देश

एभरेस्ट एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी

पोखरा, कात्तिक २९ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यहि मंसिर ६ गते रक्तदान कार्यक्रम आयोजना हुँदैछ । रक्तदान कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुनेछ । सो दिन विहान ७ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाइएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ… पुरा पढौ

देशको मुहार फेर्न युवा पुस्ताको हस्तक्षेप आवश्यक ः मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पुराना राजनीतिक दलका नेताहरूले नै भ्रष्टाचार र घुसखोरीतन्त्रलाई मलजल गरेको आरोप लगाएका छन् । गणतन्त्र स्थापनापछि पनि भ्रष्टाचार र घुसखोरी अन्त्य नहुनुमा पुराना दलहरुको हात रहेको बताउँदै, उनले देशलाई समृद्धशाली बनाउनका लागि नयाँ पुस्ताका नेताहरू राजनीतिमा आउनुपर्नेमा जोड दिए। मन्त्री पुनले आज सामाजिक सञ्जालमा लेखेका छन्, पुराना पुस्ताका नेताहरूले गणतन्त्रमा भ्रष्टचारतन्त्र र घुसखोरीतन्त्र घुसाएर नेपाललाई आर्थिक रूपमा समृद्धशाली देश बनाउने ढंग पटक्कै ल्याएनन्।’ उनले देशको मुहार फेर्न युवा पुस्ताको हस्तक्षेप अपरिहार्य रहेको भन्दै… पुरा पढौ

दुई लाख ८१ हजार १२९ नयाँ मतदाता थपिए

राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण फोटो तथा औँठाछाप दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका… पुरा पढौ

मुस्ताङमा निर्माणाधीन कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम अन्तर्गत मुस्ताङको कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो । मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३÷७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो । पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर… पुरा पढौ

पोखराको घार्मी र आर्वामा बालाचतुर्दशी पर्व धार्मिक मेलाको रूपमा मनाइने

पोखराको धार्मिक पर्यटकीय स्थल घार्मी र आर्वाको महाप्रभु धाममा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइने भएको छ । पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । यही मंसिर ३ गते परेको पर्वलाई केन्द्रीत गरी मन्दिर परिषरमा सरसफाई गरी बिभिन्न ध्वजापताका र तोरणले सजाउने कार्य शुरु गरिएको अध्यक्ष पौडेलले बताए।स्थानीय व्यक्तिको घरबाट विधिपूर्वक पूजाआजा गरि निकालिने फुलको डोली बाजागाजा… पुरा पढौ

आज देशभरको मौसम मुख्यतया सफा रहने

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–- पुरा पढौ

म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव

आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८२ वटा मतदानस्थल प्रस्ताव गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले विसं २०७९ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनकै मतदानस्थललाई निरन्तरता दिन प्रस्ताव गरिएको जानकारी दिए । “अघिल्लो निर्वाचनमा कायम भएका मतदानस्थलको अवस्थाका बारेमा स्थानीय तहहरूबाट कात्तिक २० गतेसम्म सिफारिस मागिएको थियो”, उनले भने, “स्थानीय तहको सिफारिस, सुरक्षा निकाय र सरोकार भएकाहरूको सुझावका आधारमा मतदानस्थल र केन्द्र प्रस्ताव गरिएको हो ।” प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण

आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणासहितका २५ केन्द्रीय सदस्यले आज पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औँ महाधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नाका साथै २०८२ फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ मङ्सिरभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन… पुरा पढौ

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। विधेयक पारित भएपछि प्रतिक्रिया व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले यो कदमलाई विश्वविद्यालय सुधार यात्राको “ऐतिहासिक… पुरा पढौ

रास्वपाबाट सन्तोष परियारले दिए राजीनामा

पार्टी रुपान्तरणको पक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले राजीनामा दिएका छन् । छुट्टै अभियान सुरु गर्ने भन्दै उनले आफ्नो राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् ।यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा पार्टी रुपान्तरण सहित नेतृत्व परिवर्तनको बहस परियारले जोडतोडका साथ उठाएका थिए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । पुरा पढौ