देश

एभरेस्ट एफएमको बृहद रक्तदान कार्यक्रम मंसिर ६ गते हुने

पोखरा, कात्तिक १८ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा मंसिर पहिलो हप्ता रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा आगामी मंसिर ६ गते शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो । मिडिया हाउसले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसको निरन्तरता स्वरुप मिडिया हाउसले यस वर्ष मंसिर ६ गते शनिबार पोखरा–५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा रक्तदान कार्यक्रम… पुरा पढौ

चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न

पोेखराको नारायणस्थानमा संचालित चतुर्मास व्रत अनुष्ठान एवं अन्नकूट महोत्सव सम्पन्न भएको छ । श्री हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्रमा हरिशयनी एकादशीदेखि संचालन भएको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्ध महायोग ध्यान साधना कार्यक्रममा आध्यात्मिक साधना एवं रामार्चन पूजा र अन्नकूट महोत्सव विशेष आकर्षण बनेका थिए। उक्त महोत्सवमा भगवानलाई ५६ भोग लगाइएको थियो भने अन्नको पर्वत निर्माण गरी पूजा पश्चात प्रसादको रुपमा बाँडिएको थियो । यस व्रत अनुष्ठानले भक्तजनहरूमा आध्यात्मिक चेतना, भक्ति भावना र सदाचारप्रति निष्ठा जागरण गराएको आयोजक समितिले… पुरा पढौ

प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नु

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिएकी हुन्।वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ ।“भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा… पुरा पढौ

सरकारको संवैधानिक परीक्षण हुनुपर्छ: एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे ।महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे । उनले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप समेत लगाए । निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उनले… पुरा पढौ

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ। भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो। शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए। प्रदेश जनस्वास्थ्य कार्यालय,भानु नगरपालिका स्वास्थ्य शाखा,रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताए । उनले भने, “शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो। औषधि उपचारपश्चात् हाल उनलाई सन्चो भएको छ।” यसअघि… पुरा पढौ

कास्कीमा भैपरी खर्च लिने ‘जेनजी’आन्दोलनका घाइतेको सङ्ख्या न्यून

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च लिन आउन सार्वजनिक रुपमा सूचित गरेको थियो । गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए । “आइतबारसम्म आठ जनालाई घाइते परिचयपत्र रु २०… पुरा पढौ

पार्टी पुनर्गठन गर्न कानुनी अड्चन

माओवादी केन्द्र र एकीकृत समाजवादीका असन्तुष्ट नेतालाई पार्टी पुनर्गठन गर्न कानुनी अड्चन देखिएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष सोही पार्टी पुनर्गठन गर्ने भन्दै गृहकार्यमा जुटिरहेका छन् भने माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने भन्दै माओवादी केन्द्रलाई पुनर्गठन गर्ने पक्षमा देखिएका छन् । दुवै पक्षलाई पार्टी पुनर्गठन गर्न कानुनी अड्चन रहेको छ । एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था… पुरा पढौ

पोखरामा रक्तदान, २६ युनिट रगत संकलन

दलित एकता सञ्जाल नेपाल,कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले गरेको रक्तदानमा २६ युनिट रगत संकलन भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुनारले विभिन्न संघ संस्थाले गर्ने यस्ता खालका रक्तदान कार्यक्रमले गर्दा रगत अभावमा छटपटाइरहेका विरामीलाई बचाउन सकिएको उल्लेख गरे ।नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले विभन्न समयमा हुने रक्त दानका कारण पोखरामा रगत अभाव… पुरा पढौ

स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् । निरीक्षणका लागि पुगेका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गरे । त्यस क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिएका थिए । संघका गतिविधि बारे बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले जानकारी दिए। निरीक्षण पछि मन्त्री पाठकले स्वास्थ्य मन्त्रालय, नेपाल परिवार नियोजन संघ कास्कीसँग सहकार्य गर्न… पुरा पढौ

एमालेमा फर्कन नेता झलनाथ खनालले राखे चार वटा सर्त

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफु एमालेमा फर्कन तयार रहेको बताएका छन् । उनले आफूलाई एमालेप्रति माया रहेको र सो पार्टीमा आफ्नो पनि ठुलो योगदान रहेको बताए । नेता खनालले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दे बर्तमान नेतृत्वमा सुस्थिर चिन्तन नरहेको भन्दै,एमाले फर्कन चार वटा वैचारिक सर्त अगाडी सारेका छन् । काठमाण्डौंमा संचारकर्मिसँग कुराकानी गर्दै, उनले आफुले सारेका चारवटा आधारभूत वैचारिक सर्तहरू पुरा भए एमालेमा फर्कन कुनै समस्या नरहेको स्पष्ट पारे । नेता खनालले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने,समाजवादी… पुरा पढौ