देश

गण्डकीमा मानव अधिकार उलंघनको घटनामा ५०४ जना पीडित : ईन्सेक

पोखरा, फागुन ८ गण्डकी प्रदेशमा सन् २०२४ मा मानव अधिकार उलंघनका घटनामा कुल ५ सय ४ जना पीडित भएका छन् । अनौपचारिक सेवा क्षेत्र ईन्सेक गण्डकी प्रदेशले मानव अधिकार घटना सम्बन्धी तयार पारेको प्रतिवेदनमा ४ सय २९ जना महिला र ७५ जना पुरुष गरेर कुल ५ सय ४ जना पीडित रहेको पाइएको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १ सय १२ जना कम हो । अघिल्लो वर्ष सन २०२३ मा मानव अधिकार उलंघनका घटनामा… पुरा पढौ

बेलुन पड्किदा घाईते भएका पोखराका मेयर आचार्य ५ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज

पोखरा, फागुन ८ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य ५ दिनको उपचारपछि विहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । यहि फागुन ३ गते शनिबार पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका समयमा हाईड्रोजन भरिएको बेलुन पड्किदा घाईते मेयर आचार्य विहीबार ५ दिनको उपचार पछि डिस्चार्ज भएका हुन् । मेयर आचार्यसँगै बेलुन पड्किदा घाईते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल भने सोमबार नै डिस्चार्ज भएका थिए । घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको हो । मेयर आचार्यको अनुहार र हातमा जलन… पुरा पढौ

प्रकृति लम्सालको अन्तिम संस्कार, हजुरबुवाले दिए दागबत्ती

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो । विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था… पुरा पढौ

‘प्रहरी मेरो दुस्मन भन्ने दिन नआओस्’

पोखरा, फागुन ७ पोखराका एक व्यवसायीले प्रहरीको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा सेदीका रामकुमार राईले बुधबार सेदीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रहरी नागरिकको साथी बन्न नसकेको बताए । प्रहरीले लेकसाईडका व्यवसायी र सेदीका व्यवसायीमाथि फरक व्यवहार गरिरहेको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरे । लेकसाईडमा मापसे चेकिङ नगर्ने तर सेदीमा दैनिक चेकिङ गरेर आतंकित पारेको भन्दै उनले भने,‘प्रहरीले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने हो । तर हामी सेदीका व्यवसायीमाथि विभेद गरिएको छ । ‘प्रहरी मेरो साथी’ भन्नुहुन्छ ।… पुरा पढौ

पोखराको सेदीमा प्रहरी विट स्थापना

पोखरा, फागुन ७ पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो । नवनिर्मित प्रहरी विटको बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भोलाबहादुर रावलले उद्घाटन गरे । सेदीको वाई.यु.के.सुपर मार्केटकै प्राङ्गणमा निर्माण गरिएको प्रहरी विटमा ६ जना प्रहरी रहने जनाइएको छ । करीब १६ लाखको लागतमा बनेको प्रहरी विटमा कार्यालय, भान्सा कोठा, सुत्ने कोठा, शौचालय र बाथरुमपनि रहेका… पुरा पढौ

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताएका छन । राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । “लोकतन्त्रको उज्यालोकै कारण आज डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेका हौँ, जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाउन सुरु गरेको छ”, प्रधानमन्त्रीले भने, “सन् २०३०… पुरा पढौ

आज प्रजातन्त्र दिवस मनाइँदै

आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ । प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ… पुरा पढौ

जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल

फागुन ७ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताए । “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ”, राष्ट्रपति पौडेलले शुभकामनामा भनेका… पुरा पढौ

भारतको उडिसा घटनाबारे शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

फागुन ६ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालय आज विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाइ अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत विश्वविद्यालय प्रशासनबाट त्यहाँ अध्ययनरत विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय भएको जनाएको हो । उक्त घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमका साथै औपचारिक जानकारी प्राप्त हुनासाथ… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला सुन रु एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन… पुरा पढौ