देश

मच्छिन्द्र फुटबल क्लव आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा, माघ २३ पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा मच्छिन्द्र क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार मच्छिन्द्र क्लवले सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । बुधबारको जितसँगै मच्छिन्द्रले २०७८ सालको आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा व्यहोरेको हारको बदला एपीएफसँग लिन सफल भएको छ । बुधबारको जितसँगै मच्छिन्द्र क्लव प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब मच्छिन्द्रले सेमीफाइनल प्रवेशका लागि थ्रीस्टार क्लवसँग प्रतिष्पर्धा गर्नेछ… पुरा पढौ

नेप्सेमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को बिन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर ९० हजार सात सय ५२ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९५ करोड ८० लाख सात हजारको कारोबार भएको छ । आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको… पुरा पढौ

रवि लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालतमा उपस्थित भएका छन । उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएका हुन। लामिछाने अदालतमा उपस्थित भएसँगै उनको मुद्दा गोलाप्रथाबाट न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार ढकालको इजलासमा बयान सुरु गरिएको छ । अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुने उनले बताए । सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप पोखरामा शुरु, उद्घाटन खेलमा पुलिस बिजयी

पोखरा, माघ २२ पोखरामा आहा ! रारा पोखरा गोल्डकप शुरु भएको छ । सहरा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा मंगलबारदेखि आहा ! रारा पोखरा गोल्डकपको २४ औं श्रृङ्खला शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल प्रहरीको नेपाल पुलिस क्लव बिजयी भएको छ । पुलिसले आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । जितसँगै पुलिस आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।… पुरा पढौ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन । बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ का स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन। सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप… पुरा पढौ

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ लगाईदै

काठमाडौँ । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हदैँछ कारोबार ? हेर्नुहोस

स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ । यसैगरि, आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो । पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४१ अङ्कले बढेर दुई हजार ७३० को विन्दुमा कायम भएको हो । आज ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ शून्य दशमलव… पुरा पढौ

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए। “यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पु¥याउने गरी काम भइरहेको छ” उनले भने,“पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।” पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन। वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ । राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै… पुरा पढौ