देश

निषेधाज्ञाका समयमा २०० लैङ्गिक हिंसा

काठमाडौँ। कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेका हुन् । केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा… पुरा पढौ

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्दा खेलाडीले १० हजार भत्ता पाउने

अब, नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले हालै मात्र पारित गरेको नयाँ आर्थिक कार्यविधिमा उक्त कुरा उल्लेख छ। क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो। दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो। कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको हो। खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउने छन्। यसअघि टी २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा खेलाडीहरुले ५ हजार रुपैयाँ भत्ता पाउने गरेको थियो। यस्तै महिला खेलाडीले… पुरा पढौ

सर्वोच्चको संवैधानिक इजलासमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ

सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेको रिटको सुनुवाइ आज (बिहीबार) हुने भएको छ। गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण बिहीबारलाई राखिएको हो। सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन्। अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन्। अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी,… पुरा पढौ

सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका हुन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । उनले आज वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।… पुरा पढौ

पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही हुने

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज सम्पन्न ८८ औ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन… पुरा पढौ

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

काठमाण्डौं । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले बताए । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गवाट… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ

काठमाण्डौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो । इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गरेका थिए। आदेशको पूर्णपाठ भने आउन बाँकी छ । पुरा पढौ

पोखरामा एकाविहानै वर्षा ! भित्रन लाग्यो मनसुन

पोखरामा आज (बुधबार) बिहानै भारी वर्षा भयो। पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको प्रभावका कारण आज विहान ५ बजे पोखरामा भारी वर्षा भएको थियो। केही दिन यता दिउँसो मात्र मेघ गर्जनसहित चट्याङ र वर्षा हुने गरेकोमा आज विहानै पोखरामा भारी वर्षा भएको थियो। केही दिन यता गण्डकी प्रदेश लगायत देशका केही पहाडी भूभागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहँदै आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरुमा अझै केही दिन मेघ… पुरा पढौ

ट्राफिक प्रहरीलाई आयुर्वेद औषधी व्यवसायी संघले दियो स्वास्थ्य सामग्री

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कास्कीले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई कोरोना माहामारीबाट बच्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको हो । कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संघका सचिव पुष्पराज पौडेलले जानकारी दिए । संघले ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको संघका कास्की अध्यक्ष पवन अधिकारीले बताए । श्रद्धा आयुर्वेद फर्मा,… पुरा पढौ

चेम्बर अफ कमर्सद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पतालहरुलाई मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।कास्की पोखरा समाज जापानको व्यवस्थापनमा चेम्बरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशलाई १५, पोखरा महानगरपालिका वडा नम्बर २१लाई ५, म्याग्दीलाई ५ गरी ५० थान सिलिण्डर हस्तान्तरण गरिएको हो । चेम्बरले २० र समाजले ३० थान सिलिण्डर व्यवस्थापन गरेको हो ।गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले सरकारले प्रदेशका कोभिडका बिरामीको उपचारको लागि स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा प्रयाप्त ध्यान दिएको… पुरा पढौ