देश

सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

सहारा क्लव पोखराका ६ जना खेलाडी ब्रिगेड ब्वाइज क्लवमा अनुबन्धित पोखरा, २८ माघ । सहाराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका हुन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाए ।यसैबीच, ब्रिगेड ब्वाइजले… पुरा पढौ

सर्वेश्वरको भाग्यशाली उपहार बिजेतालाई स्कुटर हस्तान्तरण

पोखरा, माघ २८ सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार बिजेताहरुलाई सोमबार उपहार हस्तान्तरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको सो समितिले नेपालीको महान चाँडहरु बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा तीन महिना लामो अवधी राखेर समितिले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार योजना गत माघ १९ गते शनिबार आयोजित साधारण सभाको अवसरमा खोलिएको थियो । समितिमा आवद्ध व्यवसायीहरुको होलसेल पसलबाट सामान खरिदमा निःशुल्क… पुरा पढौ

सुनको मूल्य नयाँ रेकर्ड नजिक, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ । जुन भन्सार दर घट्नुअघिको रेकर्ड मूल्य नजिक हो । महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको… पुरा पढौ

आज ३४ औँ अख्तियार स्थापना दिवस

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औँ स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक,… पुरा पढौ

पोखरामा सोलार पोलमा मोटरसाइकल ठोक्किएर दुई युवाको मृत्यू

पोखरा, माघ २७ पोखरामा आज विहान सोलार पोलमा ठोक्किएर दुई जना युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–६ लेकसाईडमा सोलार पोलमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक र मोटरसाइकलको पछाडि बसेका दुई युवाको मृत्यू भएको हो । मृत्यू हुनेमा मोटरसाइकल चालक पोखरा–२४ कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारी रहेका छन् । शनिबार मध्यरात १ बजे लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको ग.१३प. ६७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लेकसाईडको स्ट्रीट नम्बर ३ स्थित सडक छेउको… पुरा पढौ

पोखरामा ‘व्याक टु नाइन्टिज’ ऐतिहासिक रुपमा सम्पन्न, सांगीतिक विरासत फर्काउन ३० हजार बढी दर्शक

पोखरा, माघ २७ सांगीतिक विरासत फर्काउन पोखरामा आयोजित ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा–९ नयाबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शनिबार आयोजना गरेको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम ऐतिहासिक रुपमा दर्शक भित्राउँदै सम्पन्न भएको हो । नब्बेको दशकमा ब्याण्डहरुको राजधानी रहेको पोखराको सांगीतिक विरासत फर्काउने उद्देश्यले आयोजित कार्यक्रमका लागि गाउँ, टोलबाट दर्शक ओईरिएका थिए । कुमुदिनी होम्स र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट… पुरा पढौ

पोखरेली कवि प्रदीप खनालको ‘अनन्त यात्रा’ कविता संग्रह लोकार्पण

पोखरा, माघ २६ पोखरेली कवि प्रदीप खनालको ‘अनन्त यात्रा’ कविता संग्रह लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)द्वारा शनिबार प्रतिभा माविको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती एवम् बरिष्ठ साहित्यकार सरुभक्त, पोयुसाँप अध्यक्ष रिता अधिकारी (ऋतु), श्रष्टा तथा कवि प्रदीप खनाल, प्रतिभा माविका प्राचार्य किरण सापकोटा, प्रतिभा मावि ब्यबस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल र श्रष्टा प्रदीप खनालका पीता लोकनाथ खनालले एकसाथ कविता संग्रहको लोकार्पण गरेका हुन् । कविता संग्रहमा कुल ४१ वटा कविताहरु… पुरा पढौ

पोखरामा आज ब्याक टु नाईन्टिज हुँदै, एउटै मञ्चमा ७ वटा ब्याण्ड गुञ्जिदै

पोखरा, माघ २६ सांगीतिक विरासत फर्काउन पोखरामा आज शनिबार साँझ ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा आज साँझ यो कार्यक्रम हुन लागेको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता एवम् गण्डकी प्रदेश सरकारका संस्कृति तथा प्रविधि मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम आज साँझ ५ बजेदेखि १०… पुरा पढौ

खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः पचास लाख बराबरको क्षति

खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा… पुरा पढौ

संकटालाई ३–१ ले हराउँदै थन्डरबोल्ड आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४औं आहा! रारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा थन्डरबोल्ट नर्थ युनाइटेडले दुई पटकको विजेता संकटा क्लबलाई एकका विरुद्ध ३ गोलले हरायो । सुरुवाती अग्रता जोगाउन नसक्दा संकटा जारी सिजनको आहा! रारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको हो । मनिष पौडेलको गोलमा संकटाले १७औं मिनेटमा अग्रता लिएको थियो । ३४औं मिनेटमा तालाले पेनाल्टीमार्फत् थन्डरबोल्टका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा थन्डरबोल्ट आक्रामक रुपमा… पुरा पढौ