देश

कुमुदिनी होम्समा प्रथम एस्.ई.ई. कप जारी

२७,चैत्रपोखरा ।पोखरा ४ गैह्रापाटनमा रहेको  विद्यालय कुमुदिनी होम्समा एस् ई ई दिएर बसेका विभिन्न जिल्लाका  विद्यालयका विद्यार्थीहरुबीच प्रथम एस ई ई कप २०८१ मङ्गलवारदेखि  जारी छ।बुधवार सम्पन्न  फुटसलमा अमरसिंह मा. वि., पञ्चमुनि मा. वि. (ए) तनहुँ , राष्ट्रिय मा.वि., कास्की मोडनाइज्ड, विन्ध्यवासिनी मा.वि. ( बाटुलेचौर), छोरेपाटन मा.वि., शान्तिदीप मा.वि., जनप्रकाश मा. वि. (बि), जनप्रिय, प्रतिभा, बालोदय, स्टेप वाइ स्टेप, बालकल्याण , महेन्द्र , अमरसिद्धि मा. वि., वोइस्ट पोइन्ट  मा. वि.( बेनी ), प्रगति (बि), अल्फा बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको… पुरा पढौ

पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

पोखरा, चैत २७ पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुग्ने ४ वटै टिमको बुधबार टुंगो लागेको हो । समूह चरणमा एक÷एक जितेका अमरसिंह मावि, भद्रकाली मावि, त्रिभूवन शान्ति मावि र वाराही मावि सेमीफाइनलमा प्रवेश गरेको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगिता अन्तर्गत अब विहीबार फाइनल प्रवेशका लागि… पुरा पढौ

पोखरा महानगर अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगितामा वाराही र त्रिभूवन माविको बिजयी शुरुवात

पोखरा, चैत २७ पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिता पोखरामा शुरु भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिता चैत २९ गते शुक्रबारसम्म जारी रहनेछ । प्रतियोगिताको पहिलो दिन वाराही मावि र त्रिभूवन माविले बिजयी शुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन माविले लक्ष्मी माविलाई सुपर ओभरमा पराजित गर्दै बिजयी यात्रा शुरु ग¥यो । लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा भएको प्रतिष्पर्धामा त्रिभूवन माविले सुपर ओभरमा ९ रन बनाएको थियो । जवाफी ब्याटिङमा लक्ष्मी माविले… पुरा पढौ

देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का… पुरा पढौ

नारायणगढ-बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ । आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्न पाइने छ । मालवाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा… पुरा पढौ

फिस्टेल एकेडेमीले पायो आधिकारिक रुपमा अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति

पोखरा, चैत २६ पोखरा–१७ विरौटामा रहेको फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति प्राप्त गरेको छ । नेपालको राजधानी काठमाडौं भ्याली बाहिर पहिलो आई.बी. वल्र्ड स्कुलका रुपमा स्थापित यस स्कुलले आधिकारिक रुपमा त्यसको मान्यता पाएको हो । जसले गर्दा फिस्टेल एकेडेमी आई. बी. वल्र्ड स्कुलका रूपमा स्थापित भएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । ‘यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको छ,उनले भने,यसले पोखरालाई नै अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न सफल भएको छ… पुरा पढौ

१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार बचत

पोखरा, चैत २६ १९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले गत फागुन ३ गते सम्पन्न गरेको पोखरा म्याराथनबाट सो रकम बचत भएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९े रुपैंया आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैंया ९३ पैसा खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो… पुरा पढौ

लेकसाईडमा सवा अर्बमा खुल्यो ‘टेम्पल बेल बुटिक होटेल एन्ड स्पा’

पोखरा, चैत २६ पोखरामा सवा अर्बको लागतमा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा एक अर्ब २५ करोडको लगानीमा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको हो । पोखराका स्थापित पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेलसहितको चिल्ली ग्रुपले सञ्चालनमा आएको यो होटलले हाल प्रारम्भिक (सफ्ट ओपनिङ) सेवा प्रारम्भ गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । बैशाखदेखि भने पूर्ण रुपमा सञ्चालनमा आउने सञ्चालकले जनाएका छन् ।… पुरा पढौ

नेताहरुलाई आफू बस्ने जेल तयार बनाएर राख्न राजेन्द्र लिङ्देनको चेतावनी

पोखरा, चैत २६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुलाई आफू बस्ने जेल तयार बनाएर राख्न चेतावनी दिएका छन् । राप्रपाले आज काठमाडौंमा राजतन्त्र र हिन्दू राज्य पुर्नस्थापनाको माग गर्दै आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने,‘तपाईंहरुले राजतन्त्र फालेर प्रजातन्त्र, लोकतन्त्रहुँदै गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनु भएको छ । तपाईंहरुले लुटतन्त्र चलाएको जनतालाई राम्रोसँग थाहा छ । त्यसको भागिदार तपाईंहरुलाई बनाएरै छाड्छौं । त्यसका लागि आफू बस्ने जेलपनि तयार गरेर राख्नुहोला ।’ अध्यक्ष लिङ्देनले राजालाई सम्मानपूर्वक राख्ने ब्यबस्था गर्नुपर्ने… पुरा पढौ

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा यही चैत २५ गतेसम्म बिमित हुनेको सङ्ख्या १२ लाख सात हजार १७२ पुगेको जानकारी दिइएको हो । कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खेरलले प्रदेशमा बिमित हुनेको सङ्ख्या सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आमसर्वसाधारणलाई बिमामा समेट्ने गरी प्रयास भइरहेको उल्लेख गरे ।… पुरा पढौ