देश

कास्कीमा असार एक गतेदेखि ढुंगा, गिट्टी बालुवा निकाल्न नपाईने, निकाले कारवाही गरिने

पोखरा, जेठ ७ कास्कीमा असार एक गतेबाट नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लागेको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले कास्कीका पाँचवटै पालिकामा असार एक गतेदेखि ३ महिनाका लागि नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो । ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड–२०७७ को दफा ९ बमोजिम कास्कीमा जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति गठन छ । जसको संयोजक जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेल छन् ।… पुरा पढौ

महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्याम प्रसाद भण्डारीले बिहीबार आर्थिक वर्ष २०८१–८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेस गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताए । उनले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड दिँदै बेरुजु बढ्नु सुशासनका लागि चुनौती रहेको उल्लेख गरे । ‘आर्थिक अनुशासन कायम गर्न राज्यका तीनै तह जिम्मेवार… पुरा पढौ

कास्की मोर्डनाइज्ड एकेडेमीमा नव आगन्तुकलाई स्वागत

पोखराको चाउथेमा रहेको कास्की मोडेनाइज्ड एकेडेमीले नव आगन्तुक विद्यार्थी तथा नव नियुक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान गरेको छ । दुइ दिनसम्म संचालन भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य राम बहादुर मोचीले विद्यालयलाई शैक्षिक ल्याबको रुपमा परिभाषित गर्दै, यहाँबाट धेरै क्षेत्रका धेरै कुरा सिक्न र शिक्षकले सिकाएर नतिजा निकाल्न सक्ने बताए । उनले आफ्नो शैक्षिक योजना ठुलो भएकोले त्यसलाई सम्पन्न गर्न सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले विद्यार्थीलाई आवश्यक हरेक कुराको व्यवस्थापन गरिएको र यदी… पुरा पढौ

गोरखाकी पूर्णिमा छैटौँ पटक सगरमाथा शिखरमा, तोडिन् आफ्नै किर्तिमान

सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमान तोडेकी छन् । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै श्रेष्ठले छैटौँ पटक सफलतापुर्वक सगरमाथा आरोहण गर्दै आफ्नै किर्तिमान तोड्ेकी हुन् । उनी बुधबार विश्वको सर्वोच्च सगरमाथा शिखरमा पुग्न सफल भएकी छन् ।श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिईन् । उनले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिईन् । आरोही श्रेष्ठले सन् २०२४ मे… पुरा पढौ

फेवातालमा डुबेर काहुँखोलाका एक युवकको मृत्यु

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी बुधबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको गोताखोरसहितको टोली परिचालित भएको थियो ।सशस्त्रको टोलीले रातभर खोजी कार्य जारी राखेको सो क्रममा आज बिहान गुरुङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

प्रधानमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङको सुझाव

प्रतिनिधिसभाको आजको बैठक सुरु हुना साथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरे । यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे । उनले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए । कर्तव्य पूरा नगरे… पुरा पढौ

पोखराकी स्मृति बि.कलाई झापामा स्वर्ण

पोखरा । पोखरेली चेली स्मृति बि.कले प्रथम झापा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ मा स्वर्ण पदक जित्न सफल भएकी छन्।गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी स्मृतिले महिला -४४ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण हात पारेकी प्रशिक्षक सुनबहादुर लामाले जानकारी दिए।पोखरा तेक्वान्दो डोजाङकी खेलाडी स्मृतिको यो उपलब्धिलाई गण्डकी प्रदेशको तेक्वान्दो क्षेत्रका लागि महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ । पुरा पढौ

दोस्रो गण्डकी लोकतारा जेठ ९ मा, विजेताले ५५ हजार पाउने

पोखरा । गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यसहित ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा ग्राण्ड फिनाले गर्ने तयारी गरेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका प्रतिस्पर्धी सहभागी हुने प्रतिष्ठानले जनाएको छ । लोकसंस्कृति, मौलिकता र लोकभाकाको संरक्षणसँगै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।… पुरा पढौ

अन्नपूर्ण म्याराथनको छैठौं संस्करण जेठ २० गते

सन्देश श्रेष्ठपोखरा, जेठ ६ कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैठौं संस्करण यहि जेठ तेस्रो साता हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हुने यो म्याराथन जेठ २० गते हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्लो हिमाल चढ्ने विश्व कीर्तिमान राखेको ७६ औं वर्षगाँठको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष तथा… पुरा पढौ

निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी क्याप्टेन र उप क्याप्टेन छानिएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरी भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी अग्रिम अधिकारी निर्वाचित भएका छन् । उनले ३ सय ३४ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्दी जियाना विकले २ सय ६५ मत प्राप्त गरिन् । त्यस्तै उप क्याप्टेनमा घडी चुनाव चिन्हका लियाना छन्त्यालले रिमा परियारलाई पराजित गरिन् । छन्त्यालले ३ सय ५९ मत प्राप्त गरिन् भने कम्प्युटर… पुरा पढौ