देश

फागुन २१ मा चुनाव हुन सक्दैनः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ का लागि तोकिएको निर्वाचन हुनै नसक्ने दावी गरेका छन् । प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने बताए ।उनले एमाले चुनावबाट नभाग्ने बताउँदै, अहिलेको अवस्थामा निर्वाचनको बाताबरण नै तयार भईनसकेको बताएका हुन् । वर्तमान सरकारप्रति कडा टिप्पणी गदै अध्यक्ष ओलीले अहिलेको सरकार कसको र कसले बनाएको भन्ने नै… पुरा पढौ

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक घटनामा संलग्न ३८ जना पक्राउ

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको छ । आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब… पुरा पढौ

सुन तोलामा ६ हजार नौ सयले घट्यो

स्थानीय बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार नौ सयले घटेर कारोबार भइरहेको छ। यसअघि २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४२ हजार ८ सय पुगेको छ। आज चाँदीको भाउ पनि तोलाको १५० रुपैयाँले घटेको छ। यसअघि ३ हजार २८५ रुपैयाँ तोकिएको चाँदी आज ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन… पुरा पढौ

सबै जेनजी एकताबद्ध छन्: अगुवा सुदन गुरुङ

जेनजी अगुवा सुदन गुरुङले सबै जेनजी एकताबद्ध भएको बताएका छन् । आईतबार सामाजिक सञ्जालमा लेख्दै हामी नेपालका संस्थापक समेत रहेका गुरुङले देशभरका जेनजी एकताबद्ध रहेको दावी गर्दै नेपाल एकिकरणको शुरुवात भएको गोर्खाबाट अभियान नै संचालन गर्ने बताएका हुन् ।अभियान अन्तर्गत जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने लक्ष्य राखिएको उनले बताए ।गुरुङका अनुसार अभियानको पहिलो चरणमा जेनजी पुस्ता ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म एकजुट भइसकेको छ । गुरुङले वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको… पुरा पढौ

कार्बन साझेदारी कोषबाट नेपाललाई एक अर्ब १९ करोड प्राप्त

नेपालले कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड प्राप्त गरेको छ । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त प्राप्त गरेको हो । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट ९इआरपिए०अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज… पुरा पढौ

पोखरामा प्रवचन दिँदै घनश्यामदासजी महाराज

पोखरा, २९ कात्तिकराधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलो पटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ देखि ३ बजेसम्म पोखरामा कार्यक्रम हुने तय भएको हो ।तीन दिन उनले दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म प्रवचन दिने आयोजकले जनाएको छ । घनश्यामदास जगद्गुरु कृपालुजी महाराजका जेठा छोरासमेत हुन् । निशुल्क प्रवेश पाइने प्रवचनअघि मंसिर १ गते पोखरा सभागृहबाट न्युरोड, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै सिर्जनाचोकसम्म रथयात्रा हुने कार्यक्रमकी व्यवस्थापक अस्मिता भण्डारीले जानकारी दिइन् ।पोखरामा… पुरा पढौ

कांग्रेस गण्डकीले भन्याे : नियमित महाधिवेसन नहुने हाे भने मंंसिर भित्रै विशेष महाधिवेसन

काठमाडौँ — स्थानीयदेखि केन्द्रीय तहसम्मको पदावधि सकिन लागेका बेला नेपाली कांग्रेसले नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा महिनौंदेखि निर्णय गर्न नसक्दा पार्टीभित्र निराशा र अलमल बढेको कार्यकर्ताहरूले बताएका छन्। करिब एक महिनादेखि जारी केन्द्रीय कार्यसमितिको बैठक निष्कर्षविहीन बन्दै जाँदा संगठन तल्लो तहसम्म प्रभावित भएको नेपाली कांग्रेस गण्डकीले निश्कर्ष निकालेकाे छ । कांग्भेरेस गण्डकीकाे आजकने भेलामा सहभागीहरूले कांग्रेसले अब ढिलाइ र अलमलबाट बाहिरिनुपर्ने, स्पष्ट दृष्टिकोणसहित निर्भीक रूपमा अगाडि बढ्नुपर्ने र संगठनलाई नयाँ ऊर्जा दिएर आगामी आमनिर्वाचनतर्फ अघि धपाउनुपर्ने आवश्यकता जोड… पुरा पढौ

यथास्थितिमा चुनाव भए मतदान स्थल युद्द मैदान बन्छ : अधिकारी

सन्देश श्रेष्ठपोखरा, कात्तिक २९ नेकपा एमालेका नेता खगराज अधिकारीले फागुन २१ मा चुनाव हुन्छ भन्ने भ्रममा आफ्नो पार्टी नरहेको बताएका छन् । जिल्ला कमिटी कास्कीले शनिबार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले फागुन २१ मा चुनाव नहुने बताए । चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गर्दै उनले भने,‘जेनजी आन्दोलनका बेला पुलिसका लुटिएका हतियार फिर्ता भएका छैनन् । विभिन्न अपराधमा जेलमा रहेका कैदीबन्दीहरु फरार छन् । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ? । नेता अधिकारीले यथास्थितिमा चुनाव गरे मतदान स्थल… पुरा पढौ

ओम सहकारीको साधारण सभा सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २ मिरुवामा रहेको ओेम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका अवसरमा सहकारीले जेष्ठ नागरिक लक्ष्मीदेवी पराजुली, दशजोड दुईमा उत्कृष्ट ग्रेड ल्याउने फिरोज पहारी, भुमिका अधिकारी र उत्कृष्ट कारोवारी होमलाल विकलाई प्रमुख अतिथि सहकारीका पुर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी र अध्यक्ष रामविक्रम राणाले सम्मान गरे । सभाको उद्घाटन गर्दै सहकारीका पुर्व अध्यक्ष अधिकारीले पोखराको पुरानो सहकारीले आफ्नो गरिमालाई थप उचो बनाई सेवा बिस्तारमा लाग्नु पर्ने बताए ।… पुरा पढौ

लोक साहित्य परिषदद्वारा अमात्य र बज्राचार्य पोखरामा सम्मानित

लोक साहित्य परिषद ललितपुरले पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेका परिषदले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै अग्रज पत्रकार अमात्यलाई सम्मान गरेको हो । परिषदले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र सहित दोसल्लाले सम्मान गरेका हुन् । सोहि कार्यक्रममा संस्कृतिविद् डा चन्द्रा बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।भाषा, कला, साहित्य तथा संस्कृतिको… पुरा पढौ