पोखरा, कात्तिक २१ पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ गीतको छायाङ्कन सकिएको छ । विराज गौतमको रचना, कम्पोज र एरेञ्ज तथा गायक कार्कीको स्वरमा रहेको सो गीतको छायाङ्कन पोखरा–२२ को पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी, पुम्दीकोट लगायतका ठाउँमा गरिएको हो । गीतमा जीवन वाग्ले र स्नेहा पैंगी लामाले अभिनय गरेको गायक कार्कीले जानकारी दिए । विजय लोहारको परिकल्पना र निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफीमा नवीन थापा, स्पट व्यवस्थापनमा राहुल बज्राचार्य, ड्रोनमा अभि, मेकअपमा विनिता गुरुङ र लाइटमा हरि पौडेलले साथ दिएको उनले बताए…
पुरा पढौ