देश

विवेकशील साझा पार्टीका नेता थापाको निधन

काठमाण्डौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४ : २५ मा निधन भएको हो । उनको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई… पुरा पढौ

प्रधानमन्त्री ओली नव सामन्तको नाइके

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले वर्तमान सरकारको नेतृत्वकर्ता नव सामन्तको नाईके भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईंगित गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने,‘देश अहिले ध्रुविकरणमा गएको छ, एकातिर एउटा ध्रुव संविधान, लोकतन्त्रण, गणतन्त्र, संघीयता रक्षा गर्न तल्लिन देखिन्छ । अर्कोतिर अर्को ध्रुव यो संविधानलाई धुजा धुजा पार्ने, संविधानका पानाहरु च्यात्ने, त्यतिमात्र होइन म नभई पृथ्वी नै घुम्दैन भन्ने प्रवृत्ति नव सामन्तको नाइके बन्ने ।’ उनले नव सामन्तवादको नाईकेले संवैधानिक अंगलाई कब्जा गर्ने र सेटिङमा… पुरा पढौ

कास्की काँग्रेसले ‘वीपी विपत् कोष’ निर्माण गर्ने

कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने भएको छ । विभिन्न आठ चरणमा गरिएको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले कोष निर्माण गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने छ । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील… पुरा पढौ

गण्डकी प्रदेश चेम्वर द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

गण्डकी प्रदेश चेम्वर अफ कमर्स द्धारा जिल्ला प्रशासन कार्यलय कास्की लाई १०० (सय ) थान पीपीइ र –४०००)) चार हजार थान मास्क हस्तान्तरण गरेको छ । कास्की जिल्ला प्रदेशको राजधानी र स्वास्थ्य उपचारमा सवै जिल्ला वाट विरामी पोखरा आउने हुँदा आम नागरिकको जीवन रक्षामा सेवा दिइरहेको स्वास्थ्यकर्मी र सेना प्रहरीको मनोवल वढाउन सानो सहयोग भए पनि सवैमा हौसलाहोस भनी सहयोग गरिएको गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारले जानकारी दिए । गण्डकी प्रदेश चेम्वर अफ कमर्सले अहिले प्रदेश भरि… पुरा पढौ

अन्तर्राष्ट्रिय जुडो च्याम्पियन्सीपमा नेपालले सहभागिता नजनाउने

नेपालले अन्टर्राष्ट्रिय जुडो च्यम्पियन्सीप २०२१ मा सहभागिता नजनाउने भएको छ। अन्तर्राष्ट्रिय जुडो च्याम्पियन्सीप आउँदो जुन ६ देखि १० सम्म हंगेरीमा हुँदैछ। त्यसका लागि नेपालबाट इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्टले सहभागिता जनाउने तय भएको थियो।तर, नेपाल जुडो संघले खेलाडीको तयारी राम्रो नभएका कारण सहभागिता नजनाउने भएको बताएको छ। संघका अध्यक्ष दीपक बज्राचार्यले खेलाडीको तयारी राम्रो नभएका कारण आफूहरुले प्रतियोगितामा भाग नलिने बताए। प्रतियोगिता नेपालका इन्द्रले ६६ केजी तौल समूहमा र सोनियाले ४८ केजी तौल समूहमा भाग लिने तय भएको थियो। पुरा पढौ

नेपाली फुटबल टोलीका सबैको कोरोना रिपोर्ट नेगेटिभ

यतिखेर, नेपालको राष्ट्रिय फुटबल टोली कुवेतमा छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तरगत बाँकी खेलका लागि टोली कुवेतमा रहेको हो। नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति कुवेत पुगेको हो। कुवेत पुगेलगत्तै नेपाली टोलीको कोरोना परीक्षण भएको थियो। नेपाली टोली र अफिसियल सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार छ। नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेर विश्वकप छनोटको खेलहरुका लागि कुवेत पुगेको हो। विश्वकप छनोट अन्तर्गत नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने लगभग समाप्त भइसकेको… पुरा पढौ

संस्कृति संरक्षणका धरोहर मेनकाजी अस्ताए

हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधन भएको छ । मुटु सम्बन्धी समस्या रहेका ५८ वर्षिय गुरुङको गएराती पोखराको फिस्टेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पत्नीशोकमा परेको करीब तीन सातामै मेनकाजी अस्ताएका हुन् । उनकी धर्मपत्नी मीना गुरुङको गत बैशाख ३० गते कोरोनाका कारण मृत्यू भएको थियो । आफूपनि संक्रमित भएका मेनकाजीले त्यसबेला भने कोरोनालाई परास्त गर्न सफल भएका थिए । स्वर्गिय गुरुङको आजै पूर्वाह्न ११ बजे बौद्ध अर्घौं सदनमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ । पोखरामा एकछत्र… पुरा पढौ

एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने सरकारको निर्णय

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्ष जस्तै नहुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ। यस वर्ष जेठ १३ गतेदेखि एसइईको परीक्षा तोकिएको थियो। यद्यपि, कोरोना संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो। देशभरीबाट… पुरा पढौ

यस वर्ष जेठमै मनसुन भित्रिने संभावना !

यस वर्ष जेठको मसान्तमै नेपालमा मनसुन भित्रिने संभावना मौसमविदहरुको अनुमान छ । प्रि–मनसुनको समयमा पनि हल्का वर्षा भइरहेकाले यस वर्ष समयमै नेपालमा मनसुन भित्रिने मौसमविदहरुले जनाएका छन्। सामान्यतयाः जुन १० तारिख अर्थात जेठ अन्तिम हप्ता नेपालमा मनसुन भित्रिने गर्छ। कहिलेकाँही मनसुनी वायु आउन ढिलाई हुँदा ढिलो मनसुन भित्रिने गर्छ। तर, यस वर्ष भने प्रि–मनसुनमै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले समयमै मनसुन भित्रिने मौसमविदहरुले अनुमान लगाएका छन्। जुन दोस्रो हप्ता मनसुन भित्रिने समय असारमा पनि पर्छ। समयमै मनसुन भित्रिदा धान रोप्ने… पुरा पढौ

सङ्क्रमणदरमा कमी

काठमाण्डौं । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ । पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ । सङ्क्रमण दरमा केही कमी देखिएको… पुरा पढौ