देश

कांग्रेस बैठक फेरि स्थगित,साझा एजेन्डामा सहमति खोजिदैं

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो । यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको… पुरा पढौ

माओवादी केन्द्रको सचिवालय बैठकमा जनार्दन अनुपस्थित

एकिकृत समाजबादीसँग पार्टी एकताको विपक्षमा रहेकामाओवादी केन्द्रका नेता जनार्दन शर्मा आज बसेको सचिवालय बैठकमा अनुपस्थित भएका छन् । शनिबार बसेको बैठकमा शर्माले समाजवादीसँगको एकता रोक्नुपर्ने लिखित प्रस्ताव पेस गरेर बैठकबाट बाहिरिएका थिए । सचिवालय बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मा बैठकमा नबसी बाहिरिएपछि अराजकताको संज्ञा दिएका थिए ।प्रवक्ता अग्निप्रसाद सापकोका अनुसार शर्मा आजको बैठकमा उपस्थित नै भएनन्।बैठकमा आन्तरिक संगठनात्मक विषयमा छलफल गरेको छ । सचिवालय बैठकमा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने निर्णय भएको पार्टी प्रवक्ता सापकोटाले बताए । “संयुक्त भेला,… पुरा पढौ

लोकतान्त्रिक जेनजी फोरम गठन

लोकतन्त्रप्रति आस्था राख्ने जेनजीहरुले लोकतान्त्रिक जेन्जी फोरम गठन गरेका छन् । आइतबार लोकतान्त्रिक विचारमा आस्था राख्ने युवाहरूको भेलाले सुरेन्द्र भण्डारीको संयोजकत्वमा फोरम गठन भएको हो। फोरमका सदस्यमा पोखराका लक्ष्मीप्रसाद पौडेल सहित पुजन चाम्लिङ राई इलाम, रिशा थापा ललितपुर, सरोज विष्ट ,अछाम, विशाल शाही हुम्ला, कुम्भराज सहकारी देउवा कालिकोट, जनक साउद दैलेख, महेन्द्र कुँवर, रमेश न्यौपाने दैलेख, सुनिता मल्ल मुगु, सतेन्द्र यादव, विनोद उपाध्याय धादिङ, निरञ्जन रोहिता धनुषा, रहेका छन्। राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, समावेशी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता,… पुरा पढौ

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंगलबार वर्षा र हिमपातको सम्भावना

देशका केही स्थानमा आउँदो मंगलबार वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त दिन बाँकी पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षारहिमपातको पूर्वानुमान छ । “कार्तिक १८ गते ९मंगलबार०को दिन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकोले आवश्यक… पुरा पढौ

पहिराले कागबेनी–कोरला सडक ३ दिनदेखि अवरुद्ध

मुस्ताङको कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए । उनका अनुसार ती स्थानमा सडक संरचना सहित वर्षाले सञ्चार सेवा समेत… पुरा पढौ

बसले अटोरिक्सालाई ठक्कर दिँदा धनुषामा एकै परिवारका तीन सहित चारको मृत्यु

यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा धनुषामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । रिक्सामा सवार अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ स्थित वीरेन्द्र बजारमा भएको उक्त दुर्घटनामा सोही नगरपालिका भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने… पुरा पढौ

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना

यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै तीन सय १६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका पाँच सय ५० घटना हुँदा… पुरा पढौ

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ । कोषमा औषधी… पुरा पढौ

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, मौसममा क्रमिक सुधार

बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।… पुरा पढौ

एमालेले गर्यो पोखरामा मोटरसाइकल र्‍याली

नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा मोटरसाइकल र्‍याली निकालेको छ । पोखरा सभागृहचोकबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।कोण सभामा बोल्दै एमाले नेता महेश बस्नेतले अध्यक्ष केपी ओलीलाई पुन अध्यक्ष बनाउने दाबी गरेका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुँदैछ । बस्नेतले नेतृत्व लिन चाहने नेतालाई होल्ड गर्न आग्रह गरे ।… पुरा पढौ