देश

ब्राउन सुगर सहित १ जना कास्की प्रहरीको नियन्त्रणमा

कास्की प्रहरीले लागू औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं २६ कालिकाचोकमा लागू औषधको बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा खट्टिएको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले पोखरा १, बगर बस्ने २८ बर्षिय मनोज श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि हरी बहादुर बस्नेतले जानकारी दिए । निज श्रेष्ठले चलाएको ग २५ प १९२१ को मोटरसाईकल रोकी चेकजाँच गर्दा प्लास्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा खैरो हिरोईन ब्राउन… पुरा पढौ

मर्दी हिमाल पदमार्गमा विद्युतीकरण, हाईक्याम्पसम्मको लाईन छिट्टै संचालन हुने

शिशिर उजाडपोखरा नेपाल विद्युत प्राधिकरणले कास्कीको मर्दी हिमाल पदमार्गमा विद्युतीकरण गरेको छ । हालसम्म पनि राष्ट्रिय प्रशाारणको विद्युत लाईन पुग्न नसकेको सो हिमाली पदमार्गमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत बिस्तारको काम गरिएको पोखरा वितरण केन्द्रका ग्रामिण शाखा इन्चार्ज शोभाकर पौडेलले जानकारी दिए । पदमार्गको कालिमाटी, डुढ खर्क, मुसलबारी देखि कोकार फरेस्ट क्याम सम्मको ११ केभि लाइन निर्माण सम्पन्न गरी स्थानियलाई विद्युत सेवा उपलव्ध गराईएको इन्चार्ज पौडेलले बताए । उनका अनुसार सोहि पदमार्गको सिदिङ देखि लो क्याम्प बादल डाँडाँ हुदै हाईक्याम्पसम्मको लाईन… पुरा पढौ

आफ्नो कार्यशैली सुधार्न युवाहरुलाई मन्त्री पुनको सुझाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आगामी निर्वाचनमा धेरै भन्दा धेरै युवाहरु निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै, उनले विभिन्न दलका बुढा नेताहरुलाई विदा नगरेसम्म देश विकास नहुने बताउदै त्यसका लागि फागुन २१ को निर्वाचन मार्फत धेरै युवाले जित्नुपर्ने बताएका हुन् ।मन्त्री पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै युवाहरूलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गरेका छन् । उनले लेखेका छन्– अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको, अहिलेको… पुरा पढौ

नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ मंसिर १७ देखि

पोखरा,९ मंसिर । पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र योपटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल मणिपाल शिक्षण अस्पताल रहेको जानकारी दिएको हो ।संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको सहरको नारासँग मणिपालको उद्देश्य… पुरा पढौ

अध्यक्षमा उम्मेदवारी दिने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको घोषणा

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए ।मंगलबार भने उनले विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको विज्ञप्ति मार्फत बताएका छन् ।विज्ञप्तिमा उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका निर्वाह… पुरा पढौ

सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारीः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताएका छन् । उनले सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने मुख्य जिम्मेवारीलाई मूलमन्त्र मानेर वर्तमान सरकारले काम गरिरहेको बताए । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारले त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफल भएको र अब चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए । उनले विभिन्न बहाना बनाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भनेर सार्वजनिक… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पोखरामा शुरु,हिंसामुक्त समाज निर्माणमा साझा प्रयास आवश्यक:मन्त्री थापा

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ पोखरामा पनि बिभिन्न कार्यक्रमका साथ शुरु भएको छ । अभियान अन्तर्गत आज पोखरामा आयोजित प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यदेखि समाजसम्मको सामूहिक प्रतिबद्धता आवश्यक भएको बताएका छन्। “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारा सहित मनाइएको कार्यक्रममा मन्त्री थापाले नेपाली जनताले दशकौँ लामो राजनीतिक आन्दोलन र संघर्षको जगमा महिलाका अधिकार तथा सशक्तीकरणका क्षेत्रमा प्राप्त… पुरा पढौ

पोखरा लेडी जेसीजको अध्यक्षमा जेसी सुनिता गौतम भण्डारी निर्वाचित

पोखरा लेडी जेसीजको अध्यक्षमा जेसी सुनिता गौतम भण्डारी निर्वाचित भएकी छन् । शाखाको सम्पन्न ३२ औं अधिवेशनमा अध्यक्षका अर्का प्रत्याशी जेसी प्रमिला कुवँरलाई पराजित गदै भण्डारी निर्वाचित भएकी हुन् ।उनले ५० मत प्राप्त गर्दा कुवँरले ४० मत मात्रै प्राप्त गरिन् ।कुल ९३ जना मतदाता रहेकोमा अधिवेशनमा ९० मत खसेको थियो । कार्यकारिणी उपाध्यक्षमा जेसी करुणा पाण्डेलाई २२ मतान्तरले हराउँदै जेसी विनिता केसी निर्वाचित भईन् । केसीले ५६ र पाण्डेले ३४ मत पाएका थिए ।अधिवेशनले उपाध्यक्षहरुमा जेसी मेलिना गुरुङ, जेसी शारदा… पुरा पढौ

दल दर्ताका लागि एमालेले दियो निर्वाचन आयोगमा निवेदन,सर्वोच्चमा गर्यो रिट दायर

नेकपा एमालेले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन… पुरा पढौ

कास्कीमा थपिए १७ हजार ७८६ मतदाता

कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् । नयाँ थपिएका मतदातामा अधिकांश युवा छन् । यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । “मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ… पुरा पढौ