देश

नारायणगढ–बुटवल विस्तार आयोजना समयमै सक्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा सरोकार निकायका प्रतिनिधि सम्मिलित छलफलमा मन्त्री नेम्वाङले कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन्। छलफलमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, एडिबीका आयोजना निर्देशक दीपक श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सहसचिव गोपाल सिग्देललगायतको उपस्थिति थियो । मन्त्री नेम्वाङले देशकै महत्वपूर्ण यस सडक विस्तारका लागि सम्बन्धित निर्माण कम्पनी र परामर्शदातासँग बसी कार्ययोजना बनाएर अघि बढ्न आयोजना कार्यालयलाई निर्देशन दिए। जम्मा १ सय… पुरा पढौ

आज काग तिहार : किन गरिन्छ कागको पूजा ?

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (शुक्रबार) यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण हिजोदेखि नै शुरु भएको छ। यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो। यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आजै मनाइदैछ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई… पुरा पढौ

गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङद्वारा तिहारको शुभकामना व्यक्त

तिहार पर्व, २०७७ को अवसरमा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा स्वदेश तथा विदेशमा रहेका संपूर्ण नेपाली दाज्यूभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री गुरुङले आफ्नो शुभकामना मन्तव्यमा भनेका छन्, ‘तिहार पर्व, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’ कोभिड–१९ को सन्दर्भमा उत्सव मनाउँदा सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन्। ‘कोभिड–१९ का सन्दर्भमा सरकारले जारी गरेको चाडपर्व, जात्रा… पुरा पढौ

नेकपा सचिवालय बैठक आज बस्दै

सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि बैठक आज (शुक्रबार) का लागि बोलाइएको हो। महासचिव विष्णु पौडेलले सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने सचिवालय सदस्यहरुलाई जानकारी गराएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केही दिनअघि महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन पटकपटक माग गर्दै आएका थिए। तर, अर्का अध्यक्ष ओलीले यसअघि सचिवालय… पुरा पढौ

अनधिकृत रुपमा गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्दै हुनुहुन्छ ?

एक महिनाअघि जफत गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ। विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले अनधिकृत रुपमा उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि नष्ट गरिएको हो । औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर फेला पारेको थियो। यसैबीच औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ । औषधी व्यवस्था कार्यालयका… पुरा पढौ

कक्षा १२ को परीक्षा तयारी पूरा, ४ लाख ३ हजार १ सय ८० जना परीक्षार्थी सामेल हुँदै

कार्तिक २७ काठमाडौँ । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षाकोे तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मंसिर १६ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ३ हजार १ सय ८० जना परीक्षार्थी सामेल हुँदै छन् । बोर्डका अनुसार १२ हजार ४ सयभन्दा बढी परीक्षार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन आवेदन दिएको छन् । बाँकी परीक्षार्थीले आफूले पढेको विद्यालय नै रोजेको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । परीक्षाका लागि देशभरि ११ र १२ कक्षा पढाइ… पुरा पढौ

संसदीय सुनुवाइ समितिबाट तीन प्रस्तावित राजदूतहरूको नाम अनुमोदन

कार्तिक २७ काठमाडौँ । प्रस्तावित राजदूतहरुको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाई समितिले अमेरिकाका लागि प्रस्तावित राजदूत युवाराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो । असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतमा सिफारिस गरिएका तीनै जनाको नाम अनुमोदन गरिएको संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकले राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकलाई सर्वसम्मत रूपमा… पुरा पढौ

झण्डै ७ लाख नक्कली नोटसहित तीन जना पक्राउ

कार्तिक २७ सिराहा । ठूलो परिणामको नक्कली नोट सहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । सिराहाको गोलबजार नगरपालिका–६ लामाटोलबाट जिल्ला प्रहरी कार्यालय सिराहाले झण्डै ७ लाख बराबारको नक्कली नोट सहित तीन जनालाई नियन्त्रणमा लिएको हो । बिहीबार दिउँसो विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुको साथबाट ६ लाख ८४ हजार बराबारको नक्कली नोट बरामद गरेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए । सो मध्ये ३ लाख नक्कली नोट पूर्ण रुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरी… पुरा पढौ

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा पुनः रोक

कार्तिक २७ काठमाडौं । हङकङले नेपाल एयरलाइन्स (वायुसेवा निगम) को उडानलाई पुनः रोक लगाएको छ । यही ९ नोभेम्बरमा निगमको उडानमार्फत हङकङ पुगेका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ पाइएपछि उडानमा रोक लागेको हो । हङकङले निगमलाई २५ नोभेम्बरसम्म रोक लगाएको छ । उडानमा रोक लागेसंगै निगमको यसअघि पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्ध भएका छन् । यसअघि पनि नेपाल एयरलाईन्स यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि दुई पटकसम्म प्रतिबन्धमा परेको थियो ।ु पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : सीमामा लगाइँदै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

कात्तिक २७ काठमाण्डौ । सरकारले सीमा नाकामा लगाउँदै आएको प्रतिवन्धलाई मंसिर मसान्तसम्म कायम राख्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेबाट सीमा नाकामा लगाएको प्रतिवन्ध मंसिर ३० सम्मलाई यथावत राखिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै, सरकारले नेपालमा नै रसायनिक मल कारखानाको स्थापना गर्ने निर्णय गरेको छ ।सरकारले त्यसका लागि कारखानाको सम्भाब्यता, लगानीको मोडल र कारखानासंग सम्बन्धित सबै विषयको अध्ययनका लागि अर्थमन्त्री… पुरा पढौ