देश

रु ६०० ले उकालो लाग्यो पहेंलो धातु

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजार ५०० मा बुधबार कारोवार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९२ हजारमा कारोवार भएको थियो… पुरा पढौ

तीन विधेयक पारित

काडमाडौँ। काडमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक- २०७७’, ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक- २०७७’ र ‘काठमाडौँ महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक- २०७७’ रहेको छ । बुधबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ती विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधनसमेत गरेको छ । सातौँ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये शीर्षक मिलाउनुपर्ने, स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन… पुरा पढौ

भूकम्पविद् भट्टराईलाई विद्यावारिधिको उपाधि

काठमाडौँ। खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराईलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । बीस वर्षदेखि भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भट्टराईलाई जापानको टोकियो विश्वविद्यालयले मङ्गलबार विद्यावारिधिको उपाधि प्रदान गरेको हो । उहाँले विद्यावारिधिका क्रममा गोरखा भूकम्पपछि काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम आकलन गरी आगामी भूकम्प जाँदा त्यसले भौतिक संरचनामा पार्नसक्ने क्षतिको बारेमा अध्ययन गर्नुभएको थियो । भट्टराईले सन् २०१६ मार्चमा विद्यावारिधिका लागि शोध अनुसन्धान शुरु गर्नुभएको थियो । विसं २०३१ मा अर्घाखाँचीको… पुरा पढौ

संसद विघटनविरुद्ध आज देशभरीका ६७४३ वटै वडामा काँग्रेसको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज (बिहीबार) देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ। असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कँंग्रेसले जनाएको छ। काँग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ। अब वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता… पुरा पढौ

सिद्धि सेतुली स्मृति पुरस्कारबाट हिरा भट्टराई र सानिमा स्मृति पुरस्कारबाट प्रमिला थकाली सम्मानित

“सिद्धि सेतुली स्मृति पुरस्कार–२०७७” बाट महिला उद्यमी हिरा भट्टराई र “सानिमा स्मृति पुरस्कार–२०७७” बाट अपाङ्गताको क्षेत्रमा रही काम गर्दै आउनुभएकी गण्डकी बहिरा संघकी उपाध्यक्ष प्रमिला थकाली सम्मानित भएका छन् । सिद्धि सेतुली प्रतिष्ठान, पोखराको आयोजनामा बुधबार पोखरामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा त्रिभूवन विश्वविद्यालय पश्चिमाञ्चल सह परीक्षा नियन्त्रक मीना गुरुङ, सिद्धि सेतुली स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद बास्तोला, प्रतिभा छनौट समितिका अध्यक्ष नारायण कार्कीलगायतले सम्मानितहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालय पश्चिमाञ्चल सह परीक्षा नियन्त्रक… पुरा पढौ

युवा उद्यमी मञ्च पोखराद्वारा आमा एग्रोलाई सहयोग

नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा उद्यमशीलता प्रवद्र्धनमा जुटेको छ । युवा तथा महिलाहरुलाई उद्यमशीलता प्रवद्र्धनका लागि मञ्च लागिपरेको हो । जसका लागि मञ्चले आर्थिक सहयोगसमेत गर्ने गरेको छ ।पछिल्लोपटक मञ्चले आमा एग्रो प्रोडक्ट प्रा.लि.लाई उद्यमशीलता प्रवद्र्धनका लागि २ लाख रुपैया सहयोग गरेको छ । मञ्चले बुधबार महिला उद्यमशिलताको नमूना मानिने आमा एग्रो प्रोडक्ट प्रा.लिलाई सो रकम हस्तान्तरण गरेको हो । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष पुनित वैद्यले आमा एग्रो प्रोडक्टकी अध्यक्ष गीता विष्टलाई हस्तान्तरण गरे ।संस्थाको ‘बनौं… पुरा पढौ

तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

काठमाडौँ। “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साझँ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ । उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट… पुरा पढौ

संसद विघटनविरुद्धको रिटमाथि आज पनि बहस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज (बुधबार) पनि बहस हुनेछ। हिजो (मंगलबार) वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उनले नै गर्नेछन्। हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे। रिट निवेदकहरुका तर्फबाट हिजो ५ जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याए। पुरा पढौ

आगो बालेर नसुत्न अनुरोध

काठमाण्डौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । प्राधिकरणले घरमा जाडो भयो भनेर झ्याल ढोका थुनेर आगो बाल्दा निसास्सिएर मानिसको ज्यान जान सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले विभिन्न जिल्लमा आगो बालेर बस्दा वा सुत्दा कपडामा आगो सल्किएर घटना भएको जानकारी दिए । पछिल्लो पटक काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित खड्कागाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भएको… पुरा पढौ

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ। नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले आज पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो । परीक्षण उडान एच९ ९६ज्ढ ढट ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१५ बजे (स्थानीय समय) मा प्रस्थान गरी ल्हासाको गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय) मा अवतरण भएको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो… पुरा पढौ