देश

सन्तानेश्वरमा जारी महायज्ञमा १ करोड ६० लाख संकलन

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि जारी श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको छैटौँ दिन सोमबार करिब ७ लाख रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए।उनका अनुसार महायज्ञ सुरु हुनुअघि नै मन्दिर पुनःनिर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो। महायज्ञ सुरु भएपछि भक्तजन तथा दानवीरको सहभागिता र सहयोग निरन्तर बढिरहेको आयोजकले जनाएको छ।देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपद्का कारण महायज्ञको प्रारम्भिक दिनमा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : महासचिवमा प्रधानाङ्गको जित सुनिश्चित

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको जित सुनिश्चित भएको छ । आईतबार मतदान भई सोमबार भइरहेको मतगणना अन्तिम चरणमा पुग्दा प्रधानाङ्गले १ हजार ८० मत ल्याएर जित सुनिश्चित गरेका हुन् । ढुंगानाले ९ सय १४ मत प्राप्त गरेका छन् । दुई हजार मतगणना सकिएकाले अब १ सय ८ मत मात्रै गणना बाँकी छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : कोषाध्यक्षमा प्रजुको जित सुनिश्चित

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा देवेन्द्र प्रज (देवेन्सन)को जित सुनिश्चित भएको छ । आईतबार मतदान भई सोमबार भएको मतगणनामा प्रजुले प्रतिष्पर्धी जीवनप्रकाश श्रेष्ठलाई झण्डै दोब्बर मतले पछि पार्दै कोषाध्यक्षमा जित सुनिश्चित गरेका हुन् । जित सुनिश्चित गरेका प्रजुले १ हजार २ सय ८२ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी जीवनप्रकाश श्रेष्ठले ६ सय ८५ मत प्राप्त गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ । पुरा पढौ

वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारीलाई गण्डकी प्रज्ञा साहित्य सम्मान-२०८३

गण्डकी प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार ८चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणि’लाई गण्डकी प्रज्ञा साहित्य सम्मान-२०८३’ अर्पण गरेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै प्रतिष्ठानले नगद रु २५,००० (पच्चीस हजार) सहित सम्मान अर्पण गरेको हो। स्वास्थ्य अवस्था कमजोर रहेका अधिकारीलाई उनकै निवास तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका–४, जफदीमा पुगेर सम्मान अर्पण गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । स्रष्टा अधिकारीको सम्मानमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपाने, सदस्य–सचिव मनकुमार श्रेष्ठ, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, आदिकवि… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : उप-महासचिवमा प्रदीपको जित सुनिश्चित

पोखरा उद्योग वाणिज्य संघको उप-महासचिव पदमा प्रदीप राजभण्डारीको जित सुनिश्चित भएको छ । आईतबार सम्पन्न मतदानको आज भइरहेको मतगणनामा उप-महासचिव पदमा प्रदीप राजभण्डारी दोब्बर मतले अगाडि छन् र अब मतगणना गर्न थोरै मात्र बाँकी छ । २ हजार मत गणना सकिदा प्रदीपले १ हजार २४ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका छन् । उनलाई यादवप्रसाद पोखरेलले ५ सय ७७ र रामचन्द्र तिमिल्सिनाले ३ सय ८७ मत ल्याएर पछ्याईरहेका छन् । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ : १५ सय मत गणना गर्दा कसको कति ?

पोखरा, भदौ २२ पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी छ । आईतबार सम्पन्न मतदानको आज मतगणना भइरहेको हो । शुरुमा खुल्ला सदस्यहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जस अन्तर्गत १ हजार ५ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्मको मत गणनामा दुर्गा बरालले १ हजार २ सय ५५, अमृत पोखरेलले १ हजार २ सय ५१, निर्मला चापागाईंले १ हजार १ सय ४३, भानुभक्त अधिकारीले १ हजार ६२ र गोविन्दबहादुर… पुरा पढौ

रोटरी क्लब अफ पोखरा न्यूरोडद्वारा त्रिशूली बाढीपीडितलाई राहत सहयोग प्रदान

भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई रोटरी क्लब अफ पोखरा न्यूरोडले राहत वितरण गरेको छ । पिडित परिवारको पीडामा साथ दिने उद्देश्यले क्लबले रोटरियन सदस्य तथा परिवारलाई सहयोग संकलन गर्न आव्हान गरेको थियो । त्यसबाट संकलित रकमबाट सामान खरिद गरेर नुवाकोटको त्रिशूली बजारका १०० जना बाढी प्रभावित परिवारका लागि आवश्यक आधारभूत खाद्यान्न, जिन्सी र लत्ता कपडा वितरण गरिएको अध्यक्ष रोटेरियन राजकुमार गुरुङले जानकारी दिए । रोटेरियनहरूको टोली शनिबार प्रभावित क्षेत्रमा पुगेर उक्त राहत सामग्री पीडित परिवारलाई प्रत्यक्ष हस्तान्तरण गरेको थियो। परियोजना… पुरा पढौ

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः चयन भएका छन् । संघको सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत स्पमा चयन गरेको हो । संघको उपाध्यक्षमा अनन्तराज पौडेल, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विशाल पौडेल र सहसचिवमा अर्जन अधिकारी चयन भए। सदस्यहरूमा विष्णुप्रसाद भण्डारी, राजकुमार पौडेल, महेश्वर आचार्य र विश्वास अधिकारी चयन भएको निर्वाचन समितिको संयोजक सुशीलकुमार वाग्लेले जानकारी दिए । यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी, ५ सय मत गणना हुँदा यस प्रकार छ अग्रता

पोखरा, भदौ २२ पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी छ । आईतबार सम्पन्न मतदानको आज मतगणना भइरहेको हो । शुरुमा खुल्ला सदस्यहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जस अन्तर्गत ५ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्मको मत गण्नामा दुर्गा बरालले ४१७, अमृत पोखरेलले ४०९, निर्मला चापागाईंले ३७४, रामेश्वर अधिकारीले ३४८ र भानुभक्त अधिकारीले ३४७ मत प्राप्त गरेर अग्रता लिएका छन् । त्यस्तै, गोविन्दबहादुर जिसीले ३४५, कमलबहादुर सुनार ३४२,… पुरा पढौ

रसुवा बाढीः एक हजार ३५५ को मृत्यु,उद्धार तथा राहतका लागि २१ हजार बढी सुरक्षाकर्मी परिचालन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिईन् । उनले भनिन्, “बाढीमा परी करिब चार… पुरा पढौ