देश

गृहमन्त्री अर्यालले गरे राष्ट्रपतिको निजी निवास निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिएका छन्। त्यस अवसरमा मन्त्री अर्यालसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो । उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेका थिए। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको… पुरा पढौ

नेपाली कांग्रेसको संस्थापन समूहको भेला जारी

नेपाली कांग्रेसको संस्थापन समूहको भेला काठमाण्डौंमा जारी छ। काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा जारी संस्थापन समूहका केन्द्रीय समितिको भेलामा कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले महाधिबेशनका विषयमा छलफल गरिरहेका छन् ।उक्त समूहले पार्टीको १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ। भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । केन्द्रीय सदस्य भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा… पुरा पढौ

बसाइँसराइले म्याग्दीमा घटे मतदाता

म्याग्दीमा पछिल्लो तीन वर्षको अवधिमा मतदाताको सङ्ख्या घटेको छ । विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता सङ्ख्या घटेको हो । ४१ हजार १७४ जना पुरुष, ४३ हजार ३४५ महिला र एक जना अन्य… पुरा पढौ

गोपाल किराँतीको मोर्चा पनि एकतामा समावेश

गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा पनि माओवादी-समाजवादी एकतामा समावेश भएको छ । सहमति पत्रमा सोमबार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष किराँतीले हस्ताक्षर गरेका छन्। नेपाली राजनीतिक परिस्थितिलाई स्थायित्व र सही दिशातर्फ लैजानका लागि उनीहरूबिच समाजवादी ध्रुवीकरण र वैचारिक रूपान्तरणमार्फत नयाँ एकता अभियान सुरु गर्ने सहमति भएको हो।सहमति पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’ पत्रमा हालको राजनीतिक अवस्थालाई… पुरा पढौ

राष्ट्रपति पौडेल कतार प्रस्थान, कतारका राजासँग भेटवार्ता हुने

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गरे । सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिलगायत… पुरा पढौ

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ… पुरा पढौ

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण… पुरा पढौ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै तनहुँको ‘छाब्दीबाराही’

तनहुँको व्यास नगरपालिका १४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । यहाँ वार्षिक छ(सात लाख भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए।सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ । मन्दिरको गत वर्ष पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । कोषका अध्यक्ष थापाका अनुसार गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीबाराही विकास कोषको… पुरा पढौ

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक,भन्सार सेवा प्रभावित

बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने कागबेनी–छुसाङ नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक… पुरा पढौ

गोरखाको मनास्लु पदमार्गमा आवातजावत खुला

उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । “जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो”, उहाँले भन्नुभयो, “पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण… पुरा पढौ