देश

यमपञ्चक अन्तर्गत आज कुनै कर्म छैन ः पञ्चाङ्ग निर्णायक विकास समिति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज तिहार अन्तर्गत कुनै कर्म नरहेको जनाएको छ । विशेषगरी यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथिको घटबढले एक दिन बढेर छ दिन भएकाले शास्त्र अनुसार आज कुनै कर्म नभएको बताईएको छ । जस अनुसार गएको एक गते शनिवार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइएको छ । तर त्रयोदशी तिथिमै गरिने कागपूजा भने आइतवार गरियो । त्यसैगरी हिजो सोमवार बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा गरिएको छ ।घरका साथै व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको… पुरा पढौ

पोखरामा फूलको थुंगा र मालाको मूल्यमा मनपरी : महानगरले तोकेको भन्दा दोब्बर

सन्देश श्रेष्ठपोखरा, कात्तिक ४ पोखरामा फुलको थुंगा र मालाको मूल्य व्यवसायीले मनपरी लिएका छन् । पोखरा महानगरपालिकाले फुलको थुंगा र मालाको मूल्य तोके पनि अनुगमन नहुँदा व्यवसायीले मनपरी मूल्य लिइरहेका हुन् । पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाको मात्रै होईन फूलको केजीको मूल्य पनि तोकेको छ । महानगरले यस वर्षको तिहारका लागि फूलको थुंगाको मूल्य ३ फरक दर कायम गरेको छ । जसमा १५ देखि २० ग्रामसम्मको फूलको थुंगाको मूल्य प्रति थुंगा ५ रुपैयाँ, १० देखि १५ ग्राम सम्मको थुंगालाई… पुरा पढौ

फ्रान्सेली पर्यटकलाई भजन किर्तन सहित स्वागत

फ्रान्सबाट पोखरा आएका पर्यटकलाई पर्यटकीय गाउँ कुरेचौरमा स्वागत गरिएको छ। प्लास्टिक मुक्त वातावरण सरसफाई कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई पोखरा १६, कुरेचौरका स्थानीयबासीले भजन कीर्तन सहित स्वागत गरेका हुन्।कुरेचौर घर भई फ्रान्समा व्यवसाय गर्दै आएका राधाकृष्ण आचार्यको नेतृत्वमा आएको टोलीले त्यस क्षेत्रको अवलोकन गरी, वातावरणीय सरसफाईका बारेमा भईरहेका गतिविधिको जानकारी लिएको सफाई अभियन्ता श्यामसुन्दर आचार्यले जानकारी दिए। युवा व्यवसायी राधाकृष्ण आचार्यले आफ्नो जन्मभूमिमा भएको विकास निर्माण र वातावरणीय सरसफाईको प्रगतिप्रति खुसी व्यक्त गरे । फ्रान्सेली टोलीले सो अवसरमा आर्थिक सहयोग… पुरा पढौ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन् । असोजमा बेनी–जोमसोम सडकमार्ग… पुरा पढौ

पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर, गाउँ भने सुनसान जस्तै

शिशिर उजाडपोखरा तिहार भित्रिएपछि पोखराका मुख्य बजारमा देउँसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा काग तिहारको दिन देखि नै भैलो खेल्न थालेका छन् । कास्की प्रशासनले राती १० बजे पछि देउँसी भैलो खेल्न रोक लगाए पछि दिउँसो देखि नै बिभिन्न समुहको नाँच गानले बजार गुञ्जने गरेको छ । ससाना बालबालिका पनि पाँच सात जनाको समुह बनाएर पसल पसलमा पुगी देउँसी भट्याएर रमाईलो गरिरहेको देखिन्छ । परम्परा, सँस्कृति र इतिहास झल्कने गरी नृत्य सहितको देउँसी भैलो कमै… पुरा पढौ

‘बैंक लुटेर बुलेट बाइक’

कात्तिक ३ जेनजी आन्दोलनमा लुटेको पैसाले एक युवाले बुलेट बाईक खरिद गरेको खुलासा भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको तोडफोड र आगजनीको मौकामा भएको लुटपाटमा संलग्न दोलखाका दीपक श्रेष्ठले लुटेको पैसाले बुलेट बाईक खरिद गरेको पाइएको हो । घटनापछि समातिएका उनले आफूले लुटेर लगेको पैसामा केहि थपेर बुलेट बाईक खरिद गरेको वयानमा स्वीकारेको काठमाडौं प्रहरीले जनाएको छ । उनले बैंकबाट २ लाख ५० हजार क्यास र साथमा ३ थान… पुरा पढौ

सहारा क्लवले देउसी भैलोको सट्टा च्यारिटी डिनर नाईट कार्यक्रम गर्ने

पोखरा, कात्तिक ३ सहारा क्लब पोखराले यस वर्ष देउसी भैलो कार्यक्रम नगर्ने भएको छ । क्लवले पोखरा–१७, दोबिल्लामा संचालन गरिरहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ नेपालीको दोस्रो ठूलो चाँड तिहारको अवसरमा वर्षेनी गर्दै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नगर्ने भएको हो । बरु क्लवले देउसी भैलो कार्यक्रमको सट्टा यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने जनाएको छ । क्लवले पहिलो पटक नया कन्सेप्टमा गर्न लागेको च्यारिटी डिनर नाईट कार्यक्रम यही कात्तिक १४ गते शुक्रबार गर्न लागेको… पुरा पढौ

सुन-चाँदीको मुल्य सामान्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार? हेर्नुहोस

नेपाली बजारमा आज सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो । यसैगरि, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

तिहारको तेस्रो दिन: नरक चतुर्दशी, कुकुर तिहार

तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउछन। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने… पुरा पढौ

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो । बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा… पुरा पढौ