देश

सुन्तला बेचेर २० लाख आम्दानी

बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गरेका छन । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् । “गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताउनुभयो ।… पुरा पढौ

गोरेटो कन्सल्टेन्सीको उद्घाटन महानायक राजेश हमालले गर्ने

पोखरा, माघ १४ नेपालकै उत्कृष्ट कन्सल्टेन्सी मध्येको एक गोरेटो कन्सल्टेन्सीको पोखरामा ब्राञ्च सञ्चालनमा आउने भएको छ । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुलमा गोरेटो कन्सल्टेन्सीको ब्राञ्च सञ्चालनमा आएको हो । ब्राञ्चको माघ १६ गते बुधबार विहान नेपाली चलचित्रका महानायक राजेश हमालले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक राजेन्द्र शर्माले एभरेस्ट आवाजलाई जानकारी दिए । उनका अनुसार ब्राञ्च उद्घाटनका लागि हमाल मंगलबार नै पोखरा आउँदै छन् । गोरेटो कन्सल्टेन्सी क्यानडा, युके अध्ययनका लागि जाने विद्यार्थीको सर्बाधिक… पुरा पढौ

आवश्यकताअनुसार अध्यादेश जारी गरिएकामा सत्तापक्षीय दल एकमत

माघ १४ काठमाण्डौं । सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा अध्यादेश जारी गरिएकाले यसमा सबै एकमत हुने बताएका छन् । सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्तापक्षको तयारी र सरकारका कामको प्रभावकारितालगायत विषयमा छलफल गर्न आज आयोजित बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले यथाशीघ्र संसद्बाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेका छन् । संसद् बैठकमा सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । “थप केही छलफल गर्नुपर्ने विषय भए… पुरा पढौ

नेप्से परिसूचक १० अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ६१ अङ्कले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ । कारोबारमा बैंकिङ समूह शून्य दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ५१, लगानी… पुरा पढौ

राष्ट्रिय परिचयपत्र सुशासनको आधार : सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय परिचयपत्र सुशासन कायम गर्नका लागि महत्त्वपूर्ण आधार बन्ने बताएका छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचयपत्र ग्रहण गर्दै उनले आधुनिक र वैज्ञानिक प्रविधि भएकाले यसलाई ‘सुपर सिटिजनसीप’ का रूपमा समेत लिनुपर्ने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरूङले हालै अध्यादेशमार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको बताए । उनले भने, “नागरिकताका माध्यमबाट धेरै अनियमितता भयो, त्यसलाई रोक्नका लागि राष्ट्रिय परिचयपत्रलाई आधार मान्ने भनेर प्रबन्ध गरेका… पुरा पढौ

पोखरामा ‘घर घरमा प्रहरी’ अभियान शुरु

पोखरा, माघ १४ पोखरामा ‘घर घरमा प्रहरी’ अभियान सञ्चालन गरिएको छ । वडा प्रहरी कार्यालय पोखरा–६ बैदामले वडाबासीमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न यो अभियान सञ्चालन गरेको हो । पर्यटकीय केन्द्र लेकसाईड क्षेत्रमा सञ्चालन गरिएको यो अभियानको कास्कीका प्रहरी प्रहरी प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलीयाले शुभारम्भको घोषणा गरे । अभियान अन्तर्गत प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर–६ का सबै वडाबासीको घर घरमा पुगेर प्रहरीको स्क्यान गर्न मिल्ने स्टिकर टाँस गर्नेछ । जुन स्क्यान गरेर परिवारका सदस्य वा पर्यटकले प्रहरीमा आफूलाई… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू १५ ले घटेर रू एक हजार आठ सय ५० तोकिएकोे छ । चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ६५ मा किनबेच भएको थियो ।… पुरा पढौ

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन । पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए । गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट) मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्न लामासहितका आरोहीलाई सम्मान गरिएको हो । कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ,… पुरा पढौ

कांग्रेस संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

माघ १३ काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको छ । शनिबारदेखि सुरु भएको दल कार्यसमिति, पदाधिकारी र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको छलफल सकिएर आज सांसदहरूसँग छलफल गरिएको हो । आज महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) ले बनाएको संयन्त्रमा भएका छलफल, संविधान संशोधनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा जानकारी गराएका थिए । बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले गरिरहेका काम र हालै जारी भएका पाँच वटा अध्यादेशबारे जानकारी गराएका थिए । बैठकमा विज्ञहरू… पुरा पढौ

सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन

माघ १३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताएका छन् । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीति परिवर्तन हुन नहुने बताए । “हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ,” माओवादी केन्द्रको अर्थ तथा योजना विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “तर, नीतिगत निरन्तरता भयो भने नतिजा आउँछ ।” उपमहासचिव पुनले नीतिगत निरन्तरताकै कारण ऊर्जा… पुरा पढौ