देश

आज देशभरको मौसम मुख्यतया सफा रहने

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । रासस पुरा पढौ

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं… पुरा पढौ

सरकारको पुरै ध्यान निर्वाचनको तयारीमा केन्द्रित छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले बर्तमान सरकारको ध्यान आगामी फागुन २१ मा हुने निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफु नेतृत्वको सरकार निर्माण भएको स्पष्ट पार्दै सरकारको पुरै ध्यान स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गराउनेमा केन्द्रित रहेको बताईन् ।जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्रीको पद स्वीकार गरेको भन्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी हुन् । अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूको लागि विश्वव्यापी… पुरा पढौ

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या बढ्दो

पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिईन् । बिहीबार मात्रै एक हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरेको उनले बताईन् । पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय बनाइएको छ । हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ । यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, भेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक… पुरा पढौ

जेनजी नेता मिराज ढुंगानाद्वारा पार्टी खोल्ने घोषणा

पोखरा, असोज ३१ जेनजी नेता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । जेनजी आन्दोलनका लागि अनुमति माग्ने ढुंगानाले नया पार्टी खोल्ने घोषणा गरेका हुन् । ढुंगानाले शुक्रबार विहान सामाजिक सञ्जाल फेसवुकमा भिडिओ पोस्ट गर्दै ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएकोले जेनजीको माग, उनीहरुको सपना पूरा गर्न पनि राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएकाले त्यसको जिम्मेवारी बोधसहित पार्टी खोज्न लागेको उनले प्रष्टिकरण दिएका छन् । तर पार्टी… पुरा पढौ

पोखरामा पनि मनाईयो प्रहरी दिवस,प्रहरी स्मारकमा पुष्पहार तथा पुष्प गुच्छा अर्पण

गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा ७० औं प्रहरी दिवस आज पोखरामा मनाईएको छ । ‘नागरिक प्रहरी सहकार्य– सुरक्षाको लागि अपरिहार्य’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो । प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेश कुमार आचार्यले पुरस्कार तथा प्रशंसा पत्र वितरण गरे। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, जेनजी विद्रोहलाई शङ्काका रूपमा हेर्नु हुँदैनः केन्द्रीय सदस्य पौडेल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ। पार्टी कार्यालय सानेपामा गत असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राखिरहेका छन् ।बैठकमा कांग्रेसका नेता वीरबहादुर बलायरले महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेर भनेका थिए भन्दै प्रश्न गरेका छन् । पार्टीका सुदूरपश्चिम प्रदेश सभापति बलायरले एजेन्डा प्रस्तुत गर्दा मङ्सिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै कसले रोकेको छ भनेर प्रश्न उठाएका हुन् । उनले मङ्सिरमा महाधिवेशन गर्न महामन्त्री थापालाई कसले रोक्यो भन्दै… पुरा पढौ

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन् । आज काठमाण्डौंमा आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका हुन् । गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार… पुरा पढौ

एमाले केन्द्रीय कमिटी बैठक जारी,अध्यक्ष ओलीले राजिनामा दिनुपर्छ– गैरे

नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक आज पनि जारी छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राखेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लग्न नहुने बताएकी छिन् । उनले एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन नमिल्ने बताएकी छन् । तिमल्सेनाले… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डको थप शुल्क लगाउने व्यवस्था स्थगित

स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ। बोर्डले बिहीबार निर्णय गर्दै विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अर्को सूचना नभएसम्म यो व्यवस्था कार्यान्वयन नगर्न दर्ता सहयोगी र दर्ता अधिकारीलाई निर्देशन दिएको छ। यसअघि बोर्डले भदौ ११ सुचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले असोज मसान्तसम्म बीमालेखा नवीकरण नगरेमा थप शुल्क लाग्ने उल्लेख गरेको थियो । सुचनाअनुसार म्याद कटेको तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकमको १० प्रतिशत, ६ महिनाभित्र… पुरा पढौ