देश

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ । गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताए ।… पुरा पढौ

अमालीबिसौंनीको पितृ उद्धार परिसरमा वृक्षरोपण

पोखरा १६ र १९ अमालीबिसौंनीस्थित आवासिय पितृ उद्धार भवन परिसरमा वृक्षरोपण गरिएको छ । संरक्षण आमा समुह र अमलीबिसौंनी धोविनी पाटन टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा केरा, निवारो,डुम्री,धुपी, पाखुरी, पारिजातलगायतका बिभिन्न प्रजातिका ५० भन्दा बढी विरुवा रोपिएको हो । पितृ उद्धार क्षेत्रलाई वातावरणिय दृष्टिकोणले हरियाली बनाउन र क्रियाकर्मका लागि आवश्यक पर्ने फुल तथा पातका लागि पनि वृक्षरोपण गरिएको टोल विकास संस्थाका सल्लाहकार होमबहादुर खड्काले जानकारी दिए । टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापाले आमा समुहका अध्यक्ष पार्वती बस्नेतलाई विरुवा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमले उम्मेदवारी दिने

पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमले उम्मेदवारी घोषणा गरेकी छन् । संघकी वर्तमान महासचिव गौतमले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी हुन् । संघको महाधिवेशन आगामी भदौ २० र २१ गते हुँदैछ । संघको ३६औ ंमहाधिवेशनमा अध्यक्षमा उठ्ने गौतमले विहीबार घोषणा गरिन् । हालसम्म महिला अध्यक्ष नभएको संघमा गौतमलाई अध्यक्ष भएर ईतिहास रच्ने मौका छ । वर्तमान महासचिव गौतम संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिव बनेकी हुन् । उनले यसअघि देखि नै अध्यक्ष उठ्ने बताउँदै आएकी… पुरा पढौ

पोउवा संघको ३६ औं महाधिवेशन भदौ तेस्रो साता

पोखरा, २५ असार । पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ ।पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो निर्णय गरेको हो । बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाविधेशनको प्रस्ताव गरेका थिए । अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिइन ।पोखराको निजी क्षेत्रको छाता संस्था तथा… पुरा पढौ

गण्डकीमा गाजा खेतीले पायो मान्यता, गाजाको व्यवसायीक खेती गर्न पाईने

सन्देश श्रेष्ठपोखरा, असार २५ गण्डकी प्रदेशमा गाजा खेतीले वैधानिकता पाएको छ । अवैध मानिदै आएको गाजा खेतीलाई गण्डकी प्रदेशले कानूनी मान्यता दिएको हो । तर औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि मात्रै गाजाखेती गर्न पाईनेछ । गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक २०८३’ पारित गरेसँगै गाजाखेती गर्न कानूनी बाटो खुलेको हो । सभाको बैठकमा विहीबार प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले गाजा खेतीलाई मान्यता दिने प्रस्ताव गरेकी… पुरा पढौ

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध छः सरकारका प्रवक्ता पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुनेगरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठन भएको एक सय दिनमा भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणामको सारांश प्रस्तुत गर्दै उनले यस अवधिमा भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यतामा आधारित नियुक्ति तथा ‘डिजिटल’ सेवा प्रवाहमा ठोस परिणाम हासिल भएको जानकारी दिए ।मन्त्री पोखरेलले गत भदौको जेनजी आन्दोलनबाट अभिव्यक्त सुशासन र शासकीय रूपान्तरणको आकाङ्क्क्षालाई… पुरा पढौ

कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापामगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यो वर्ष उक्त पुरस्कारबाट पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । समितिका सदस्यहरुमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आलेमगर,अधिवक्ता मनोज घर्तीमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर तथा संघका सचिव बलबहादुर रोकामगर थिए । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ… पुरा पढौ

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण– व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए । प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका कामलाई निर्धारित समयमाल सम्पन्न गर्न सबै पक्षको सक्रिय… पुरा पढौ

४० दिनदेखि संसदमा विपक्षीको निरन्तर विरोध,सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन् । बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिएका थिए । त्यस क्रममा नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले स्पष्ट जवाफ… पुरा पढौ

तनहुँ ‘बर्डफ्लु’ को जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह

तनहुँ जिल्ला ‘बर्डफ्लु’ को जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जिल्लाभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको आवतजावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक, पन्छी व्यवसायी, उपभोक्ता तथा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सावधानी अपनाउन कार्यालय प्रमुख रविनसन अधिकारीले अनुरोध गरेका हुन् । अण्डा राख्ने पुराना क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका सवारीसाधनलाई निसङ्क्रमण गर्न, कागलगायत जङ्गली पन्छीसँग घरपालुवा पन्छी वा तिनको दाना सम्पर्कमा आउन नदिन, दाना ओसारपसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर… पुरा पढौ