देश

ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड

पोखरा, २६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा स्पोर्टस् अवार्डका अवसरमा ओलम्पियन टीकाबहादुर बोगटीलाई ‘लाइफटाइम अचिभ्मेन्ट अवार्ड’बाट सम्मानित गर्ने भएको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याए बापत यो सम्मान पाउन लागेका हुन् । गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा छन्।त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह–सचिव बिकी गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन्।त्यस्तै, सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र… पुरा पढौ

नेपाली सिनेमा र कन्टेन्ट क्रिएसनबीचको बहस ः क्यारेक्टर र व्यावसायिकतामा जोड

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ गाउँमा भएको सिनेमा संवादमा ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा केन्द्रित रहेर गहन छलफल गरिएको छ । संवादको अन्तिम सत्रका रुपमा भएको छलफलमा कन्टेन्ट क्रियटर इस्टु कार्की र महेश भण्डारीसँग चलचित्र पत्रकार सन्ध्या थापाले भलाकुसारी गरेकी थिइन् । छलफलको सुरुमै इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रुपमा हेर्न नहुने तर्क गरिन् । उनले भनीन्, ‘मुभी पनि आफैँमा एउटा कन्टेन्ट नै हो, यो अलि लामो… पुरा पढौ

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट

मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक चार हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन् भने… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे मनास्लुको फेदीमा, जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण

मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती मनाइएको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा अवस्थित आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको अवसरमा हीरक जयन्ती मनाइएको हो । चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोएसन टान लगायत संस्थाको सहआयोजनामा आज हीरक जयन्ती मनाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्घाटन गर्दै यो पर्यटन प्रवर्द्धनमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको बताए । सो अवसरमा मनास्लुको प्रथम… पुरा पढौ

रेडक्रसद्वारा महेन्द्र माविलाई त्रिपाल हस्तान्तरण

नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा–१९ ले महेन्द्र मावि घार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले ३ थान पाल हस्तान्तरण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति रमेश विश्वकर्मा, रेडक्रस अभियन्ता श्यामसुन्दर आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने, निमित्त प्रधानाध्यापक नन्दराज दाहाल र निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेललाई सो सामाग्री हस्तान्तरण गरे । सभापति विश्वकर्माले रेडक्रस मानविय सेवाका क्षेत्रमा केन्द्रित रहेको बताउँदै, विद्यालयको आवश्यकता अनुसार सहयोग गरिएको बताए । व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने प्रशिक्षण सुरु,कार्यक्रममा केही सांसद अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीले जनप्रतिनिधिहरूलाई आजदेखि दोस्रो चरणको प्रशिक्षण सुरु गरेको छ । शनिबार स्टाफ कलेज जाउलाखेल ललितपुरमा प्रशिक्षण सुरु भएको हो ।बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ ।प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन् । कार्यक्रममा बोल्दै पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले कामको मूल्यांकन गर्न थालिसकेकाले त्यसतर्फ ध्यान दिन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै सबैले… पुरा पढौ

कास्कीको पर्यटकीय ल्वाङ गाउँमा सिनेमा संवाद सुरु

चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद सुरु भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले क्लाप गरी उद्घाटन गरिन् । कार्यक्रम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले सिनेमाले समाजको कथा भन्ने भएकाले समाज रुपान्तरण र चेतना परिवर्तनमा संवाहक भएर अघि बढ्नुपर्ने बताइन् । ‘सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो त आमसञ्चारको एउटा यस्तो सशक्त माध्यम हो, जसले बहुसंख्यक नागरिकलाई समाजको कथा भन्छ र ऐना देखाउँछ,’ उनले भनीन्, ‘हामी भन्ने गर्छौँ— कलाकार राज्यका गहना… पुरा पढौ

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । “ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्र्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्यरूपमा… पुरा पढौ

यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन बैशाख २७ गतेदेखि पोखरामा हुँदै

सन्देश श्रेष्ठपोखरा, बैशाख २५ पोखरामा बैशाख अन्तिम साता देशभरीका यातायात व्यवसायी भेला हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला हुने भएका हुन् । महाधिवेशन यहि बैशाख २७ गतेदेखि २९ गतेसम्म हुने शुक्रबार महासंघले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखरा ईभेन्ट सेन्टरमा हुने महाधिवेशनमा देशका ७७ जिल्लाका २ हजार व्यवसायी सहभागी हुने महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकरी दिए । उनले भने,‘यात्रुबाहक तथा मालबाहक सवारी साधनका… पुरा पढौ