देश

अर्थतन्त्र सुदृढ बनाउन अध्यादेश ल्याइएको होः उपसभापति खड्का

माघ १८ मोरङ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले मुलुकको अर्थतन्त्र सदृढ बनाउँदै जनतालाई समृद्धि बनाउन अध्यादेश ल्याएको बताएका छन् । आपूर्ति तथा उपभोक्ता विभागद्वारा आज विराटनगरमा आयोजित ‘वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई सहज आपूर्ति व्यवस्था गर्नु, जनताको हित गर्नु, मुलुकमा लगानी भित्र्याउनु, विदेशमा सूचना प्रविधिको कम्पनी स्थापना गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुलगायत उद्देश्यसहित अध्यादेश ल्याइएको जानकारी दिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका खड्काले दुई/दुई महिनामा सरकार परिवर्तनले जनता छाएको निराशालाई आत्मविश्वासमा परिणात गर्न,… पुरा पढौ

पत्रकारिताको उपयुक्त वातावरण निर्माण गर्न नेपाल पत्रकार महासङ्घको माग

माघ १८ काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले संविधान र कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी पत्रकारिता गर्न पाउने उपयुक्त वातावरण राज्यले निर्माण गर्नुपर्ने माग गरेको छ । सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा महासङ्घले गठन गरेको ‘मिडिया मिसन’ ले तयार पारेको प्रतिवेदन आज सार्वजनिक गर्दै पत्रकार दाहाललगायतका धरानका पत्रकारमाथि हुने धाकधम्की र आक्रमणका कारण विस्थापित हुनेसम्मको अवस्था आएको जनाएको छ । प्रतिवेदनमा भनिएको छ, “यसले दीर्घकालमा समाजलाई नै अहित गर्ने भएकाले नागरिकस्तरमा पत्रकारको सुरक्षा, पत्रकारिताको महत्व… पुरा पढौ

अरुणा लामा तारादेवी स्मृति श्रष्टा साँझ भोलि, तयारी पूरा

पोखरा, माघ १८ अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण भोलि पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा भोलि माघ १९ गते शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुन लागेको हो । भोलि साँझ ४ः३० बजेबाट शुरु हुने कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुने श्रेष्ठले… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने

गण्डकी प्रदेशको राजधानी पोखरामा यही माघ २२ देखि फागुन ३ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । चौबिसौँँ संस्करणको यो प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ । प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ… पुरा पढौ

संसद् अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरु मनोनयन गर्ने छन । बैठकमा प्रधानमन्त्री ओलीले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवाप्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’… पुरा पढौ

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ । महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेका हुन। “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक… पुरा पढौ

सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घको आपत्ति

माघ १६ काठमाण्डौं । सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घले भनेको छ, “अगुवा नागरिक संस्था महासङ्घलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकामा महासङ्घ गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।” महासङ्घले आज विज्ञप्ति जारी गरी सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक… पुरा पढौ

घरेलु फुटबलबाट सन्यास लिने अनु लामाको घोषणा

माघ १६ काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबल खेलबाट आज सन्यासको घोषणा गरेकी छन् । करिब ६ वर्षअघि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिइसक्नुभएकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन् । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न एन्फा महिला लिग फुटबलको फाइनल खेलमा उनले एक गोल गरेकी थिइन् । उनकोे टिम एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जितेको छ । एपिएफका खेलाडीले उनलाई गार्ड अफ द अनरबाट सम्मान… पुरा पढौ