देश

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि दुलालको काग सम्मेलन

काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’गरेका छन् । टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए । दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्नुहुन्छ । उनीसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला… पुरा पढौ

धवलागिरी चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक भेटिए

म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरी चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक भेटिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक २४ घण्टापछि शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा पुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा… पुरा पढौ

पुष्पलाल मध्यपहाडी राजमार्गको १ सहित, ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल ९मध्यपहाडी० राजमार्ग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, जनकपुर, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिबार एक रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो । सडक डिभिजन कार्यालय जनकपुरले २१, काठमाडौँले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले… पुरा पढौ

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए । “गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन… पुरा पढौ

राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्दैनः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसँग संवाद नगरी निर्वाचनको वातावरण बन्न नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा उनले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताएका हुन् । “जेनजी भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज छन्, तर त्यसका नाममा हिंसा मच्चाउने तत्वले गरेका अराजक… पुरा पढौ

पोखराको ड्यामसाइडमा कार्तिक २ गते दीपावली सांगीतिक साँझ हुने

पोखरा १७ ड्यामसाईडमा आइतबार नवौँ संस्करणको दीपावली सांगीतिक साँझ २०८२ हुने भएको छ । ड्यामसाईड क्लवको आयोजनामा काग तिहारको दिन बिगतका वर्षहरुमा झै यस वर्ष पनि दीपावली सांगितिक साँझ हुन लागेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताए । आइतबार साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम राती साढे ९ः०० बजेसम्म सञ्चालन हुने उनले जनाए। संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउऔं भन्ने मूल नारासहित कार्यक्रम गर्न लागिएको हो । खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले फुटवल खेललाई प्रमुख… पुरा पढौ

सयपत्री फूलखेतीमा रमाइरहेका पोखरेली युवा

पोखरा महानगरपालिका–३३ भरतपोखरीको बागमाराका युवा युवराज आचार्यले विगत सात वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आएका छन् । उनले यस वर्ष पनि करिब पाँच रोपनी क्षेत्रफलमा तिहारका लागि सयपत्री फूल लगाएका छन् । यतिखेर बारीमा ढकमक्क फूल फूलेका छन् । आचार्यले तिहारका लागि कर्मा ५५५ जातको सयपत्री फूल लगाएका हुन् । उनले सुरुमा एक रोपनी क्षेत्रफलबाट फूलखेती सुरु गरे पनि यसबीचमा सात रोपनी क्षेत्रफलसम्म फूल लगाएको अनुभव सुनाए । पाँच रोपनी क्षेत्रफलमा फूलको खेती गर्दा करिब रु एक लाख लगानी भएको… पुरा पढौ

नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँः मन्त्री घिसिङ

सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । शनिबार कोषका कामकारबाहीबारे जानकारी लिँदै उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ—मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए । “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादन जस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको… पुरा पढौ

भुरुङ–तातोपानी कुण्ड,‘रिफ्रेस सेन्टर’को रूपमा विकास

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको तीन दिने पदयात्रा सकेर फर्किएकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरेपछि पदयात्राको थकान मेटिएको अनुभव सुनाईन् । “यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो”, उनले भनिन, “थकित शरीरमा तातोपानी नुहाएपछि स्फुर्ति आयो… पुरा पढौ

तिहार बिदामा भाइटीकाको दिन बाहेक बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ । रासस पुरा पढौ