देश

आज जनआन्दोलन दिवस मनाइँदै

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना… पुरा पढौ

पोखरामा अन्तर विद्यालय व्याडमिन्टन प्रतियोगिता हुने

पोखरा,चैत २५ पोखरामा चैत २७ गतेदेखि अन्तर बिद्यालय स्तरीय व्याण्डमिन्टन प्रतियोगिता हुने भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा यही २७ चैतदेखि ३० गतेसम्म प्रथम बिलबहादुर मेमोरियल अन्तर विद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता गर्न लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । व्याडमिन्टन खेलको तल्लो तह (ग्रासरुट) बलियो बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा १६ वर्ष मुनिका बालबालिकाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा अन्डर–१६ र अन्डर–१९ दुबैतर्फ एकल छात्र÷छात्रा ईभेन्ट हुने बिल्स फाउण्डेसनका सचिव बरदान लामाले जानकारी दिए ।… पुरा पढौ

तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी एनी कुँवर पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। उनले भने, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”, रासस पुरा पढौ

ल्वाङ गाउँमा ३१ औं चैते दशैं मेला सुरु

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ऐतिहासिक ३१ औं चैते दशैं मेला सुरु भएको छ । ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नाराका साथ स्थानीय ग्रिन हिल क्लबको आयोजनामा सुरु मेलाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे । कार्यक्रममा उनले चिया खेतीका कारण मिनि इलामका रुपमा परिचित ल्वाङ गाउँमा आँर्फैमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए । युवा सकृयतामा विगत… पुरा पढौ

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको… पुरा पढौ

पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा-जोमसोम-हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ । पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन । हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा-जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् । राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ… पुरा पढौ

हेमजामा शुरु भयो आलु महोत्सव, ४० टनको आलुको पहाड मुख्य आकर्षण

पोखरा, चैत २४ पोखरामा आलु महोत्सव शुरु भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा आईतबारदेखि तेह्रौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ शुरु भएको हो । बैशाख ३ गतेसम्म आयोजना हुने महोत्सवको आईतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । ‘आलु एक, परिकार अनेक’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवको मुख्य आकर्षण आलुको पहाड बनेको छ । आलु गाउँको रुपमा परिचित हेमजामा आयोजित महोत्सव स्थलमा ४० टनको आलुको पहाड राखिएको छ । जहाँ आलु खरिद गर्नेसँगै दर्शकले आलुको… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट : पोखराविरुद्ध हेटौडाको सहज जित

पोखरा । केपि ओली कप राष्ट्रिय खुल्ला टि–२० पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पोखरा महानगर क्रिकेट कलब विरूद्धको खेलमा हेटौडा बिजयी बनेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले बिजयी बनेको हो । जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङजा संग पराजित भएको थियो । समुह ‘ए’को खेलमा पहिलो दिन एक खेल गुमाएको हेटौडा पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल… पुरा पढौ

पोखरा २० भलाममा छात्र/छात्रा ५ र ३ किमि दौड हुँदै

पोखरा । पोखरा महानगर पालिका वडा नं २० मा मासिकरसाप्ताहिक दौड अन्तर्गत विद्यालयस्तरीय छात्ररछात्रा ५ र ३ किमि दौड यहि चैत्र २९ गते शनिबार हुने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा उक्त दौड आयोजना हुन लागेको मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जानकारी दिएका हुन् । सो दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो । पोखरा महानगर पालिका भित्र रहेका ३३ वटै… पुरा पढौ

थाइल्याण्डको औपचारिक भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पु गेको छ ।… पुरा पढौ