देश

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमन सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू. एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।… पुरा पढौ

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’, मेयर आचार्य केही दिन अस्पतालमै रहने

पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन । अस्पतालमा दुई दिनदेखि उपचार गराइरहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । “दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ”,… पुरा पढौ

नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक

फागुन ४ काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ले नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नागरिकतासम्बन्धी समस्याको पीडाबाट नागरिकलाई मुक्ति दिन विधेयक ल्याइएको बताए । “महिलालाई समान अधिकार दिन जरुरी छ, बुबा नागरिकता लिन जाँदा आमाको खोजी नहुने, आमा नागरिकता लिन जाँदा बुबाको खोजी हुने अवस्थालाई समानता भन्न सकिँदैन”, मन्त्री लेखकले भने, “नागरिकता प्राप्तिमा कसैलाई पनि विभेद नहोस्, लैङ्गिक समानताको… पुरा पढौ

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

फागुन ४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिई सोही बमोजिम सबै काम अगाडि बढाइएको बताए । “देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्टार्टअप उद्यमलाई रु २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेको छ ।… पुरा पढौ

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

फागुन ४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुगेका हुन् । यसैबीच आजै पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपालले पनि उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुलाई अस्पतालका निर्देशक डा… पुरा पढौ

सगरमाथा स्कुलको वार्षिकोत्सवमा शिक्षक/शिक्षिकालाई दीर्घ सेवा सम्मान

पोखरा,४ फागुन पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ ।विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले दीप प्रज्वलन गरी उद्घाटन गरे । सो अवसरमा आचार्यले विद्यालयमा सैद्धान्तिकसँगै खोजमुलक र व्यावहारिक ज्ञान विद्यार्थीलाई दिनुपर्ने आवश्यकता औँल्याए । उनले शिक्षण सिकाईसँगै संस्कृतिको विकासमा समेत जोड दिए ।“खोज अनुसन्धान पाठ्यक्रमको मूल उद्धेश्य हो । शिक्षकले शिक्षण सिकाईमा विविधता ल्याउनु… पुरा पढौ

पसगाउँ महोत्सव फागुन १८ र १९ गते हुने

पोखरा, फागुन ४ लमजुङको पसगाउँमा फागुन तेश्रो साता पसगाउँ महोत्सव हुने भएको छ । लमजुङको क्होँलासोथर गाउँपालिका वडा नम्बर–६ मा पर्ने पसगाउँमा १५ औं संस्करणको पसगाउँ महोत्सव यहि फागुन १८ र १९ गते हुने भएको हो । महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । ग्रामीण पर्यटनको विस्तार गर्ने हेतुले २०६० सालदेखि हुँदै आएको महोत्सवलाई यस वर्षपनि निरन्तरता दिईन लागेको क्होँलासोथर गाउँपालिका अध्यक्षसमेत रहेका पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्यप्रसाद… पुरा पढौ

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ । आजको… पुरा पढौ

सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरुवात गरेको स्मरण गराउँदै आफूपछिका सरकारहरूले ती कार्यक्रमहरू रद्द गरेपछि निर्माण रोकिएको बताए । “सबै सडक र अस्पतालहरूको निर्माण सम्पन्न गर्न ठूलो बजेटको आवश्यकता पर्छ । ती… पुरा पढौ

दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

फागुन ३ पर्वत । जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छामा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बिहादी–१ कमेरेका ५० वर्षीय बलबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा जिपका चालक घाइते भएका छन् । उकालो सडकमा जिपले ‘ब्रेक’ नलागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ध १ च २८२ नंको जिप बागलुङको जैमिनीबाट कुश्मातर्फ फर्किने क्रममा बिहादी–१ बाच्छास्थित बाह्रबिसेमा दुर्घटना… पुरा पढौ