देश

देशभरको मौसम सफा रहने पूर्वानुमान

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा… पुरा पढौ

शुरु भयो पोखरा सडक महोत्सव

१२ पुष पोखरा पोखराको फेवा किनारमा आजदेखि पोखरा सडक महोत्सव शुरु भएको छ । रेवान पोखराको आयोजनामा सुन्दर तथा पर्यटकीय राजधानी पोखरामा २६ औँ पोखरा सडक महोत्सव शुरु भएको हो । महोत्सवको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गरे ।महोत्सव शुरु हुनुअघि पोखराको लेकसाईडस्थित खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाहरुले साँस्कृतीक झाँकीसहित ¥याली निकाले । आयोजक समिति रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सव पुस १७ गतेसम्म जारी… पुरा पढौ

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा उभियो कास्की

पोखरा, पुस १३ कास्की अनेरास्ववियू क्रान्तिकारीमा ३२ वर्षे हद तोक्नुपर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रको कार्यकर्ता उत्पादन गर्ने थलोको रुपमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीमा कास्की ३२ वर्षे उमेर हद तोक्नुपर्ने पक्षमा उभिएको हो । अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने विषयमा विवाद रहँदै आएको थियो । जसका कारण अनेरास्ववियूको सम्मेलन नेतृत्व चयन नगरी सकिएको थियो । उमेर हद तोक्दा सिनियर नेताहरु बाहिरिने स्थिति बनेपछि उनीहरु पक्षकाले उमेर हद लगाउने कि नलगाउने पक्षमा भईरहेको चुनाव भाँडेका… पुरा पढौ

माछापुच्छ्रेको घाचोकमा स्वास्थ्यचौकीसहितको ‘नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ सञ्चालनमा आउँदै

पोखरा, पुस १३ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आगामी तीन महिना भित्र आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आउने भएको छ । आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ५ करोडको लागतमा स्वास्थ्यचौकीसहितको आवासीय ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’ तीन महिना भित्र सञ्चालनमा आउन लागेको हो । ईहमान फाउण्डेसन जर्मनी, आमा स्मृति प्रतिष्ठान माछापुच्छ«े गाउँपालिका र नाना मोहन आश्रमको सहयोगमा निर्माण गरिएको सेवा केन्द्र भवनको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शनिबार… पुरा पढौ

‘संविधान संसोधनअघि संविधानको समीक्षा’

पोखरा, पुस १३ सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संसोधनबारे दुई सत्तारुढ दलबीच सहमति जुटाएपछि मात्रै संविधान संसोधन प्रक्रिया अघि बढाईने बताएका छन् । माछापच्छ«े गाउँपालिका वडा नम्बर–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको उच्च स्तरीय संयन्त्रले संविधान संसोधनका बुँदाहरुको टुंगो लगाउने बताए । त्यसपछि मात्रै राष्ट्रिय सहमतीका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रलगायतका दलहरुसँग छलफल गर्ने उनको… पुरा पढौ

सिचुवानको जहाज र उराठिलो माछापुछ्रे

माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुलिन । राष्ट्रिय समाचार समितिका लागि उनले खिचेको उक्त तस्बिरलाई बीबीसीदेखि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेका छन् । कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् । प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेकी थिइन् । त्यसअघि चार्टर उडानमार्फत पोखरामा आयोजित दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन… पुरा पढौ

देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा

आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उहाँका अनुसार हिजो… पुरा पढौ

९ रुपैयाँको नुन किन्न २५ सय खर्च

सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई उनीहरुले दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरू खरिदका लागि जानु परेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए । केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठूलो खर्च… पुरा पढौ

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका छन । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताए । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका… पुरा पढौ

भारतीय पूर्व प्रधानमन्त्री सिंह सँधैका लागि अस्ताए

भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह अस्ताएका छन् । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहको गएराती ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय अर्थतन्त्रको बलियो जग बसाएका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा गएराती ९ बजेर ५१ मिनेटमा निधन भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । पूर्व प्रधानमन्त्री सिंहलाई सुदृढ आर्थिक परिवर्तनको श्रेय दिईन्छ । उनलाई कांग्रेसका दिग्गज नेताको उपमा दिईन्छ । एम्स अस्पतालले निकालेको बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा.… पुरा पढौ