देश

६० वर्ष नाघेका बरिष्ठ पत्रकारहरुलाई निवृत्त भत्ताको व्यवस्था गर्न अनलाईन पत्रकार संघ गण्डकी प्रदेशको माग

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले गण्डकी प्रदेश सरकारलाई ध्यानार्कषण गराएको छ । मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात मन्त्री रामशरण बस्नेतलाई भेटेर संघका अध्यक्ष कमल सुवेदीले आर्थिक बर्ष २०७८र ७९ को नीति तथा कार्यक्रम मार्फत बजेटमा संचार र पत्रकारिता क्षेत्रका विषयमा ध्यानार्कषण गराएका हुन् । ध्यानार्कषण पत्रमा अनलाइनहरुको दर्ता तथा नवीकरण लाई थप सहज बनाउन सम्बन्धित जिल्लामा भएको व्यवस्था लाई सहजीकरण गर्न कम्पनी रजिस्ट्रारको कार्यालय सम्बन्धित जिल्लामा नै व्यवस्था गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरिएको… पुरा पढौ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार

काठमाडौँ।सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए… पुरा पढौ

विश्वकप छनोटः नेपाल बाहिरियो, जोर्डनसँग ३–० ले पराजित

विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० को फरक गोल अन्तरले ले पराजित बन्यो। जोर्डनको जितमा बाहा फाइजल सिफले २ र याजन अल अरबले १ गोल गरे। नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले सुरुवाती गोल गरेको थियो। त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे। यसअघि, गएको अक्टोबरमा पहिलो चरणको… पुरा पढौ

विपक्षी गठनबन्धनका नेताबीच भेटवार्ता

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का पूर्वनेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश सरकार पुनःगठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। पछिल्लो समय विपक्षी दलको गठबन्धनले केन्द्र र प्रदेशमा आफ्नो सरकार गठनका लागि विभिन्न गृहकार्य गर्दै छ । पुरा पढौ

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण

पोखरा । राष्ट्रिय संगितकर्मी संघ कास्कीले राहत वितरण गरेको छ । कोभिड–१९ का कारण एक महिना बढी समयदेखि निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारहरुका लागि राहात वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए । कलाकारका हकहितका विषयमा आवाज उठाउँदै आएको संघले निषेधाज्ञाका कारण समस्यामा परेका ४३ परिवारलाई राहात वितरण गरिएको संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । पुरा पढौ

पोखरामा जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाईदै, लगाईने ठाउँहरु :-

पोखरामा यहि जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाइने भएको छ । पोखरा महानगरपालिकाले एक सूचना निकालेर भेरोसिल लगाउने मिति र स्थान सार्वजनिक गरेको हो । पोखरामा ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहकालाई भेरोसिल खोप लगाईने महानगरपालिकाले जनाएको छ । काठमाडौंमा भने ६० वर्षदेखि ६५ वर्षका लाई खोप लगाइने भएपनि पोखरामा ६२ वर्ष माथिका लाई लगाउन लागिएको हो । पुरा पढौ

शिक्षक कर्मचारीलाई पनि कोरोना खोप लगाउन शिक्षक संगठन कास्कीको माग

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्कीले शिक्षक , विद्यालय कर्मचारी तथा १८ वर्ष उमेर समूह भन्दा माथिका विद्यार्थीहरुलाई कोरोना खोप लगाउन माग गरेको छ । संगठनले विद्यालय सञ्चालन पुर्व खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दै जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी० का संयोजक प्रमुख जिल्ला अधिकारीलाई धयनाकर्षण पत्र बुझाएको छ ।ध्यानाकर्षण पत्र बुझाउदै जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले अहिले शिक्षकहरु विद्यार्थीको सिकाई मुल्यांकन तथा नतिजा प्रकाशन गर्न लागिरहेको र असार पहिलो हप्तावाट भर्ना अभियान लगायतका कार्यमा सम्लग्न रहनुपर्ने भएकोले विद्यार्थी… पुरा पढौ

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य… पुरा पढौ

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण

राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा २९परिवारलाई राहत वितरण ऋषिराम दाहाल पाेखरा राष्ट्रिय संगितकर्मि संघ कास्कीले२९घर दुरीलाई राहत वितरण गरेकाे छ।काेभिड १९काे कारण सबै क्षेत्र प्रभाबित भएको र यसबाट कलाकार पनि अछुतो नरहेको हुदाँ याे पटक पनि राहत वितरण गरेकाेकार्यक्रम संयाेजक कपिल श्रेष्ठ ले अाम नेपाली टिभी लाई जानकारी गराए। सबै क्षेत्रका दुखमा पर्दा हरपटक सहयोग गरेको र याे पटक पनि लकडाउनकाे बेला सहयाेग गरेकाे कुरा कास्कीका अध्यक्ष ऋषिराम दाहालले बताए । राष्ट्रिय संगितकर्मि संघ कलाकारकाे हकहित सगै सामाजिक उत्तरदायित्व वहन गर्दै… पुरा पढौ

नेलेम्बो नेपालद्वारा अनलाइन पत्रकार संघ गण्डकीलाई स्वास्थ्य सामग्री सहयोग

नेलेम्बो नेपाल कास्कीले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आइतबार नेलेम्बो नेपाल कास्कीका अध्यक्ष एकदेव देवकोटाले अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । नेलेम्बोले डिस्पोजल मास्क २५ सय पीस, फेस सिल्ड ५० पीस, सेनीटाइजर ५० लिटर, डिस्पोजल ग्लब्स १० प्याकेट सहयोग गरेको अध्यक्ष देवकोटाले जानकारी गराए । उनका अनुसार ५२ हजार ६ सय ७० रुपैयाँ बराबरको सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । सत्यतथ्य समाचार संकलनमा अग्र पंक्तीमा खटिने… पुरा पढौ