देश

केदारनाथ\दिव्यश्वरी उपाध्याय स्मृति ग्रन्थ लोकार्पण

पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८ स्थित अग्निहोतृ पं. केदारनाथ÷गुरुआमा दिव्यश्वरी उपाध्याय तिमिल्सिना स्मृति ग्रन्थ २०७८ को लोकार्पण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।स्व. केदारनाथ उपाध्यायको वार्षिक पुण्यतिथिको अवसरमा आयोजित लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वेद विद्याश्रमका सल्लाहकार लक्ष्मीराज शर्मा गौतमले वेदगुरुको कीर्तिलाई कायम राख्न सबै एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो । वेदगुरुले रुद्राभिषेक, सन्ध्योपासना र शुक्लयजुर्वेद अध्ययनलाई सारस्वरसहित गर्नुपर्ने वैदिक नियमलाई कायम राख्दै वेदगुरुका उत्पादक र विद्याश्रम परिवार लागे गुरुको स्मरण चिरस्थायी हुने बताउनुभयो । कीर्तिमाथि समीक्षा गर्दै धर्मशास्त्री गुरु गङ्गाधर… पुरा पढौ

पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान

काठमाडौँ। सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गरेका छन् । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । “मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने,… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य बृद्धि गरिएको निगमले जनाएको छ । मूल्यबृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।… पुरा पढौ

विश्व हिन्दु महासंघद्वारा पोखरा वृद्धाश्रमलाई तरकारी सहयोग

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाईरसको कारणले हरेक क्षेत्रलाई निकै प्रतिकुल असर पारेको छ जसमा सेवा र सहयोगका निम्ति स्थापना भएका संघसंस्थालाई भने निकै अप्ठ्यारो परिस्थितिको सामना गरिरख्नु परेको छ ।पोखरा महानगरपालिका वडा नं १७ सितापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना कहरका कारण सहयोगी दाताहरुको कमि भएपछि ताजा तरकारी लगायतका बस्तुहरूको अभाब शुरु भएको थियो ।यो बिषम परिस्थितिमा नागरिकोको सेवा र सहयोग बाट संचालित सबै जसो आश्रमहरुमा यस्ता समस्या शुरु भएको छ ।यहि बिषयलाई मध्य नजर गर्दै विश्व हिन्दु महासंघले बिभिन्न आश्रम… पुरा पढौ

पालुङटार आयुर्वेद औषधालयलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हस्तान्तरण

गोरखा । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज गण्डकी प्रदेशले संयुक्त कार्यक्रममार्फत गोरखाको पालुङटार नगरपालिका मातहतको आयुर्वेद औषधालयलाई औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड–१९ प्रोटोकलअनुसारको औषधि औषधालय शाखा प्रमुख हितकाजी श्रेष्ठ, उपमेयर पम्फा बसेल र प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मालाई हस्तान्तरण गरिएको हो । नगरपालिकाभित्र रहेका संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउने गुण भएका औषधि उपलब्ध गराइएको स्वयंसेवक उपसमिति संयोजक कृष्ण राउतले जानकारी दिए । गुड्ची चूर्ण, यष्टीमधु… पुरा पढौ

कोरोनाबाट पदकधारी बक्सर केसीको निधन

कोरोना भाइरस संक्रमणका कारण दक्षिण एसियाली खेलकुदका पदक विजेता बक्सिङ खेलाडी हरिबहादुर केसीको निधन भएको छ। सागका २ संस्करणका पदकधारी उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिएका छन्। ४८ वर्षीय केसीलाई २ साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। सुरुको ४ दिन घरमै बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मेघा अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य स्थिति गम्भीर बन्न थालेपछि मनमोहन अस्पताल रेफर गरिएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। फ्लाइवेट (५१ केजीमुनि तौल) समूहका ५… पुरा पढौ

बागलुङमा डेढ महिनामा ३३ को मृत्यु

बाग्लुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । धौलागिरिका… पुरा पढौ

सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने

काठमाण्डौं । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । विभागीय निर्णयअनुसार सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए। विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ । ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा… पुरा पढौ

बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड–१९ सङ्क्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् । आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए। गृहजिल्ला नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को परासीमा आज पत्रकारहरुसँग मन्त्री त्रिपाठीले ५० लाख खोप दिने निर्णय गरेको भन्दै अमेरिकी सरकार र नेपालस्थित अमेरिकी राजदूतप्रति धन्यवाद व्यक्त गरे । खोप उत्पादक देशहरुसँग निरन्तर संवादमा रहेको… पुरा पढौ

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका थिए । नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा… पुरा पढौ