देश

सांसद कोइरालाको च्यालेञ्ज : एमाले मात्र भएर एक्लै चुनाव जितेर देखाउनुस्

गण्डकी प्रदेश सांसद दीपक कोइरालाले नेकपा एमालेका एक मन्त्रीलाई एक्लै चुनाव जितेर देखाउन चुनौति दिएका छन् । गण्डकी प्रदेश सभाको बिनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै उनले यस्तो चुनौति दिएका हुन् । संसदको आठौं अधिवेशनको पहिलो दिन गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले माओवादी सांसदहरुलाई धरातह हेरेर मात्र अभिव्यक्ति दिन चेतावनी दिएका थिए । सोहि अभिव्यक्ति प्रति ईंगित गर्दै सांसद कोइरालाले भने,‘मन्त्रीज्यूले धरातलको कुरा गर्नु भएको छ । तपाईं जुन धरातलबाट यहाँ आउनु भएको छ ।… पुरा पढौ

नवयुगको ‘गोल सेलिब्रेसन’

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौँ खेलमा चाइनिज ताइपेईमाथि टोलीका लागि दोस्रो गोल गरेपछि कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा ‘गोल सेलिब्रेसन’ मा रमाउँदै स्ट्राइकर नवयुग श्रेष्ठ। नवयुगलाई पछ्याउँदै पछिपछि अर्का मिडफिल्डर मनिष डांगी। पुरा पढौ

छनोट खेलमा चाइनिज ताइपेईमाथि नेपालको सहज जित

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौँ खेलमा चाइनिज ताइपेईविरुद्ध नेपालले सहज जित निकालेको छ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्ट र नवयुग श्रेष्ठले १/१ गोल गरे। नेपालले खेलको चौथो मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लिएको थियो। अञ्जन विष्टको पेनाल्टी गोलबाट नेपालले अग्रता लिएको थियो। सुरुवाती खेलको तेस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका चेङ हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। अञ्जनले पेनाल्टीमा… पुरा पढौ

कोरोना अपडेट : छ हजार ८२५ सङ्क्रमित, झण्डै ६ हजार निको

काठमाण्डौं । पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका छन् । नेपाली सेनाद्वार विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा सात हजार… पुरा पढौ

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका थिए । पुरा पढौ

नेपालमा भेटिएका भेरियन्ट ‘अल्फा’ र ‘डेल्टा’ मात्रै हुन् : स्वास्थ्य मन्त्रालय

पोखरा । नेपालमा हालसम्म दुई वटामात्रै कोरोना भाइरसका भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ । मन्त्रालयले आज एक विज्ञप्ती निकाल्दै नेपालमा हालसम्म ‘अल्फा’ र ‘डेल्टा’ भेरियन्ट भेटिएको जनाएको हो । मन्त्रालयले यस बाहेक अरु कुनैपनि नयाँ भेरियन्ट नेपालमा पुष्टि नभएको दावी गरेको छ । ‘नेपालमा यस बाहेक अरु कुनै नयाँ भेरियन्ट भेटिएको छैन, विभिन्न सञ्चार माध्यमहरुमा आएको नेपालमा नयाँ भरियन्ट पत्ता लागेको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ… पुरा पढौ

प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

काठमाण्डौं । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे । पुरा पढौ

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाण्डौं । नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिए। उनका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो । बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो । पुरा पढौ

कोरोना महामारीमा सर्तक रहन पूर्व राजा शाहको आग्रह

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत, सर्तक र सावधान रहन पूर्वराजारानीले सबैलाई आग्रह गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाह र पूर्व रानी कोमल राज्यलक्ष्मी शाहले आज एक भिडियो सन्देश जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण कोभिड–१९ बाट सावधान रहन सबैलाई आग्रह गरेका हुन् । केही समय पहिले आफै संक्रमति भई उपचारपछि घर फर्किए पूर्व राजा शाह दम्पत्तीले अहिले आफूहरु पूर्ण स्वस्थ हुने क्रममा रहेको जानकारी गराउँदै आफ्नो स्वास्थ्यप्रति देश तथा विदेशबाट राखिएको चासोप्रति धन्यवाद व्यक्त गरेका… पुरा पढौ

नेपालले आज चाइनिज ताइपेईसँग विश्वकप छनोटको पहिलो खेल खेल्दै

विश्वकप छनोटको दोस्रो चरणका खेलहरु आज (बिहीबार)देखि सुरु हुँदैछन्। कोरोनाका कारण पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिता आजदेखि सुरु हुने भएका हुन्। नेपालले आफ्नो पहिलो खेल चाइनिज ताइपेईसँग न्यूट्रल भेन्यु कुवेतमा खेल्दैछ। नेपालको पहिलो खेल चाइनिज ताइपेईसँग परेको हो। कुवेतको जाबेर अफ एहमद अन्तराष्ट्रिय स्टेडियमममा हुने नेपाल र चाइनिज ताइपेइबिचको खेल नेपाली समयअनुसार आज राति ९ः ४५ बजेबाट शुरु हुनेछ। नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।… पुरा पढौ