देश

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित

मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजनक कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रावललाई पार्टीमा भित्र्याएका हुन् ।सहमति पछी सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने गरेको बताउँदै एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने विश्वास व्यक्त गरे ।उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा… पुरा पढौ

जाडो छल्न माथिल्लो मुस्ताङका अधिकांस शैक्षिक संस्था पोखरामा स्थानान्तरण

उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरिएको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालय सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु… पुरा पढौ

पोखरा–२९ को प्रगतिटोलमा योग शिविर शुरु

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको प्रगतिमा १५ दिने शिविर सुरु भएको छ । प्रगति टोल विकास संस्था र ओमकारेश्वर शिव मन्दिर व्यवस्थापन तथा सत्सङ्ग समितिको संयुक्त आयोजनामा तथा पतञ्जली योग पीठ गण्डकी प्रदेशको सहयोगमा सो शिविर सुरु भएको हो । “योग गरौं योग, रहौं निरोग” भन्ने उद्घोषका साथ टोलवासीहरुमा योगवारे चेतना जगाउन योग शिविर आयोजना गरिएको अध्यक्ष ललिन्द्र खड्काले वताए ।ओमकारेश्वर शिव मन्दिरका पुजारी लक्ष्मण गौतमले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै टोल विकास सस्थाले आफनो टोलको विकासका लागि… पुरा पढौ

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा एक हजार पाँच सयभन्दा बढी मतदाता थपिएका छन् । असोज ९ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएकामा सोमबारसम्म जिल्लामा एक हजार पाँच सय ९२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसमध्ये नौ सय ४१ पुरुष र छ सय ५१ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । गत मङ्गलबारसम्म जिल्लामा सात सय ६५ जना मतदाता थपिएकामा पछिल्लो पाँच दिनमा दोब्बर मतदाता थपिएको लम्सालले… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा नौ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । सन् २०२४ मा दुई लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकामा सन्… पुरा पढौ

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो । तीमध्ये सबैभन्दा धेरै आक्रमणरकुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए । त्यसैगरी धम्की÷दुव्र्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा÷अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ । प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेस प्रदेशमा ६, लुम्बिनीमा… पुरा पढौ

ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित गरे एमाले विघटन गर्न तयार छौं : अधिकारी

सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ नेकपा एमालेका नेता खगराज अधिकारीले जेनजी आन्दोलनमा मारिएकालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित भए पार्टी विघटन गर्न तयार रहेको बताएका छन् । विघटित प्रतिनिधिसभा पुर्नःस्थापनाको माग गर्दै देशभरका पालिकाहरुमा जनप्रदर्शन गर्ने निर्णय अनुसार नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरा–३० सिसुवामा आयोजना गरेको जनप्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनमा गएका छोरा, नाती पुस्तालाई मार्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आदेश दिएका होईनन्, दिन सक्दैनन्,उनले अगाडि… पुरा पढौ

डेंगु संक्रमितको ग्राफ बढ्दो, गण्डकी प्रदेशमा मात्रै १ हजार ९ सय बढी संक्रमित

पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु संक्रमित थपिएका छन् । विगतका वर्षहरूमा वर्षायाममा धेरै संक्रमण देखिने गरेकोमा यस वर्ष कात्तिकको अन्तिम सातासम्म पनि संक्रमण नघटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ५ सय १९ पुगेको छ । संक्रमणबाट सबैभन्दा धेरै गण्डकी प्रदेश प्रभावित भएको छ । जहाँ १ हजार ९ सय ८ जनामा… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक तीन दिनपछि आज बस्ने भएको छ । पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीको गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न गत असोज २८ गते सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन ।… पुरा पढौ

बारपाक–लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द

गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको–१ बारपाक र धार्चे गाउँपालिका–४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो । निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । उनले भने, “दुई दिनसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।” शर्मा÷विक्की जेभी निर्माण कम्पनीमार्फत सो… पुरा पढौ