देश

पोखरा म्याराथनकोमा केन्याली धावकको बर्चस्व, महिलातर्फ सन्तोषी च्याम्पीयन

पोखरा, फागुन ३ पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२.१९५ किमि)तर्फ केन्याली धावकहरुले बर्चस्व जमाएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा शनिबार सम्पन्न १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावक हाबी भएका हुन् । फूल म्याराथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पीयन बने । २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गरेका उनले यसअघि केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको रेकर्ड तोडे । वाहोमले १८ औं संस्करणमा २ घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्ड राखेका थिए । यसपटकपनि सहभागि वाहोमले… पुरा पढौ

उपप्रधानमन्त्री र मेयरको शरिर ५–६ प्रतिशत जलेको अस्पतालको रिपोर्ट, स्वास नली र फोक्सोमापनि असर पर्नसक्ने सम्भावना

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य घाईते भएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किएर लाग्दा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् । उद्घाटनलाई भव्य बनाउन हाईड्रोजन भरिएको बेलुन उडाउने कार्यक्रम तय थियो । उद्घोषकले बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गरिदिन उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यलाई आग्रह गरे । पूर्व निर्धारित योजना अनुसार उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य बेलुन नजिक के… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई

पोखरा, फागुन ३ उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लवले आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले सर्बाधिक उपाधि बिजेता नेपाल प्रहरीको नेपाल पुलिस क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा पहिलो पटकको सहभागितामै उपाधि जितेर ब्ल्याक बुल्सले ईतिहास रच्न सफल भएको छ । बिजेता ब्ल्याक बुल्सले ट्रफीसहित नगद १२ लाख १ हजार जितेको छ । पराजित पुलिसले उपबिजेतामै चित्त बुझाउनुका साथै सातौं पटक उपाधि… पुरा पढौ

पोखराका मेयर धनराज आचार्यलाईपनि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाईते भएका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यलाईपनि थप उपचारका लागि काठमाडौं लगिएको छ । पोखराको गैह्रापाटनस्थित फिस्टेल हस्पिटलमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको मेयर आचार्यको सचिवालयले जनाएको छ । मेयर आचार्यको थप उपचार अब काठमाडौं किर्तीपुरस्थित बर्निङ हस्पिटलमा हुने मेयर आचार्यका प्रमुख स्वकीय सचिव पूर्ण लामाले जानकारी दिए । उनले भने,‘नियमित उडान नभएकाले हेलिकोप्टरबाट मेयरसाबलाई थप उपचारका लागि काठमाडौं लगियो ।’ पोखरा भ्रमण वर्ष घोषणा… पुरा पढौ

बेलुन पड्किएर घाईते भएका उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं बर्निङ हस्पिटल लगियो

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाईते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । नियमित उडान नभएकाले उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको उनले बताए । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किदा घाईते भएका थिए… पुरा पढौ

पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेबेला बेलुन् पड्किदा उपप्रधानमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाईते

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य घाईते भएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किएर लाग्दा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् । उद्घाटनलाई भव्य बनाउन बालिएको झिरपटाकाको झिल्कोले हावा भरिएको बेलुनलाई भेटेर बेलुनको झुप्पो एकैपटक आगोले पड्किएको हो । सो क्रममा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न बेलुन नजिकै पुगेका उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको गाला र हत्केलामा सामान्य पोलेको… पुरा पढौ

आजको मौसम: पाँच प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित… पुरा पढौ

वित्त आयोगको मूल्याङ्कनमा भरतपुर नै सर्बोत्कृस्ट

पोखरा, फागुन २ प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका नै सर्बोत्कृस्ट बनेको छ। पोखरा महानगर पाचौ बनेको छ । वित्त आयोगको मूल्याङ्कनमा पोखराले ५१.५ प्रतिशत अंक प्राप्त गरेको छ । ६ वटा महानगरपालिकामध्ये भरतपुरले ७६.२ प्रतिशत अंक प्राप्त गर्दै लगातार तेश्रो वर्षपनि सर्वोत्कृष्ट भएको हो । त्यस्तै, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत अंक ल्याएर दोश्रोहुँदा ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत अंक ल्याएर तेश्रो, काठमाण्डौ महानगरले ५४ दशमलव ३ प्रतिशत ल्याएर चौथो भएको छ । गत… पुरा पढौ

संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा र ललितपुर सर्वोत्कृष्ट

पोखरा, फागुन २ स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिजा० मा पोखरा महानगरपालिका र ललितपुर महानगरपालिका सर्वोत्कृष्ट बनेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा र ललितपुर महानगरपालिकाले समान प्रतिशत प्राप्त गर्दै देशका ७ वटा महानगरहरुमध्ये सर्वोत्कृष्ट बनेका हुन् । पोखरा र ललितपुर महानगरपालिकाले समान ९३।५ प्रतिशत अंकभार प्राप्त गरेका छन् । पोखरा महानगरपालिकाले शासकीय प्रवन्धमा १००, संगठन तथा प्रशासनमा ८७।५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स शनिबार भिड्दै, दुबैलाई ईतिहास रच्ने अवसर

पोखरा, फागुन २ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त भोलि शनिबार आयोजना हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं श्रृङ्लाको उपाधि भिडन्तमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो ईतिहास रच्ने अवसर हुनेछ । नेपाल पुलिस क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्बाधिक ६ पटकको उपाधि बिजेता हो । पुलिससँगै मनाङ… पुरा पढौ