देश

रसुवा बाढी पीडितलाई जोन्टा क्लवको १ लाख ५० हजार राहत

पोखरा, २४ भदौ ।रसुवा भोटेकोशी बाढीपीडितको सहयोगार्थ जोन्टा क्लब अफ पोखराले १ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको उक्त बराबरको रकमको भौचर जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाएको छ ।क्लबका अध्यक्ष नेलिसा ठकुरी नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले सहायक प्रमुख जिल्ला अधिकारीलाई भौचर हस्तान्तरण गरिएको क्लबका सचिव बन्दना कार्की केसीले बताइन् । सो अवसरमा क्लब उपाध्यक्ष सिर्जना भट्टराई, सचिव बन्दना कार्की केसी, कोषाध्यक्ष श्रीविद्या कायस्थसमेतको उपस्थिति थियो । क्लबले अर्को चरणमा… पुरा पढौ

तीज मेला स्थगित गरेर टेवानले दियो रसुवा बाढी पीडितलाई १ लाख १ हजार १ सय ११

पोखरा, २४ भदौ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले भोटेकाशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ । भदौ १४ मा आयोजना गर्ने भनिएको तीजको दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले बताइन् । टेवानले तीजकै अवसरमा हरेक वर्ष बाराहीघाटमा आयोजना गर्दै आएको तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला यस वर्ष स्थगित गर्ने निर्णय गरेको छ । ‘यस्तो परिस्थितिमा मेला आयोजना गर्न… पुरा पढौ

होटल संघ पोखरासहित विभिन्न होटलद्वारा रसुवा बाढी पीडितलाई २९ लाख ३५ हजार सहयोग

पोखरा, २४ भदौ । होटल संघ पोखरा नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम प्रदान गरेको छ । संघका तर्फबाट दुई लाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार आठ सय ३३ रुपैयाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई प्रदान गरिएको थियो । सो अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो । संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा… पुरा पढौ

किम्रुङखोलाको पहिरो सामान्य, पानीको बहाव सामान्य अवस्थामा फर्कियो

सन्देश श्रेष्ठपोखरा, भदौ २४ मंगलबार साँझ कास्कीको किम्रुङखोला थुनियो भन्ने हल्ला फैलियो । स्थानियको हवाला दिदै उच्च बाढी सतर्कता प्रणालीले एक सूचना जारी गर्दै अन्नपूर्ण गाउँपालिका वडा नम्बर–११ स्थित किम्रुङखोला थुनिएको हल्ला फैलिएको हो । उच्च बाढी सतर्कता प्रणालीले नै किम्रुङखोला थुनिएको भन्दै सो खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रहसहितको ‘हाईअलर्ट’ सूचना जारी ग¥यो । त्यसलाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वतदेखि अन्नपूर्ण गाउँपालिकालगायतले सेयर गरे ।… पुरा पढौ

आँटिघर पैँगीलामा चेलीबेटीद्वारा रसुवा बाढीपीडितलाई १ लाख ८५ हजार सहयोग

पोखरा,भदौ २४पोखरा महानगरपालिका वडा नं २० आँटिघरमा जन्म भइ हाल पोखरामा बसोबास गर्ने आटिघर पैँगीलामा चेलीबेटी परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १ लाख ८४ हजार ८ सय ६० रुपैयाँ सहयोग गरेको छ ।परिवारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाकी अध्यक्ष शान्ता गुरुङले जानकारी दिइन्। उनका अनुसार संस्थाको कोषबाट ५५ हजार ५ सय ५५ रुपैयाँ तथा विभिन्न सदस्यहरुबाट संकलित १ लाख २९ हजार ३ सय ५ रुपैयाँ गरी उक्त रकम सहयोग गरिएको हो।“हामी… पुरा पढौ

सन्तानेश्वरको महायज्ञमा २ करोड ५३ लाख संकलन, बिहीबार समापन हुँदै

पोखरा। पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा २ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको आठौँ दिन बुधबार मात्रै ४० लाख ७४ हजार रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।महायज्ञ बिहीबार दिउँसो ३ बजे समापन गर्ने तयारी गरिएको प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए। उनका अनुसार महायज्ञमा भक्तजन तथा दानवीरको उत्साहजनक सहभागिता र सहयोग निरन्तर बढिरहेको छ।बुधबार महायज्ञमा तालबाराही आरती सेवा समितिले आरती प्रस्तुत गरेको थियो भने आयोजकका तर्फबाट लाखबत्ती र लक्ष्यदीप… पुरा पढौ

सिटीवान पाँचौँ तीज गीत प्रतियोगिताको उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहलाई

पोखरा २४ भदौ।  सिटीवान टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ को उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको छ । हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा सहभागी सवै समूहलाई पछि पार्दै ऊर्जाशील दिदीबहिनी समूह प्रथम भएको हो । विजेता समूहले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहनशील दिदीबहिनी समूह द्वितीय, डियर वाक पोखरा स्कुल तृतीय तथा कमलजैशी आमा समूह सान्त्वना भएका छन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे… पुरा पढौ

आख्यान पुरस्कारका लागि तीन कृति छनोट

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि ३ वटा कृति छनोट भएका छन् । कविडाँडा साहित्य समाजले छनोट भएका आख्यान कृतिको नाम सार्वजनिक गरेको छ । समाजले दिएको जानकारी अनुसार क्षितिज सर्मपणको कृति ‘तोरकीन’, सीमा आभाषको ‘महायुग’ र नीलम कार्की निहारिकाको ‘राजमाता’ रहेका छन् । छनोट भएका मध्ये सर्वोत्कृष्ट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२ प्रदान गरिने अध्यक्ष एल.बी क्षेत्रीले जानकारी दिए । पुरस्कारको राशी २ लाख १६० रहेको छ । आगामी असोजको पहिलो साता सर्वोत्कृष्ट पुरस्कृत आख्यान कृतिको घोषणा गरिने… पुरा पढौ

किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा, जोखिम नरहेको दावी

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए । “हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिराका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल पनि गरेका थियौँ, कतै पहिरो गएको कारणले हो कि… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि बेगनासमा हुने तीज गीत प्रतियोगिता बाढी पीडितप्रति समर्पित हुने

पोखरा । पर्यटन प्रवर्द्धन तथा स्थानीय कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पोखरा पार्टी मिडिया प्रालिको आयोजनामा पोखराको बेगनासमा हुन लागेको खुला तीज गीत प्रतियोगिता रसुवा बाढी पीडितमा समर्पित हुने भएको छ । यहि भदौ २७ गते शनिबार पोखरा –३१ स्थित बेगनास वराह क्षेत्रमा हुन प्रतियोगिता बाढी पीडितप्रति समर्पित गरेर हुने भएको आयोजकले जनाएको छ । प्रतियोगिताको अध्यक्षता पोखरा पार्टी मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले गर्नेछन् भने कार्यक्रम संयोजकमा सिद्धान्त शाही ठकुरी रहेका छन्।बेगनास ताल वराह क्षेत्र विकास संस्थाको कार्यक्रम समन्वयमा… पुरा पढौ