देश

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । पुरा पढौ

कारागारबाट छुटेकै दिन पर्वतमा पत्नीको हत्या

पर्वतको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो । कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी… पुरा पढौ

यातायात व्यवसायीलाई मुख्यमन्त्री पाण्डेले भने : मैले तपाईंहरुलाई राईड सेयरिङको बारेमा बुझाउन सकिन

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवसायीलाई आफूले राईड सेयरिङबारे बुझाउन नसकेको भन्दै व्यंग्य गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै आफूले राईड सेयरिङलाई वैधानिक बनाउन कोशिष गर्दा व्यवसायीले नबुझेर विरोध गरेको बताए । राईड सेयरिङबारे तपाईंहरुले बुझ्नु भएन,उनले भने,‘अझ भनौं मैले नै तपाईंहरुलाई बुझाउन सकिनँ ।’ तर राईड सेयरिङ यात्रु र व्यवसायी दुबैको हितमा रहेको उनले दाबी गरे । ढिलो… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे चुनावको पक्षमा, चुनाव सफल गराउन गरे अपिल

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फागुन २१ मा तोकिएको आम निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व भएको बताएका छन् । गण्डकी प्रदेशसभाको आजदेखि शुरु भएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले भने,‘फागुन २१ गते प्रतिनिधि सभाको चुनाव घोषणा भई संघ सरकारले तयारी गरिरहेको सन्दर्भमा संविधानतः हुने निर्वाचनलाई सफल बनाउनु प्रदेश सरकारको पनि दायित्व हो ।’ उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेश सभा सदस्यहरु, दलहरु, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे । गण्डकी प्रदेशका… पुरा पढौ

प्रहरीको हतियार लुट्ने पोखराका १६ वर्षिय किशोर पक्राउ

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भ्रष्टाचारको अन्त्य, सुशासन कायम तथा सामाजिक सञ्जाल बन्दको विरोधमा गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सोहि मौका पारेर प्रहरीको हतियार लुट्ने पोखरा–४ बस्ने एक किशोरलाई हतियारसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो । ती किशोरले वडा प्रहरी कार्यालय पोखरा–१ बगरको स्वामित्वमा रहेको चाईनिज पेस्तोल टाईप ५४ (म्गाग्जिन नभएको) लुटेर लगेका… पुरा पढौ

दुई महिनापछि गण्डकी प्रदेश सभाको बैठक शुरु, प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नुपर्छ ः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताएका छन् । आजबाट शुरु भएको गण्डकी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल, नागरिक समाजलगायत सबै प्रदेशवासीमा अनुरोध गरे । मुख्यमन्त्री पाण्डेले युवा पुस्ताको व्यावहारिक आकाङ्क्षा र भावनालाई समेट्दै वैधानिक तथा लोकतान्त्रिक बाटोबाट देशमा आइपरेको सङ्कटलाई दीर्घकालीन समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । “पछिल्ला घटनाक्रमले हामी… पुरा पढौ

जापानमा हुने बिजनेस फोरममा नासा नेपाल पनि सहभागी

एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा नेपाल अटोमोबाइल्स एसोसिएसन पनि सहभागी हुने भएको छ । जापानमा भोलिदेखि शुरु हुने फोरममा भाग लिन एसोसिएसनका सचिव महेश अधिकारी जापान प्रस्थान गरेका छन् । एसोसिएसनका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारीलाई बिदाइ गरिन् । मोटरिङ एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीले तीन दिन चल्ने उक्त कार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिप तथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् । र्राष्ट्रिय अटोमोबाइल फेडेरेसन… पुरा पढौ

कांग्रेसमा विशेष महाधिवेशनको औचित्य छैन,चुनावमा सहभागी हुन्छः नेता प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज काठमाडौँमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताएका हुन् । उनले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भने, “नियमित महाधिवेशन नजिक… पुरा पढौ

गण्डकी प्रदेश संग्रहालयमा मौलिक कोसेली घर बन्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन् । पोखराको नयाँ बजारस्थित गण्डकी प्रदेश संग्रहालय हातामा निर्माण हुने मौलिक कोसेली घरको शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डेले सुशासन र पारदर्शिता कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।उनले कोशेली घरको निर्माण पछि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।“प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा… पुरा पढौ

निर्वाचन आयोगले गर्यो पूर्वपदाधिकारीसँग परामर्श

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी आयोगका पूर्वपदाधिकारी र पूर्वसचिवसँग परामर्श गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा आज आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले उनीहरूसँग परामर्श गरेको हो ।जेनजी आन्दोलनको भावनाअनुरूप चुनावी अन्तरिम सरकार गठन भई आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यस्तै १९ सदस्य पदका लागि आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको परामर्शमा आयुक्तद्वय सगुनशम्शेर जबरा… पुरा पढौ