देश

समायोजनले ३७ विद्यालय विलीन

तम्घास। विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन् जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ । संस्थागत १७ र सामुदायिक ३२ सामुदायिक विद्यालय समायोजनमा परेका छन् । तीमध्ये संस्थागततर्फ एक मावि, आठ निमावि र आठ प्रावि छन् । मदानेले विद्यालय समायोजन तथा कक्षा घटाउने कुनै काम गर्न सकेको छैन । समायोजनका कारण… पुरा पढौ

तराईमा बाक्लो कुहिरो, गण्डकी प्रदेशमा मौसम सफा

देशको तराईका भू–भागमा आज (शुक्रबार) बाक्लो कुहिरो लागेको छ। मौसमविदहरुका अनुसार चिसोका कारण बाक्लो कुहिरो लागेको हो। दिउँसोपछि कुहिरो हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्। तराईमा आज चर्को घाम भने लाग्ने संभावना छैन्। सुदूरपश्चिम र प्रदेश १ मा आज दिनभर बादल लाग्ने बताइएको छ। रातिदेखि फेरि प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य बदली हुने संभावना छ। यता, गण्डकी प्रदेश लगायत अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहने बताइएको छ। केही दिन यता यस प्रदेशको मौसम सफा रहेको छ।… पुरा पढौ

त्रिविले ५ सय बढी उपप्राध्यापकको विज्ञापन खुलाउँदै

त्रिभुवन विश्वविद्यालयले ५ सयभन्दा बढी उपप्राध्यापकको लागि विज्ञापन खुलाउने भएको छ। खुला प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने योजना अनुसार ५ सयभन्दा बढी उपप्राध्यापक खुलाउन लागेको हो। रिक्त दरबन्दीका आधारमा अब हरेक वर्ष खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने योजना त्रिविले बनाएको छ। त्यस्तै, केही विषयमा दरबन्दी साटफेर गरेर पनि पदपूर्ति गरिने तयारी त्रिविको छ। यसका लागि दरबन्दी संकलनको काम भइरहेको त्रिविले जनाएको छ। त्रिविमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दी विवरण पनि संकलन भइरहेको जनाएको छ । त्रिविले खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक लिन लागेका हो। त्रिविका… पुरा पढौ

अरुणालाई जिताउन मञ्चद्वारा सहयोग

अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले अरुणा शाहीलाई सहयोग गरेको छ । १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाल भलिवल टिमकी कप्तान शाहीलाई जिताउने अभियानमा साथ दिन मञ्चले आर्थिक सहयोग गरेको हो । मञ्चका अध्यक्ष तेज गुरुङले अरुणालाई मञ्चका तर्फबाट नगद १० हजार प्रदान गरेका थिए । मञ्चद्वारा आयोजित एक कार्यक्रममा अरुणालाई नगद हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले उनको प्रेरणाले सवै यूवा खेलाडीहरुमा उत्साह प्राप्त हुने विश्वास व्यक्त गरे । मञ्चका संस्थापक अध्यक्ष खड्ग… पुरा पढौ

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेशःसडक कालोपत्र ९७९ किमी र आधारभूत सरसफाइबाट लाभान्वित जनता शतप्रतिशत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उहाँले सो प्रतिवेदन बुझाउनुभएको हो । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त उपलब्धिसम्बन्धी धारा ५३ बमोजिमको वार्षिक प्रतिवेदन एवं नेपाल सरकारले गरेका प्रमुख कार्यको विवरण प्रतिवेदन समावेश गरिएको छ । देशको सार्वभौमसत्ता, भौगोलिक… पुरा पढौ

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः डा रिजाल

चितवन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् । आज पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे । उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य… पुरा पढौ

पार्टी विभाजनको कुनै औचित्य छैन : नेता गौतम

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले , “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपथ्र्याे ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।” पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल… पुरा पढौ

तोलामा नै रु १,३०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।… पुरा पढौ

धारामा बरफ जम्दा खानेपानीको समस्या

सिमकोट। चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो । चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिनुभयो । घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताउनुभयो । “कर्णाली… पुरा पढौ

धादिङ पुग्यो सेनाको एकीकरण पदयात्रा

नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ धादिङ पुगेको छ। नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै ‘एकीकरण पदयात्रा’ त्यहाँ पुगेको हो। गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा नेपाली सेनाको देवीदत्त गण धादिङलाई हस्तान्तरण गरेको छ। बुधबार, बोर्लाङबाट हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा पुगेर बास बसेको हो। चरङ्गेको शान्तिकालीका आधारभूत विद्यालयमा पुगेपछि स्थानीयबासिन्दा र जनप्रतिनिधिको टोलीले सेनाको पदयात्रा टोलीलाई स्वागत गरेको थियो। पदयात्राको टोलीले… पुरा पढौ