देश

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडियाकर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि पोखरामा हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरा आएको हो ।टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल… पुरा पढौ

एमाले महाधिवेशनः मतदान सुरु

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् । सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो । अहिले एक पटकमा ५० जना भित्र पठाइएको छ ।भित्र छिरेपछि सुरुमा प्रतिनिधि कार्ड स्क्यान गरिन्छ । निश्चित ठाउँमा पुगेपछि प्वाल पारिन्छ । त्यसपछि बुथ ‘मेसिन’मा प्रवेश हुन्छ ।भित्र फोन लिन दिइएको छैन ।… पुरा पढौ

१४ औं पोखरा महोत्सवको सह प्रायोजकमा सिटिजन फर्निचर

पोखरा । १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच… पुरा पढौ

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारीमा तीव्र

पोखरा । पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि  व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए ।  जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष  गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम… पुरा पढौ

२१औं लेखनाथ महोत्सव पर्सीदेखि, तयारी पूरा

लेखनाथ, १ पुस ।लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका… पुरा पढौ

गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्रको ‘इआइए’ स्वीकृत

गण्डकी प्रदेश सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन इआइए स्वीकृत गरेको छ । ‘इआइए’ स्वीकत गरेसँगै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको भोगाधिकार लिने प्रक्रिया अगाडि बढेको छ । परामर्शदाता कम्पनी गौमुखीले ‘इआइए’को जिम्मा पाएको थियो ।‘इआइए’को प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको थियो । आठ वर्षअघि प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख महराज ढकालले दुवै जिल्लाका डिभिजन… पुरा पढौ

पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने

सन्देश श्रेष्ठपोखरा, पुस १ यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ । लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा आयोजना हुनेछ । हिट्स अफ नाईन्टिज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित व्याण्डहरुको लाईभ प्रस्तुती रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले… पुरा पढौ

सडक महोत्सवको प्रचार गर्दै पोखरेली चितवनमा

पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्दै पुर्व कोशी प्रदेश पुगेका पर्यटन तथा होटल व्यवसायी चितवन फर्किएका छन् । पर्यटन क्षेत्रको विकासका लागि पोखरामा यही पुस १३ गतेदेखि १७ गतेसम्म फेवाताल किनारमा सडक महोत्सव आयोजना हुँदै छ । सोही महोत्सवको प्रचारप्रसारका लागि पोखराका पर्यटन व्यवसायी चितवन आइपुगेका हुन् । महोत्सवको प्रवर्द्धन गर्न व्यवसायीको टोली इटहरी, विराटनगर, जनकपुर हुँदै चितवन आइपुगेको हो ।२७औँ पोखरा सडक महोत्सवले जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग गर्ने कार्यक्रमका संयोजक बसन्त गौतमले जानकारी दिए । पोखरा महानगरपालिका… पुरा पढौ

सभापति देउवा र नेता कोइरालाबीच भेट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताएका थिए । उनले नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउनसमेत सभापतिको ध्यानाकर्षण गराए । पार्टीभित्र कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी पार्टीको… पुरा पढौ

परिवार नियोजनको अभियान ११ वटा विद्यालय तथा कलेजमा

नेपाल परिवार नियोजन संघ कास्की शाखाले ११ वटा विद्यालय तथा क्याम्पसमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित भदौ १७ गतेदेखि अभियान संचालन गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । पोखरा महानगरपालिकाका १६ र गाउँपालिकाका आठ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गरिने छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन मावि र पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा अभियान… पुरा पढौ