देश

पोखरा-दुबईको हवाई भाडा काठमाडौंभन्दा ५ हजार सस्तो, अझै घटाउन व्यवसायीको सुझाव

सन्देश श्रेष्ठपोखरा, भदौ २३ पोखरा–दुबई उडान हुने समय नजिकिदो छ । फ्लाई दुबईले २३ सेप्टेम्बर अर्थात असोज ७ गतेदेखि पोखरा–दुबई उडान शुरु गर्दैछ । पर्यटनको राजधानी पोखराबाट नियमित अन्र्तराष्ट्रिय फ्लाईटको प्रतिक्षा भइरहँदा हुने यो रुट दीगो हुने अपेक्षा पोखरेलीको छ । त्यसैले पोखरेलीहरु चाहन्छन् कि यो रुट सस्तो भईदेओस् । पोखरेलीको चाहना अनुसार नै फ्लाई दुबईले पोखरा–दुबई फ्लाईटको फेयर सस्तो बनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न फ्लाई दुबईले यस रुटमा काठमाडौंभन्दा फेयर सस्तो हुने फ्लाई दुबईका नेपालस्थित… पुरा पढौ

लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग चर्कियो, विशेष नगरसभा बोलाउन एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षर

लेखनाथ, २३ भदौ ।लेखनाथ नगरपालिका पुनर्स्थापनाको मागसहितको अभियानले गति लिएको छ। साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरूले विशेष नगरसभा बैठक बोलाउन औपचारिक प्रक्रिया अघि बढाएका छन्।पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेल र वडा नम्बर २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अगुवाइमा महानगरपालिकाका एक तिहाइ जनप्रतिनिधिको हस्ताक्षरसहित विशेष नगरसभा बैठक बोलाउन माग गर्दै महानगर प्रमुख धनराज आचार्यसमक्ष पत्र बुझाइएको हो।विशेष नगरसभा बोलाई लेखनाथ नगरपालिका पुनर्स्थापनाको प्रस्ताव नगरसभाबाट पारित गरी सम्बन्धित निकायमार्फत केन्द्र सरकारसमक्ष पठाउनुपर्ने माग… पुरा पढौ

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहानसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो ।अहिले नौ वटा वाणिज्य बैङ्कमा रु आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको… पुरा पढौ

एन प्याब्सन कास्कीको नवनिर्वाचित समितिको पदस्थापन

नेसनल प्याब्सन कास्कीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुको मंगलबार पदस्थापन गरिएको छ । निर्वाचन समितिले सम्पन्न नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई लाई पदस्थापन गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सचिव तथा निर्वाचन समितिका सदस्य राम थापा, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, कास्कीका निर्वतमान अध्यक्ष हेमन्त अधिकारीले अविर खादा र प्रशंशा पत्र प्रदान गरेका थिए । कार्यक्रमममा बोल्दै नेसनल प्याब्सनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष याम खड्काले एन प्याब्सनको गरिमालाई उचाईमा पु¥याउन नयाँ समिति कटिवद्ध भएर लाग्ने… पुरा पढौ

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या,हवाई यात्रुको चाप बढ्दो

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा जाने पर्यटक बस सोही राजमार्ग भएर आवतजावत गर्ने गरेकोमा विगत १४ दिनदेखि काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीमा रोकिएका छन् । पर्यटक बस एसोसियसन अफ नेपालका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पर्यटक बस आवतजावतमा समस्या परेको बताए । “राजधानी प्रवेश… पुरा पढौ

नव आदर्शको राहत सामाग्री रसुवाका बाढी प्रभावितलाई

पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले भोटेकोशी बाढी प्रभावितका लागि राहत सामाग्री रसुवा पठाएको छ । गत भदौं १० गते भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावित भएका नागरिकका लागि समाजले संकलन गरेको राहत सामाग्री सोमबार रसुवा पठाईएको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए । भदौ १६ देखि १८ गतेसम्म संकलन गरिएको करिब १२ लाख ५० हजार बराबरको सामाग्री कर्मा फ्लाईट्ससँगको समन्वयमा रसुवाको बाढी प्रभावित क्षेत्रमा पठाईएको अध्यक्ष भण्डारीले बताए । तीन दिनको बिचमा संकलित खाद्यान्न, लत्ता कपडा,भाडाँवर्तनसहित ४०… पुरा पढौ

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।… पुरा पढौ

नवजीवन महिला विकास संस्थाको तीजको दर खाने रकम रसुवा बाढी पीडितलाई

नवजीवन महिला विकास संस्थाले तीजको दर खाने कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रु. ५० हजार रसुवाका बाढी पीडित परिवारका लागि सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विपत्तिको कठिन समयमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय सेवामा सहयोग पुर्‍याउने उद्देश्यले तीजको दर कार्यक्रम स्थगित गरी सो रकम बाढी पीडितका लागि सहयोग गरेको संस्थाले जनाएको छ। नवजीवन महिला विकास संस्थाकी अध्यक्ष सीमा पोखरेलले विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय जिम्मेवारी भएको बताए। संस्थाले आफ्नो तर्फबाट… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा ईतिहास रच्दै शोभा गौतम बनिन् पहिलो महिला अध्यक्ष

सन्देश श्रेष्ठपोखरा, भदौ २२ पोखरा उद्योग वाणिज्य संघले ईतिहासमै पहिलो महिला अध्यक्ष पाएको छ । संघको सोमबार साँझ सम्पन्न ३६ औं महाधिवेशनले निवर्तमान महासचिव शोभा गौतमलाई अध्यक्षमा निर्वाचित गर्दै संघको ७२ वर्षे ईतिहासमा पहिलो महिला अध्यक्ष बनाएको हो । गौतम अन्य ३ पुरुष प्रतिष्पर्धीलाई पन्छाउँदै अध्यक्षमा निर्वाचित भईन् । कुल २ हजार २ सय ७९ मत खसेकोमा निर्वाचित गौतमले ७ सय ५१ म्त प्राप्त गरिन् । पराजित अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले… पुरा पढौ

एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध

नेसनल प्याब्सन, कास्कीको अध्यक्षमा मनकाजी गुरुङ निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल… पुरा पढौ