देश

देशका अधिकांश भागमा आज मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली… पुरा पढौ

व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन आज स्याङ्जाको वालिङमा हुँदै

फागुन २९ पोखरा ।सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला) आज स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा आज ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । चेम्बर अफ कमर्स वालिङको आयोजना तथा ट्रिनिटी क्लव वालिङको सहकार्यमा हाल वालिङ बजारमा आयोजना भइरहेको प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने छन् ।नब्बेको दशकमा व्याण्डहरुको… पुरा पढौ

हिमाली र पहाडी जिल्लामा आपसी सद्भाव साटा–साटा गरि मनाइयो होली पर्व

फागुन २९ काठमाण्डौं । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो… पुरा पढौ

‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन भोलि स्याङ्जाको वालिङमा हुँदै

पोखरा, फागुन २९ सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रमको सेकेण्ड एडिसन (दोश्रो श्रृंखला)भोलि स्याङ्जाको वालिङमा हुँदैछ । पोखराको अपार सफलतापछि ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत स्याङ्जाको वालिङ बजारमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन हुन लागेको हो । चेम्बर अफ कमर्स वालिङ र ट्रिनिटी क्लव वालिङको संयुक्त आयोजनामा हाल वालिङ बजारमा आयोजना भइरहेको प्रथम पिङ्क सिटी महोत्सवको अवसरमा ‘व्याक टु नाइन्टिज’ अन्तर्गत पोखराका ६ वटा व्याण्डहरु गुञ्जिने छन् । नब्बेको दशकमा व्याण्डहरुको राजधानी… पुरा पढौ

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको… पुरा पढौ

सुन-चाँदीको मूल्य स्थिर, आज कतिमा भइरहेको छ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आज एक तोला चाँदी दुई हजार रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो । पुरा पढौ

आज फागु अर्थात होली पर्व मनाइँदै

आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ ।त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात… पुरा पढौ

पोखराबाट हुने भो चैत ५ गते पहिलो व्यवसायिक चार्टर्ड उडान, १० वटा चार्टर्ड फ्लाईट बुकिङ भइसकेको दाबी

पोखरा, फागुन २८ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ५ गते पोखरा–छेन्दु चार्टर्ड उडान हुने भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आगामी चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सो दिन बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर आएको सिचुवान एयरलाईन्सको विमान पोखरा विमानस्थल अवतरण हुनेछ । सोहि विमानबाट दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायीको टोली छेन्दु प्रस्थान गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ… पुरा पढौ

लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको… पुरा पढौ

नेपाल र भारत साफ च्याम्पियनसिपको एकै समूहमा

२७ काठमाण्डौं । भारतमा आयोजना हुने साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् । काठमाडौँको सोल्टी होटलमा आज आयोजित एक कार्यक्रम सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ । त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन । भारतको अञ्चल प्रदेशमा हुने उत्त प्रतियोगिता अगामी मे ९ देखि १८ तारिखसम्म हुने तय भएको छ ।… पुरा पढौ