देश

सोंच्दै नसोंचेको फ्यान भेटेपछि एक्कासी भाबुक बने डिमर्चा गायक भाष्करध्वज

पोखरा, माघ १२ भनिन्छ कला र संगीतको न निश्चित भाषा हुन्छ नत निश्चित भुगोलनै । यो त सर्वव्यापी हुन्छ । अर्थात कला र कलाकारको फ्यान जोपनि हुनसक्छ र जहाँपनि । यस्तै एउटा उदाहरण पोखरेली व्याण्ड डिमर्चाका गायक भाष्करध्वज श्रेष्ठको जीवनमापनि भएको छ । गत शनिबार उनी तनहुँको दमौली महोत्सवमा व्याण्डको प्रस्तुती दिन गएका थिए । स्टेज चढ्नुअघि होटलमा बसिरहेका उनले एकजना यस्ता फ्यान भेटे कि उनी आफै आश्चर्यचकित भए । जुन संयोग उनले कहिल्यै सोंचेकापनि थिएनन् । यसका कारण थिए… पुरा पढौ

सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड

माघ १२ ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो”, भने । उनले समाजवाद उन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको स्पष्ट गरे ।… पुरा पढौ

देश बनाउने अभियानको अगुवाइ युवाहरुले गर्नुपर्छः महासचिव पोखरेल

माघ १२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उल्लेख गर्दै पोखरेलले देश बनाउने अभियानको अगुवाइ युवाहरुले गर्नुपर्ने बताए । उनले भने, “नयाँ पुस्तालाई राजनीतिसँग जोड्न सकिँदैन भने त्यो राजनीतिक दलको भविष्य लामो हुन सक्दैन । युवाहरुलाई साथमा लिएर… पुरा पढौ

जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए । देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए । उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।” सिंहदरबारको अधिकार गाउँगाउँमा… पुरा पढौ

फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु

गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो । आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उद्योगबाट सुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर… पुरा पढौ

भारतमा भएको रेल दुर्घटनामा सात नेपालीको मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त

माघ ११ काठमाण्डौं । नेपाल सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै भएको रेल दुर्घटनामा परी सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको खबरप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा परी कमला नवीन भण्डारी, लछिराम पासी, हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र राधेश्याम राध नेपालीको… पुरा पढौ

सुप्रिम सहकारी अपचलनः आज पनि सकिएन थुनछेक बहस

माघ ११ भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस आज पनि सकिएन । बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका श्र्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । बुधबार अदालतमा हाजिर हुनुभएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । आज भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन… पुरा पढौ

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

माघ ११ लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताएका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ मा लमजुङ उद्योग वाणिज्य सङ्घ, सुन्दरबजार एकाइद्वारा आज आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताए । मुलुकमा स्थानीय उत्पादन गरेर, व्यापार, व्यवसाय बढाएर आर्थिक आम्दानी बढाउनुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पारे ।… पुरा पढौ

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गतेदेखि

पोखरा, माघ ११ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । उनले गण्डकी प्रदेश सरकारको सिफारिसमा यहि माघ २१ गतेदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन् । यसअघि गण्डकी प्रदेश सरकारको मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम… पुरा पढौ

ड्याडिज किचनले खोल्यो पोखराको चिप्लेढुंगामा बाइसौं शाखा, चार करोड लगानी

पोखरा, माघ ११ ड्याडिज किचनले पोखराको चिप्लेढुंगामा शाखा बिस्तार गरेको छ । बुटवलको दीपनगरबाट सन २०१२ मा ठेलागाडा, फुड ट्रक, क्याफेहुँदै रेष्टुरेण्टको रुपमा सञ्चालित ड्याडिज किचनले पोखराको चिप्लेढुंगास्थित निभागल्लीको मुखमा नया शाखा सञ्चालनमा ल्याएको हो । यो ड्याडिज किचनको २२ औं शाखा हो भने पोखराको चौथो शाखा हो । शुक्रबारदेखि सञ्चालनमा आएको चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षिया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले संयुक्त रुपमा उद्घाटन गरे । चार करोड लागतमा सञ्चालनमा आएको… पुरा पढौ