देश

पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड,राष्ट्रिय परिचयपत्र लिएकालाई थप सहज

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड लागेको छ । दर्ता गर्ने समय अब ३ दिन मात्र बाकी हुँदा प्रदेश निर्वाचन कार्यालय पोखरामा नामावलीमा नाम दर्ता गराउनेको संख्या उल्लेख्य रुपमा बढेको हो । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार असोज ९ गतेदेखि हालसम्म ६ हजार ५सयभन्दा बढी नयाँ मतदाता थपिएका छन्। कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेक अनुसार दैनिक ९ सय जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा ८५ प्रतिशत जेन–जी पुस्ताको सहभागिता… पुरा पढौ

गृहमन्त्री अर्यालबाट ‘जेनजी’ आन्दोलनलाई धोका भयोः सुधन गुरुङ

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनलाई धोका दिएको बताएका छन् । बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग उनले जुन भावनाका साथ आन्दोलनका वलमा सरकार बनेको थियो त्यो उद्धेश्य विपरीत सरकार अघि बढेको आशंका गरे ।उनले बर्तमान गृहमन्त्रीले जेनजीका माग पूरा गर्न नसक्ने समेत बताएका छन् ।आफूहरू ०८४ को निर्वाचन ०८२ मा सार्न मात्र नलडेको बताए । उनले आफ्ना माग पूरा नभईकन निर्वाचनमा सहभागी नहुने उद्घोष गरे । सहिद, घाइतेका माग पूरा हुनुपर्नेमा उनले… पुरा पढौ

प्रहरी महानिरीक्षक कार्कीले लगाए दज्र्यानी चिह्न,प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षको दज्र्यानी चिह्न लगाएपछि सङ्क्षिप्त मन्तव्य राख्दै उनले सङ्गठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गरिने बताए । “अपराध र सुरक्षा चुनौतीहरुका पारस्पिरिक प्रवृत्तिमा भएको परिवर्तन, सूचना प्रविधिको द्रूततर विकास र सुशासनको जनअपेक्षाअनुरुपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु सरकार र प्रहरी सङ्गठनको साझा दायित्व हो”, प्रहरी महानिरीक्षक… पुरा पढौ

निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक

निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाईएको छ । जेनजी घटनाको छानबिन तथा जाँचबुझ गर्न गठित आयोगले पत्राचार गर्दै बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए। आयोगकका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले अनुमतिबेगर काठमाडौं उपत्यका नछाड्न ‘स्थानहद’ पनि लगाएको हो। आयोगले उनलाई बयानका लागि जतिबेला पनि बोलाउन सक्ने भन्दै बोलाएको बेलामा उपस्थित हुनुपर्ने पनि भनेको छ।… पुरा पढौ

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा दुई दशमलव एक प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर चार दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ ।आज सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने छ । यद्यपि यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको छ… पुरा पढौ

नेपाली कांग्रेस कास्कीका युवा नेता भट्टराईलाई मातृशोक

नेपाली कांग्रेस कास्कीका युवा नेता दीपक भट्टराईलाई मातृशोक परेको छ । भट्टराईका ७४ बर्षिय आमा अर्मला घर भई हाल पोखरा १६ महेन्द्रगुफा मार्ग निवासी चन्द्रकला भट्टराईको गएराती निधन भएको हो ।लामो समयदेखि अर्बुद रोगबाट पिडित भट्टराइको विहीबार बिहान सती नर्वदा घाट गोस्तेमा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको छ । उनलाई जेठा छोरा कमल भट्टराईले दागबत्ती दिएका थिए । काङ्ग्रेसको राजनितिमा लामो समय सक्रिय रहि प्रजातन्त्रको पहरेदारको भुमिका निर्वाह गरेकी भट्टराईको पार्थिव शरिरमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, प्रवक्ता… पुरा पढौ

पोखरा-मुग्लिन सडक: पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

पोखरा-मुग्लिन सडकको पश्चिम ९पोखरा–जामुने० खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने “२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।” चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट… पुरा पढौ

जेन जी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने विमला र रोसन पनि पक्राउ

पोखरा, कात्तिक २६ जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाट गर्ने थप दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सोमबार ५ जना पक्राउ गरेर सार्वजनिक गरेको प्रहरीले मंगलबार थप दुई जना पक्राउ गरेर सार्वजनिक गरेको छ । कास्की प्रहरीले मंगलबार पोखरा–१७ घारीकुलोकी ३८ वर्षिया बिमला सापकोटलाई तोडफोड तथा आगजनीमा संलग्न भएको भन्दै पक्राउ गरेर सार्वजनिक गरेको हो । त्यस्तै, प्रहरीले कास्कीको मादी गाउँपालिका–५ भैंसे बस्ने २५ वर्षिय रोसन सापकोटालाई पनि पक्राउ गरेको जनाएको छ । उनीहरु दुबैजना जेनजी आन्दोलनकारीलाई… पुरा पढौ

भैरव मन्दिरमा कालभैरव मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न, आजैदेखि दर्शन तथा पूजनका लागि खुल्ला

पोखरा, कात्तिक २६ पोखराको भैरवटोलमा निर्माण गरिएको भैरव मन्दिरमा आज कालभैरवको मूर्तीको प्राण प्रतिष्ठा गरिएको छ । हालैमात्र निर्माण गरिएको मन्दिरमा आज भैरव अष्टमीको शुभ साईत पारेर कालभैरवको प्रतिमा स्थापना गरि तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरिएको हो । प्राण प्रतिष्ठापश्चात आजैदेखि भक्तजनहरुलाई दर्शनसहितको पूजन गर्न खुल्ला गरिएको छ । आजदेखि शुरु भएको दर्शनसहितको पूजन अबदेखि हरेक दिन बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म खुला गरिने भैरव संरक्षण समितिले जनाएको छ । काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृतिको संरक्षण गर्ने… पुरा पढौ

कालिका क्याम्पस,पोखराका प्रमुख बिरन्जी गौतम लण्डनमा सम्मानित

कालिका बहुमुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख बिरन्जी गौतम उत्कृष्ट क्याम्पस प्रमुख २०२५ बाट सम्मानित भएका छन् । लन्डनको युनिभसिटी अफ ग्रीनवीचमा आयोजित “नेपाल एजुकेसन अवार्ड युके २०२५” का अवसरमा क्याम्पस प्रमुख गौतमलाई बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरे र यूनिभर्सिटि अफ ग्रिनवीचका कार्यकारी निर्देशक कलेयर म्याथ्युजले सम्मान गरे । युनिभसिटि अफ ग्रीनवीचको सहकार्यमा नेपालबाट प्रकाशित हुने कलेज रिडर्स अंग्रेजी मासिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा शैक्षिक उत्कृष्टता, नवप्रर्वतन, नेतृत्व, सामुदायीक संलग्नता अनुसन्धान प्रशान्त विश्व दृष्टिकोणका आधारमा गौतमलाई छनौट गरी उत्कृष्ट… पुरा पढौ