२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको प्रर्वसन्ध्यामा नेपाली सेनाले एकीकरण पदयात्रा कार्यक्रम शुभारम्भ गरेको छ। गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरू गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौँ जंगी अड्डासम्म संचालन हुने एकीकरण पदयात्रा पुसको २१ गते (मंगलबार) देखि गोरखा दरबारबाट शुभारम्भ गरेको हो। एकीकरण पदयात्रा २०७७ पुसको २१ गते (मंगलबार)बाट शुरु भएको हो। पुस २७ गतेसम्म पदयात्रा गरिनेछ। विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रम, अन्तक्रिया तथा प्रवचनको कार्यक्रमहरू समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झन्डा…
पुरा पढौ