देश

सहकारी लुटपाटका ‘नटवरलाल’ गजुरेल काठमाडौंमा पक्राउ

पोखरा सहित देशका बिभिन्न सहकारीमा लुटपाट गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एउटै प्रकृतिको अपराध गरेको अभियोगमा, नुवाकोटका २८ वर्षीय दीपक गजुरेललाई प्रहरीले २३औँ पटक पनि पक्राउ गरेको छ । पटक पटक पक्राउ परेका गजुरेलले काठमाडौं–पोखरासहित सहरका विभिन्न १९ वटा सहकारी लुटेको खुलासा भएको छ । देशका बिभिन्न ठाँउका सहकारी संस्था लुटपाट गर्ने कार्यमा संलग्न गजुरेललाई प्रहरी वृत्त गौशालाको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गजुरेलले सिनामंलगस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरेर… पुरा पढौ

कन्यामार्गका दिदिबहिनीहरुलाई क्षमता अभिबृद्धि तालिम

पोखरा महानगरपालिका वडा नं ३ स्थित कन्यामार्ग टोल विकास संस्थाले टोलका दिदिबहिनीहरुका लागि एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी निवर्तमान अध्यक्ष लक्ष्मी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उत्प्रेरक विकल शेरचनले सामाजिक संजाल र विभिन्न खेलहरुको नकारामक प्रभाव बारे सहजिकरण गरे । बालबालिकाहरुमा बढ्दै गएको मोबाईलको प्रयोगले भविष्यमा निकै अफ्ठेरो पार्न सक्ने भएकोले स्वयं अभिभावक यसबाट सचेत हुनुपर्ने र बालबालिकालाई अन्य सिर्जनात्मक, अध्ययन लगायतका विषयहरुमा अभ्यस्त गराउन आवश्यक भएको बताए । अधिवक्ता सरिता तिमिल्सिना पगेनीले महिला हिंसा तथा यसका… पुरा पढौ

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ… पुरा पढौ

एमाले महाधिवेशनस्थल सल्लाघारीमा कार्यकर्ताको भीड

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन,… पुरा पढौ

पोखरा महानगरले पुस २ गते स्थापना दिवस मनाउने

सन्देश श्रेष्ठपोखरा, मंसिर २६ पोखरा महानगरपालिकाले पुस २ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवस पुस २ गते विविध कार्यक्रम गरेर मनाउन लागेको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यसअघि पोखरा महानगरले फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको थियो । सरकारले २०७३ साल फागुन २७ गते काठमाडौंसहित पोखरा, ललितपुर, भरतपुर, विराटनगर र बिरगञ्जलाई महानगरपालिका घोषणा गरेको थियो । सोहि दिनलाई पोखरा महानगरपालिकाले गत वर्षसम्म स्थापना दिवस मनाउँदै आए पनि… पुरा पढौ

निट पत्रकारिता पुरस्कारबाट भरत कोइराला सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् । पुरस्कार स्थापना गर्ने निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार पोखरामा आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार कोइरालालाई नगद र सम्मानपत्र प्रदान गरे । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको हो । फोनिज गण्डकीले सञ्चालन गर्ने गरी निट डेन्टलले पत्रकारिता पुरस्कारका यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । पुरस्कृत व्यक्तित्व कोइराला… पुरा पढौ

मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ

नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ गराए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्त गरेका हुन् । गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १४ पुगेको छ । त्यस… पुरा पढौ

पाल्पामा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु, आठ घाइते

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल… पुरा पढौ

विन्ध्यवासिनी माविमा सुचनाको हक सम्बन्धि प्रशिक्षण

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले विद्यालयका शिक्षक कर्मचारीलाई सूचनाको हक सम्बन्धी प्रशिक्षण दिएको छ । सुचनाको पहुँच सबैसम्म पुर्याउने हेतुले एकदिवसिय प्रशिक्षण दिईएको सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए । कार्यक्रममा सहभागि शिक्षक कर्मचारीलाई सूचनाको हकका लागि जिल्ला सन्जाल कास्कीका अध्यक्ष यदुनाथ बन्जाराले प्रशिक्षण दिएका थिए । उनले शिक्षकहरुलाइ सुचनाको हक कार्यान्वयन बारे प्रशिक्षण गराउदा बिध्यार्थी सम्म पुग्न जाने र यसले समाजलाइ सचेत र जागरुक बनाउन मद्दत गर्ने बताए । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले विद्यालयका शिक्षकहरु समाजका… पुरा पढौ

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मरे

मुस्ताङको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गए राति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ । किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए । तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसबाट करिब रु छ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको… पुरा पढौ