देश

धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

माघ ८ काठमाण्डौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए । मन्त्री यादवले भने, “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।” लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न… पुरा पढौ

सरकार हाम्रो प्राथमिकता होइन : अध्यक्ष प्रचण्ड

माघ ८ चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए । अध्यक्ष प्रचण्डले भने, “अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।” आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए… पुरा पढौ

राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ

माघ ८ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआइका क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताएका छन् । सञ्चार मन्त्रालयमा आज भएको छलफलमा मन्त्री गुरूङले एआई क्षेत्रका लागि आवश्यकपर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाए । “एआई नीति अहिलेको आवश्यकता हो, त्यसैले अलि मेहनत गर्नुपर्ने छ”, सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरूङले, “आवश्यक विषयवस्तु छुटाउनु हुँदैन । गहन र विस्तृत नीति… पुरा पढौ

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

माघ ८ काठमाण्डौं । गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् । जोङग्यले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र परराष्ट्र सचिवलगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरी द्विपक्षीय सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल गरेका थिए । विशेष दूतको यो नेपाल भ्रमण विगत ५० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई मध्यनजर गर्दै आगामी ५० वर्षको सम्बन्ध विस्तारका लागि आवश्यक योजना तजुर्मा गर्नु रहेको यहाँस्थित कोरियाली दूतावासले जनाएको छ… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक… पुरा पढौ

बिक्न छाडे ठेका र मदानी

म्याग्दी । सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुदारा निरास बनेका छन् । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आएका उनले सोचेअनुरुप सामान बिक्री गर्न सकेका छैनन् । गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए । “केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्याउनै कठिन हुने गथ्र्यो, मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको… पुरा पढौ

स्ववियु निर्वाचन चैत ५ गते

माघ ७ काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय… पुरा पढौ

राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश

माघ ७ काठमाण्डौं । सरकारले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को आगामी अधिवेशन माघ १८ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए । यसैबीच, बैठकले शिक्षकको निवृत्तिभरणसम्बन्धी अध्यादेशका सम्बन्धमा आएको विषयमा अब नियुक्ती हुने शिक्षकको हकमा मात्र… पुरा पढौ

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ छ : गृहमन्त्री लेखक

माघ ७ मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले सह्य नहुने र कुटपिटमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने बताए । उनले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई केही दिन अगाडि झापामा भएको कुटपिटको घटनाको निन्दा… पुरा पढौ

सिद्धि–सेतुली र सानिमा स्मृति पुरस्कारबाट गुरुङ र देवकोटा पुरस्कृत

पोखरा, माघ ७ सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले सोमबार दुई पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानले स्थापना गरेको सिद्धि–सेतुली स्मृति पुरस्कारबाट समाजसेवी तथा महिला उद्यमी सीता गुरुङ र सानिमा स्मृति पुरस्कारबाट समाजसेवी तथा अधिकारकर्मी जौमाया देवकोटालाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथि समाजसेवी, अभियन्ता तथा महिला उद्यमी राधादेवी बास्तोला, प्रतिष्ठानका संरक्षक विश्वरत्न शाक्य, बरिष्ठ पत्रकार नारायण कार्की, प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार अर्पण गरेका थिए । सिद्धि–सेतुली स्मृति पुरस्कारबाट पुरस्कृत गुरुङ स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका हुन् । स्नातकसम्म अध्ययन गरेकी… पुरा पढौ