देश

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा,प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्ष तोडफोड

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा पुगेको छ । मधेस प्रदेशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकार गठन आह्वान नै नगरी नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि भएको विवादले उग्ररुप लिएको छ ।संविधानानुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान नै नगरी काठमाडौं जान्छु भन्दै हिँडेर बाटोमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै प्रदेश प्रमुखविरुद्ध बिभिन्न दलका नेता, कार्यकर्ता आक्रोशित देखिएका छन् । आक्रोशित समुहले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका छन् भने मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका… पुरा पढौ

तनहुँको तुरतुरे–चाम्बास सडकखण्ड दैनिक छ घण्टा बन्द

डुम्रे बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे छ घण्टा बन्द गरिएको छ । भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि आजदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे छ घण्टा बन्द हुन लागेको हो ।सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न तथा कार्यप्रगतिमा सहजीकरणका लागि डुम्रे बेसीशहर चामे सडक योजनाबाट अनुरोध भएकामा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उक्त खण्ड बिहान ६ः३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि… पुरा पढौ

गृह र अध्यागमनको टोलीद्वारा कोरला नाका अवलोकन

गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै जोमसोम पुगेर सोही दिन कोरला नाका पुगेका गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको टोलीले कोरला नाकाको अध्ययन अवलोकन गरेको हो । गृह र अध्यागन विभागको टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र कोरलास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालबाट नाकाको विषयमा जानकारी लिएका थिए । टोलीले कोरला नाकामा रहेको अध्यागमन कार्यालयको अस्थायी भवनको समेत निरीक्षण गरेको कार्यालय… पुरा पढौ

‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक तिमिल्सीना रहेनन्

‘जुनकिरीको सन्देश’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादक ताराप्रसाद तिमिल्सीनाको निधन भएको छ । वि.सं. २००८ साल मंसीर १२ गते पोखरा १६ बाटुलेचौरमा जन्मिएका ७३ बर्षिय तिमिल्सीनाको गएराती आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सरबाट पिडित उनको सोमबार बिहान सेती नदीस्थित तुलसी घाटमा अन्तिम संस्कार गरिएको छ । नेकपा एमालेका सांगठनिक सदस्य समेत रहेका तिमिल्सीनाको पार्थिव शरिरमा एमालेका केन्द्रिय सदस्य कृष्ण थापा र कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गरेका थिए । उनलाई छोरा पवन… पुरा पढौ

शैक्षिक पलायन रोक्न विश्वविद्यालयले एकेडेमीक कोर्ष सुधार्नु पर्नेमा जोड

लेखनाथ/कार्तिक २३गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले विद्यार्थीको विदेश पलायन रोक्ने गरी शैक्षिक योजना ल्याउनु पर्नेमा जोड दिएका छन् ।त्रिवेणी इन्टरनेशनल कलेजको १० औं बार्षिक साधारण सभाको शनिवार उद्घाटन गदर्,ै कुलपति तिवारीले विश्वविद्यालको एकेडेमिक कोर्षमा विद्यार्थीहरु आश्वस्त हुन नसकेकाले विदेश पलायन हुने गरेको उल्लेख गरे ।निवारीले गण्डकी विश्वविद्यालयले प्रविधि र अनुसन्धानको क्षेत्रलाई लक्षित गरी पाठ्यक्रमको तयारी गरेको बताउँदै, गण्डकी प्रदेश सरकारले अनुसन्धानको क्षेत्रमा काम गर्ने थप जिम्मेवारी दिएको उल्लेख गरे ।  उनले यही शैक्षिकशत्रको अन्त्यसम्म विश्वविद्यालयबाट ६० जना आइटीका विद्यार्थी… पुरा पढौ

सेती पुल निर्माण : क्षेतीपूर्ती विवादले पुल निर्माणको रफ्तारमा ब्रेक

सन्देश श्रेष्ठपोखरा, कात्तिक २३ पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणका लागि दिइएको म्याद गुज्रिएको छ । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ योजना अन्तर्गत सडकसँगै पुल निर्माणका लागि ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल भदौ २६ गते सम्झौता भए पनि पुल निर्माणको आधा काम बाँकी छँदै सम्झौताको म्याद भने गुज्रिएको हो । पुरानो पोखरा अर्थात कोर पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा हाल भएको पुलको माथि र तल पट्टी गरेर थप दुई वटा पुल… पुरा पढौ

नेलम्वो नेपालको सहयोगमा सहारा आविमा ३ दिने शिविर शुरु

पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिने निस्शुल्क दन्त तथा कानको शिविर शुरु भएको छ । विपन्‍न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा मपना वडा नं ९ को वडा कार्यालयको समन्वयमा ३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्‍घाटन पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले गरे उनले कक्षा ८ मा अध्ययनरत छात्रा शिलिषा परियारलाई ओ।पि।डी स्लिप प्रदान गरि कार्यक्रमको शुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख आचार्यले निस्शुल्क रुपमा दाँत… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न अन्तरक्रिया, दृष्टिविहीन क्रिकेटर विनितालाई सम्मान

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले यस क्षेत्रका महत्वपुर्ण सम्पदाको पर्यटन प्रर्वद्धनमा भुमिका खेल्न पत्रकारलाई आग्रह गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको समन्वयमा हेम्जाकोटमा आयोजित माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मीनबहादुर गुरुङले यस क्षेत्र पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहे पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको गुनासो गरे । विभिन्न पर्यटकीय गन्तव्यलाई व्यवस्थित बनाई नयाँ गन्तव्यको समेत खोजि भैरहेको बताउँदै, उनले विदेशी पर्यटकलाई आकर्षण गर्ने योजनामा गाउँपालिका अगाडी बढेको स्पष्ट पारे । त्यस्तै गाउँपालिका… पुरा पढौ

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्छ ः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका हुन् । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरूको योगदान महत्त्वपूर्ण हुने उनले बताए… पुरा पढौ

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीले पछिल्लोपटक थपिएको ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाए । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु… पुरा पढौ