देश

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष कान्डाको भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग आज एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाहले विदेशी प्रतिनिधिसँग एक्लै भेट गरेको यो नै पहिलो पटक हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबारमात्र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए । सोमबार नै नेपाल सरकार र… पुरा पढौ

सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, चार जिल्लामा अझै बाँकी

देशका बिभिन्न ७ जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको छ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आए पनि अझै ४ जिल्लामा भने नियन्त्रणमा आउन सकेको छैन । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता… पुरा पढौ

एसईईको पुरक परीक्षामा ६४ दशमलव ६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको ग्रेडवृद्धि पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ। बोर्डले दिएको जानकारी अनुसार एसईईको पुरक परीक्षामा सहभागी १ लाख २९ हजार ११४ जना परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।जुन कुल सहभागीको ६४दशमलव ६९ प्रतिशत हो। बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो। परीक्षा सकिएको १४ दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो। २०८२ सालको एसईई परीक्षामा २ विषयसम्म अनुत्तीर्ण विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए। सबैभन्दा धेरै ५१ हजार ४३८… पुरा पढौ

पोखरा-दुबई उडानलाई दीगो बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरदेखि नीजि क्षेत्रसम्मले सघाउने

सन्देश श्रेष्ठपोखरा, असार २२ पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र नीजि क्षेत्रको साथ खोजेको छ । सेप्टेम्बर २३ (असोज ७) गतेदेखि पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने भन्दै टिकट बुकिङ खुल्ला गरेको फ्लाई दुबईले यसलाई दीगो बनाउन तीन तहको सरकारसँगै नीजि क्षेत्रको पनि साथ खोजेको हो । फ्लाई दुबईले उडान शुरु गर्ने निश्चित भए पनि यसको निरन्तरताबारे चासो र चिन्ता शुरु भएको छ । यसअघि पोखराबाट छेन्दु र सिचुआन तथा भुटानको थिम्पु उडान शुरु भए पनि नियमित हुन सकेन… पुरा पढौ

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित समितिद्वारा कास्कीमा छलफल सुरु

सरकारले सुरु गरेको स्थानीय तहका वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणका विषयमा कास्कीमा छलफल सुरु भएको छ । पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले सोमबार छलफल गरेको हो ।छलफलमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिका र वडाका सन्दर्भमा नेपाल सरकारले प्रदान गरेको भुमिकालाई प्रभावकारी रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफल सुरु गरिएको भन्दै कास्कीका पाँच पालिका सहित समाजका अगुवा राजनीतिक दल ,सामाजिक संघ संस्था र आम सर्बसाधारणको सुझाव समेटेर समिति अगाडी… पुरा पढौ

जग्गा प्राप्तिका लागि करिब १२ लाख भूमिहीन र सुकुमवासीहरुको निवेदन

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिईन् । उनले भनिन् “सरकारले बर्दियाबाट लालपुर्जा दिन थालनी गरिसकेको छ । यस काममा बजेटको अभाव हुँदैन ।” भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमिसुधार र उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका… पुरा पढौ

पदयात्रा पर्यटनका समस्या समाधानका लागि सरकारलाई टान गण्डकीको ८ बुँदे ध्यानाकर्षण

पोखरा, असार २१ – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान र दिगो पर्यटन प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल(गनेस) समक्ष आठ बुँदे सुझाव पेश गरेको छ।टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मन्त्री पौडेललाई बुझाएको ध्यानाकर्षणपत्रमा पर्यटन नीति तथा कानुन सुधार, पदमार्ग संरक्षण, अवैध ट्रेकिङ नियन्त्रण, नेपाल पर्यटन बोर्डमा संस्थागत सुधार, नयाँ पदमार्गको खोजी तथा पूर्वाधार विकास, दोहोरो शुल्क अन्त्य, प्रशासनिक सरलीकरण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।ध्यानाकर्षणपत्रमा पर्यटन विधेयक–२०८२… पुरा पढौ

फ्लाइ दुबईको पोखरा–दुबई उडानका निम्ति-२०७७ मार्चसम्मकोे टिकट बुकिङ खुला

पोखरा,२१ असार । पोखराबाट दुबई उडानको घोषणा गरेको फ्लाइ दुबईले लामो उडान तालिका सार्वजनिक गरेको छ । सुरुमा भदौ ७ गतेदेखि एक महिनाको लागिमात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ को माच २६ सम्मकै बुकिङ खुला गर्दै उडान दीर्घकालीन बनाउने छनक दिएको हो । फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम सुरु भएको बताए ।‘हप्तामा ४ उडानबाट सुरु भएको काठमाडौं–दुबई उडान अहिले दिनमै ४ वटामा आएको छ,’उनले भने,‘हामी पोखरामा पनि तीतो… पुरा पढौ

ल्हा म्हेन्दो तामाङ समाज लण्डनको अध्यक्षमा विशाल स्याङ्बो तामाङ

लण्डन, बेलायत। ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेलाले विशाल स्याङ्बो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाले समाजलाई एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिअन्तर्गत शाखाका रूपमा आबद्ध गराउने ऐतिहासिक निर्णयसमेत गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सूरज स्याङ्बो र सूरज ग्लान, कोषाध्यक्षमा बिपना पुन तामाङ तथा सदस्यमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ चयन भएका छन्। समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा सम्पन्न भेलामा लण्डन बरो अफ हाउन्स्लोका… पुरा पढौ

गृह मन्त्रालयको प्रतिबद्धतापछि, सुस्तावासीको काठमाडौँ केन्द्रित आन्दोलन स्थगित

करिब एक सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका सुस्ताबासीले आन्दोलन स्थगित गरेका छन् । सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर घरफर्किएका हुन् । काठमाडौंमा धर्ना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्ता पुगेको आन्दोलनका संयोजक बाबु खाँले जानकारी दिए । उनका अनुसार गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिहरूको विवरण तयार गर्ने तथा… पुरा पढौ