देश

कांग्रेसले छायाँ सरकार गठन गरेको होइनः कांग्रेस संसदीय दलका नेता आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छायाँ मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन् । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ ।“प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन”, आङ्देम्बेले भने । विगतमा नेपाली राजनीतिमा ‘छायाँ सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए… पुरा पढौ

अपुरा आयोजनालाई प्राथमिकता दिन जिसस कास्कीको सुझाव

जिल्ला समन्वय समिति कास्कीले जिल्ला भित्र प्रदेश सरकार मातहत संचालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकारलार्इ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न ४९ औ बिशेष बैठकले सो निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माण कार्यमा वहुवर्षिय योजनामा समावेश गरि केहि निर्माण कार्य पुरा भएका तर कार्य पुरा नगरी त्यसै अलपत्र छोडिएका १४ वटा बहुबर्षीय सडक आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए । पौडेलका अनुसार आगामी आर्थिक… पुरा पढौ

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए । उनले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गरे । कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने… पुरा पढौ

पोखराभित्र कृषि कार्यमा प्रयोग हुने ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण (पत्रसहित)

पोखरा महानगरपालिकाले ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण गरेको छ । खेती गर्ने समय नजिकिदै आउँदा महानगरपालिकाले एक सुचना जारी गरि महानगरभित्र कृषि कार्यमा प्रयोग हुने ठुलो ट्याक्टर तथा मिनीटिलरको भाडादर कायम गरेको हो ।सार्वजनिक गरिएको भाडादरमा ठुलो ट्याक्टर प्रति ३० मिनेट भन्दा माथि भएमा घण्टा ३ हजार ४ सय र ३० मिनेट भन्दा कम संचालन भएको खण्डमा प्रति मिनेट ६० रुपैयाँ कायम गरिएको छ । त्यस्तै मिनीटिलरको प्रयोगमा भने दुई थरी दर कायम गरिएको छ । अनुदान प्राप्त भएका प्रतिघण्टा… पुरा पढौ

पृथ्वीचोकको सेती पुल निर्माण : मुआब्जा लिन बाँकी दुई घरले नमाने बल प्रयोग गरेर हटाईने

निर्माणाधीन सेती पुल : ६० प्रतिशत भौतिक प्रगति
सन्देश श्रेष्ठपोखरा, जेठ १८ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमा बनिरहेको पुलको अवलोकन गरेका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न सोमबार मन्त्री लम्साल अवलोकनका लागि पुगेका हुन् । उनीसँगै पर्यटन मन्त्री गनेस पौडेलसमेत पुगेका थिए । पोखरा भित्रिने नाकाको प्रवेश द्वार मानिने यो पुल ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल साउन २६ गते सम्झौता भएको थियो । तर चीनबाट भौतिक सामग्री र जनशक्ति ल्याउन कठिनाई भएको… पुरा पढौ

मेची महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म १५९ जना सडक मानवको उद्धार गरिएको छ । गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिईन् । “सातै प्रदेशमा उद्धार यात्राको टोली पुगेको छ, यही जेठ २१ गतेसम्म उद्धार यात्रा जारी रहन्छ, जेठ २२ गते काठमाडौँको राष्ट्रिय सभागृहमा समापन हुनेछ”, उनले भनिन, “यस अभियानका क्रममा उद्धार गरिएका… पुरा पढौ

बालबालिकामाथि अनलाइन दुर्व्यवहार बढ्दो

पोखरा, १७ जेठ । नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर–किशोरीको संख्या बढेसँगै अनलाइन दुर्व्यवहारको जोखिम पनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भ्वाइस अफ चिल्ड्रेनले पोखरामा आयोजना गरेको ‘बालअधिकार प्रवर्द्धन र अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अध्ययन तथा सरकारी तथ्याङ्कले बालबालिका अनलाइन यौनजन्य सन्देश, अश्लील सामग्री र विभिन्न प्रकारका साइबर दुर्व्यवहारको जोखिममा रहेको देखाएको हो। कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् २०२३ मा १३ देखि १८ वर्ष उमेर समूहका ५१४ जना बालबालिकामाथि गरिएको अध्ययनका… पुरा पढौ

फिर्केखोलाको संरचना भत्काउने काम सकियो, तर चेकड्याम नबन्दा फेवाताल पुरिने जोखिम

सन्देश श्रेष्ठपोखरा, जेठ १७ पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ । फिर्केखोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो । जेठ १० गतेबाट शुरु भएको अभियान अन्तर्गत फिर्केखोला खोलाघरमा बनेका १६० वटै संरचना भत्काइएको पोखरा महानगरपालिकाले जनाएको छ । अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात गाडिएका ५ सय ८८ वटा सीमा स्तम्भहरु भित्र परेका सबै संरचना भत्काइएको दाबी महानगरको छ । महानगरले… पुरा पढौ

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुईदिने कार्यशाला सम्पन्न

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आईतबार सम्पन्न भएको छ । व्यवस्थापन संकायअन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठीमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले गुणस्तरीय उच्च शिक्षाका लागि अनुसन्धान संस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुसन्धानमूलक अध्ययनमा सक्रिय सहभागिता गराउन्ु आजको आवश्यकता बनेको बताए । उनले आगामी दिनमा यस कार्यक्रमलाई अझ सशक्त ढंगबाट निरन्तरता दिदै जाने जानकारी दिए । अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्कीले अनुसन्धानको… पुरा पढौ

जय मनकामना सहकारीको रजत बर्ष सम्पन्न, सहकारीका समस्या समाधान गर्न सरकार तयार छ: मन्त्री कार्की

पोखराको लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको रजत बर्ष बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । आज पोखरामा एक कार्यक्रमका बिच सहकारीले रजत बर्ष समापनसहित संस्थाको स्मारिका विमोचन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रमा देखिएका नितिगत समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले बद्लिदो आर्थिक तथा सामाजिक परिवेशमा सहकारी क्षेत्रले उत्पादन र रोजगारी सिर्जनामा महत्वपुर्ण भुमिका खेलेको स्पष्ट पारे… पुरा पढौ