देश

एमालेको नयाँ नेतृत्वका लागि आज मतदान, ११ केन्द्रीय सदस्य निर्विरोध,अनुशाासन आयोगमा कास्कीका पहारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उनका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो ।… पुरा पढौ

सभामुख पदमा कांग्रेस र एमालेको दाबी, बागमती प्रदेशसभा बैठक अनिश्चित

बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए । “हामीले बैठकको सबै… पुरा पढौ

गण्डकीको सुरक्षा गोष्ठीले फागुनमा हुने निर्वाचनका लागि के के औंल्यायो सुरक्षा चुनौति

सन्देश श्रेष्ठपोखरा, मंसिर २९ आगामी फागुन २१ गते हुने निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियार चुनौति बन्न सक्ने औंल्याइएको छ । पोखरामा सोमबार भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी बन्दी तथा लुटिएका हतियारहरु फागुनमा हुने चुनावका लागि चुनौति बन्नसक्ने औंल्याएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको गोष्ठीमा सहभागी गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीका… पुरा पढौ

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता, रघु पन्त र अग्नि खरेलले दिए स्वतन्त्र उम्मेद्वारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ ।पोखरेल समुहबाट उपाध्यक्ष पदमा… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ती हुन नसकेको हो । प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए । “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको… पुरा पढौ

कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई आज एक समारोहकाबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।दुबै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा पुर्‍याएर त्यहाँबाट आगामी पुस २ गते कतार यएरवेजको चार्टर फ्लाइटबाट सिधैँ कतार लगिने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए । हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी… पुरा पढौ

सडक महोत्सवको प्रचार टोली जनकपुरमा,मिथिला संस्कृति सडक महोत्सवमा झल्कने

पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा नेपालका पूर्वेली शहरहरुमा पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवर्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलयमान बनाउने र प्रत्यक्ष भेटघाटमार्फत गरिने निमन्त्रणाले… पुरा पढौ

एमालेको नयाँ नेतृत्व चयनको रस्साकस्सी:ओली र पोखरेल पक्षका प्रस्तावित उम्मेदवारहरु

नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल समुहको प्रारम्भिक प्यानल तय भएको छ । ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तय भएको र सम्बन्धित प्रदेश इन्चार्जहरूमार्फत उम्मेदवारलाई दरखास्त फारम बुझ्न भनिएको स्रोतले जनाएको छ ।एमालेको अध्यक्षमा केपी शर्मा ओली आफै प्रतिस्पर्धा गर्दैछन् ।उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु,निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताए । “वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी हो”, उनले भने, “निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ, फागुन २१ मै निर्वाचन… पुरा पढौ

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् । नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए । “कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो, तसर्थ कांग्रेसलाई… पुरा पढौ