजयी हुँदै टोकियोको टिकट पक्का गरेका थिए। खेलाडीहरुलाई बुधबारदेखि सोल्टी होटेलमा राख्दा गोपीको नाम थिएन। यस विषयमा गोपीले नै आफ्नो ओलम्पिक खेल्ने सपना साकार हुन नसकेको बताए। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका… पुरा पढौ

हङकङ नेपाली महासङ्घद्वारा एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

पोखरा । नेपालका विकट गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासङ्घले कोरोना सङ्क्रमित गम्भीर बिरामीहरूका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई वितरण गर्ने उद्देश्यले महासङ्घले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको महासङ्घका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङले जानकारी दिएकी छिन् । संयोजक गुरुड.का अनुसार नेपालमा कोरोना सङ्क्रमणको दर र मृत्यु दरमा सोचे जति कमी नआएकाले महासङ्घले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनिया दूतावास र त्यहीको गैरसरकारी संस्था सोअर्स एक्सन… पुरा पढौ