देश

म्याग्दीमा हेलिकप्टरबाट महिलाको उद्धार

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–६ मराङबाट आज प्रसूति ब्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर पुगेकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको छ । गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि निःशुल्क हवाई उद्धार गर्दै आएको छ । रासस पुरा पढौ

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता हुनुपर्ने संयोजक प्रचण्डको जोड

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन निरन्तर प्रयास जारी रहेको बताउँदै देशभक्त शक्तिहरूका बीच एकता हुनुपर्नेमा जोड दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित सहिद प्रतिष्ठान नेपालको साधारण सभामा उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए । सहिद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै चाँडोभन्दा चाँडो शान्ति प्रक्रियासम्बन्धी सबै… पुरा पढौ

गीतकार आर्जु विष्ट सम्मानित,प्रतिष्ठानको अध्यक्षमा अनुराग

शिशिर उजाडपोखरा गीतकार एवं संचारकर्मि आर्जु विष्ट ‘सल्यानी’ पोखरामा सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर शनिबार यस वर्षको गीतकार सम्मान प्रदान गरेको हो । कार्यक्रममा साहित्यकार सरुभक्त, विम्वकवि रमेश श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष शितल गिरी र कवि सरस्वती श्रेष्ठले नगद ५ हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरे । सल्यानको खलङ्गामा जन्मेका गीतकार विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् । ‘सागर’ र ‘झ्याम्म… पुरा पढौ

जेनजी आन्दोलनले संविधानलाई झन् बलियो बनाउँछ ः रक्षा बम

नेपाल जेन–जी फ्रन्टका संयोजक रक्षा बमले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गरिने बताएकी छन् । बिभिन्न समुहका राजनीतिक एजेण्डालाई संस्थागत गरी एकताबद्ध हुनका लागि फ्रन्ट गठन भएको उनले स्पष्ट पारिन् ।काठमाण्डौंमा एक संचार माध्यमसँगको कुराकानीमा संयोजक बमले संविधानलाई कमजोर पार्न नभई झन् बलियो बनाउन जेनजी आन्दोलन भएको बताउँदै,आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदलाई न्याय दिने कुरा मुख्य प्राथमिकतामा रहने दाबी गरिन् । फ्रन्टको मुख्य काम आगामी फागुन २१ को निर्वाचनलाई निष्पक्ष बनाउने मै केन्द्रित रहने भन्दै, निर्वाचनमा सहभागिताका बिषयमा भने… पुरा पढौ

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ । हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन । यस याममा दैनिक औसत ६० भन्दा हवाई उडान हुने गरिए पनि अहिले सबै ठप्प भएको उनले बताए । उनले भने,… पुरा पढौ

जोमसोम—कागबेनी सडक खुल्यो

निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाइमा सडक मर्मत गरेर उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन् । अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ । स्थानीय प्रशासनले कागबेनी—छुसाङ सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । रासस पुरा पढौ

शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा

मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२।४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ । शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा… पुरा पढौ

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले… पुरा पढौ

एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् । एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए। उनले भने,“हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पु¥याएका छौँ । करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन् ।” भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए । अध्यक्ष… पुरा पढौ

सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । छापाखाना र प्रकाशनसम्बन्धी ९दोस्रो संशोधन० नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल राजपत्रमा प्रकाशित भएको छ । विभागले आजै सूचना प्रकाशित गरेर अनलाइन सञ्चारमाध्यम सञ्चालनसम्बन्धी दर्ता र नवीकरण सुरु भएको जनाएको छ । विभागका महानिर्देशक उदयबहादुर राना मगरले छापाखाना र… पुरा पढौ