देश

तालचोक–बेगनास सडकः तेस्रोपटक पनि म्याद थप

निर्माणमा ढिलाइ भइरहेको तालचोक–बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका २७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्षभित्रमा सक्नेगरी विसं २०७९ असारमा सम्झौता भएको थियो । आगामी असारभित्र काम सक्नेगरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । “तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ”, उनले भने, “अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ… पुरा पढौ

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताएका छन् । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरुको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकोले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट गरे । विद्यालयहरुले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको पनि बताए । “तोकिएको… पुरा पढौ

बैशाख २८ मा संघीय संसद्लाई राष्ट्रपतिले सम्बोधन गर्ने, १५ जना अवैतनिक दूत पदमुक्त

सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख २८ गते सोमबार अपराह्न ४ः०० बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि सङ्घीय संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ । त्यसैगरी, अन्तरराष्ट्रिय… पुरा पढौ

पर्यटकीय गुरुङ सम्पदा पदमार्गमा थपिँदै पूर्वाधार

पर्यटकीय गुरुङ सम्पदा पदमार्गमा पूर्वाधार थपेर त्यसलाई यात्रा पर्यटनको आकर्षक गन्तव्य बनाइने भएको छ । उक्त पदमार्ग कास्कीको मादी गाउँपालिकाका सिक्लेस, ताङतिङका साथै लम्जुङ जिल्लाका घनपोखरा लगायतका गन्तव्यबाट मनाङको तिमाङसम्म जोडिन्छ । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको सक्रियतामा यसको प्रवद्र्धनसँगै पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यस अघि चरणगत रुपमा स्थलगत अध्ययन अनुसन्धानपछि सो पदमार्गको औपचारिक घोषणा गरिएको थियो । प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको… पुरा पढौ

कांग्रेस प्रवक्ता चालिसेद्वारा सदस्यता नवीकरण, जरा अभियानमा सहभागी हुन आग्रह

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यता नवीकरण गरेका छन् । पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तर्गत प्रवक्ता चालिसेले शुक्रबार गृह जिल्ला कास्की आई आफ्नो वडा ईकाई समिति पोखरा महानगरपालिका वडा नं ८ मा पुगेर क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गरेका हुन् । वडामा सदस्यता अद्यावधिक कार्यक्रमको औपचारिक सुरुवात गर्दै प्रवक्ता चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउन यो अभियान सञ्चालन गरिएको जानकारी दिए । ‘पार्टीलाई प्रविधिमैत्री बनाउँदै सबै कार्यपद्धतीलाई डिजिटलाईज्ड गर्न आवश्यक छ । समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक… पुरा पढौ

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–सङ्कलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुनबमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ । सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटोलगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, ओसारपसार तथा बिक्रीवितरणलगायत कार्य गैरकानुनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रचलित कानुन, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी नीतिबमोजिम विकास निर्माण कार्यमा नदीजन्य… पुरा पढौ

गण्डकीलाई बाल विवाहमुक्त प्रदेश बनाउन सरोकारवालाले जनाए प्रतिबद्धता

सन्देश श्रेष्ठपोखरा, बैशाख २४ गण्डकी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा पोखरामा विहीबार आयोजित ‘बाल अधिकारको संरक्षण र संवद्र्धनका लागि विद्यमान कानुनी व्यवस्था, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना–२०८२ को कार्यान्वयनमा सरोकारवालाको भूमिका‘ विषयक अन्र्तक्रियात्मक छलफल कार्यक्रमले गण्डकी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउने प्रतिबद्धतासहितको घोषणा पत्र जारी गरेको हो । घोषणा पत्रमा गण्डकी… पुरा पढौ

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । विमानास्थल निर्माणको भन्सार छुटमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले कार्कीसहित तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप… पुरा पढौ

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताएका छन् । विभिन्न समयमा भएका जनआन्दोलन तथा सङ्घर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने उनले विश्वास व्यक्त गरे । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरे। उनले भने, “हाम्रो… पुरा पढौ

वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड दीनानाथ बराललाई प्रदान गरिने

पोखरा, बैशाख २४ खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्षको वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष पत्रकार दीनानाथ बराललाई प्रदान गर्ने भएको छ । मञ्चले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड-२०८२ बराललाई प्रदान गर्ने जानकारी गराएको हो । वर्षभरीमा खेल सम्बन्धि गरेको रिपोर्टिङलाई आधार बनाएर बराललाई अवार्ड प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष एमबी आस्थाले जानकारी दिए । विगत दुई दशक भन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्व अध्यक्ष हुन् भने उनी रेडियो नेपाल,… पुरा पढौ