देश

नारायणगढ–मुग्लिन सडक सञ्चालन

नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । आज बिहान सो सडकको विभिन्न ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक रोकिएको थियो भने अन्य ठाउँमा लेदो खसेर सडकको छेउमा थुप्रिएको थियो । ती ठाउँको पहिरो पन्छाएसँगै बिहान १०ः०० बजेपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ… पुरा पढौ

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै… पुरा पढौ

सांघाई अटो एक्स्पोमा सहभागी हुन गण्डकीका २२ सहित ३० जना मेकानिक जाँदै

सन्देश श्रेष्ठपाोखरा, साउन १७ चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको जम्बो टोली जाने भएको छ । चार दिनसम्म चल्ने एक्स्पोमा अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्न र त्यसको मर्मत सम्भार सम्बन्धी तालिम लिन पोखराका २२ जना सहित देशभरका ३० जना अटो मेकानिक्सहरु सोमबार त्यसतर्फ जाने लागेका हुन् । एपेस सोर्सिङ एण्ड म्याचिङ कन्फरेन्स–२०२६ को निमन्त्रणामा त्यहाँ हुने एक्स्पोको म्याचिङ सेसनमा सहभागी हुन नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा टोली जान लागेको हो । ८० देशका… पुरा पढौ

पोखराको अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई सरकारले प्राथामिकता दिएको छ: पर्यटन मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल गनेशले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सशक्त बनाउने प्रतिबद्धताजनाएका छन् । मन्त्रालय र पोखरा महानगरपालिकाबिच पर्यटन प्रवर्द्धनका बिषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखरालाई थप सशक्त पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्न सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको स्पष्ट पारे। उनले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको स्तर सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने उल्लेख गरे । साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका… पुरा पढौ

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन टोकियोमा सम्पन्न, नौ बुँदे घोषणापत्र जारी

नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६’ ले नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरणलगायत विषय घोषणा पत्रमा समेटिएका छन् । मा नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ । घोषणापत्रमा कृत्रिम बुद्धिमत्ता ९एआई० लगायतका आधुनिक प्रविधिसम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ । नेपाल(जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा महासङ्घ, जापान शाखाको आयोजना र महासङ्घका सबै वैदेशिक शाखा युरोप, युके,… पुरा पढौ

सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको बताएकी छन् । तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा उनले नेता अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभएको उल्लेख गर्दै उहाँको त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिन्। पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला दिनमा सुनसरीसहित पूर्वी तराईका केही जिल्लामा देखिएका तनाव र… पुरा पढौ

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिम पहिरोमा परी आरोहीहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत उक्त दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ । नेपाली… पुरा पढौ

नेपाली कांग्रेसमा युवा नेताद्वारा ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा

नेपाली कांग्रेसभित्र सक्रिय भएका दुई समुहलाई मिलाउन युवा नेताले सक्रियता बढाएका छन् । पार्टी नै विभाजनको डिलमा पुगेको भन्दै,सभापति गगन थापा र संस्थापनइतरलाई एकजुट बनाउने उद्देश्य स्वरुप उनीहरुले ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन् । आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी युवा नेताहरुले अभियान मार्फत पार्टी एकताका लागि दबाब दिने बताएका छ् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाईमा अभियानले यही साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्ने निर्णय गरेको जानकारी दिईएको छ । पार्टीभित्रको… पुरा पढौ

निम्स दाइको निधनमा विश्वभरबाट श्रद्धाञ्जली, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधनले देश मात्र होईन विदेश पनि शोकमा डुबेको छ । शुक्रबार गएको हिमपहिरोमा परि ६ जना नेपालीसहित १० जनाको ज्यान गएको थियो । जसमा विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोही निम्स दाइसहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्याल्जेन शेर्पाको निधन भएको थियो । उनीहरुको निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय क्षेत्रका समर्थकलाई शोकाकुल बनाएको छ ।प्रधानमन्त्री बालेन्द्र शाह,… पुरा पढौ

ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा-२७ को प्रथम साधारण सभा

पोखरा । ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाको कार्यालय अर्घौं घरेलुचौरमा अध्यक्ष राममणि भट्टराईको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले ज्येष्ठ नागरिक प्रेरणाका स्रोत भएकाले उनीहरुका अनुभव महत्वपूर्ण रहने वताए । स्वर्गीय हिरामणि सुवेदीको योगदान सम्झिदै ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा –२७ को भवन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका थिए । साधारणसभामा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष धु्रवबाबु… पुरा पढौ